काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको सांग्रिला क्विज २०८१ सम्पन्न भएको छ । प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौँ क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो तथा सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी दोस्रो हुनुभएको छ ।
पहिलो हुने सुवेदी र श्रेष्ठले जनही ६०,००० (साठी हजार) तथा दोस्रो हुने चौधरी र बीसीले जनही ४०,००० (चालीस हजार) रूपैयाँ पुरस्कार पाउनुभएको छ ।
कार्यक्रममा विजेतासहित कन्ट्रि राउन्डमा पुगेका सबै प्रतिस्पर्धीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले पुरस्कार र मायाको चिनो प्रदान गर्नुभएको थियो ।
’कन्ट्रि राउन्ड’मा इटहरी, काठमाडौँ, नेपालगञ्ज र पोखरा क्लस्टर तथा वीरगञ्ज, बुटवल, चितवन, दाङ, धनगढी र सुर्खेत सब क्लस्टरका दुई दुई जना गरी २० जना प्रतिस्पर्धि रहनुभएको थियो ।
’कन्ट्रि राउन्ड’ अघि सञ्चालन गरिएका ’ब्रान्च राउन्ड’ र ’क्लस्टर राउन्ड’मा उत्कृष्ट भएकाहरू कन्ट्रि राउन्डका लागि छनोट हुनुभएको थियो । ब्रान्च राउन्डमा ४ सय ७६ जना र क्लस्टर राउन्डमा १९६ जनाले प्रतिस्पर्धा गर्नुभएको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकले वि. सं. २०८० बाट ‘सांग्रिला क्विज’ सञ्चालन गर्दै आएको छ ।
उक्त कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा लामो समय सेवा गर्नुभएका कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो ।
ग्राहकहरुको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १ सय १२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंकले आगामी दिनमा आफ्नो सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।
0 comments
Write Down Your Responses