Powered by Blogger.
नेपाल प्रहरीको भावि आइजीमा तामाङको चर्चा


काठमाडौं । नेपाल प्रहरी संगठनको ३१ औं प्रहरी महानिरीक्षक पदका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख एआईजी टेक बहादुर तामाङ, केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी दिपक थापा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी सुदिप गिरी प्रतिस्पर्धामा रहेका छन् । 

प्रहरी विधेयक संघीय संसदमा दर्ता हुनुअघि नै पूर्वआईजी तथा सुरक्षाकर्मीहरूले प्रश्न उठाउँदै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । संसदमा दर्ता भएपछि विधेयकका विषयमा ५२ वटा संशोधन प्रस्ताव पेस भएका छन् । जसका कारण तत्कालै प्रहरी विधेयक पारित भएर कार्यान्वयमा आउने अवस्था देखिँदैन ।

३० वर्षे सेवा अवधि हटाउने प्रस्तावसहित दर्ता भएको उक्त विधेयक तत्काल पास भएर कार्यान्वयनमा आउने अवस्था नरहेको कारणले गर्दा पनि अबको केही दिनपछि नेपाल प्रहरी संगठनले नयाँ महानिरीक्षक (आईजीपी) पाउने निश्चित भएको हो ।

आइजीका उम्मेदवार तामाङ, थापा र गिरी तिनैजनाले भाद्र १९ ,२०५२ सालमा प्रहरी निरीक्षकमा नियुक्ति पाएका थिए ।  भदौ १५, २०६३ मा तिनैजना डिएसपीमा बढुवा भएका थिए । 

यसैगरी फागुन १०, २०७१ मा टेकबहादुर तामाङ र सुदिप गिरी एसपीमा बढुवा हुँदा दिपक थापा ५ महिना पछि अर्थात् असार ७, २०७२ मा एसपीमा बढुवा भएका थिए भने बरिष्ठ उपरीक्षकमा टेक बहादुर तामाङ र दिपक थापा सहित १४ जनाको बढुवा भएको थियो । 

यसैगरी प्रहरी निरीक्षकदेखी सँगै बढुवा हुँदै आएका सुदिप गिरीसहित एसपीमा ४ बर्ष अवधि पुरा गरेर पनि एसएसपीमा बढुवा हुनबाट २२ जना बञ्चित बनेका थिए भने  प्रहरी नियमावली अनुसार एसपीमा ३ बर्षमात्र पुरा गरेको अधिकृत एसएसपीमा बढुवा हुन अयोग्य मानिन्छ, त्यसैले हुनसक्छ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दवावमा प्रहरी नियमावलीमा बढुवाको लागि योग्य हुन न्यूनतम ४ बर्ष हुनुपर्ने प्रावधानलाई प्रहरी नियमावली संशोधन गरी तीन बर्षमा झारेर बढुवाको रोलक्रम मिचाइ दिपक थापालाई मिति २०७७ जेठमा एसएसपीमा बढुवा गरिएको थियो ।

बिक्रम सम्बत २०७४ को स्थानीय निकायको निर्वाचनमा भरतपुर नगरपालिकाको मेयर पदका उम्मेदवार रेणु दाहाललाई जिताउन मतपत्र च्यात्न सहयोग गरि नेकपा एमालेका देवी ज्ञवालीलाई पराजित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तत्कालीन प्रधानमन्त्री दाहालले थापालाई गुण स्वरूप प्रहरी नियमावलीको ४ बर्ष अवधिलाई संशोधन गरी ३ बर्षको अवधिमा झारेर दिपक थापालाई एसएसपीमा बढुवा गरेको थियो। 

त्यस पश्चात थापाले मेयर रेणुलाई दिदी नाता लगाइ पारिवारिक सम्बन्ध बनाएको बताइएको छ । 

यसैगरी असार १७, २०७९ मा डिआईजीमा बढुवा हुँदा टेक बहादुर तामाङ, दिपक थापा र सुदिप गिरी सँगै बढुवा भएका थिए । एसएसपीमा १५ महिना पछि बढुवा भएको सुदिप गिरी समेत डिआईजीमा बढुवा सँगै भएका थिए ।  

प्रहरी संगठनको भावि नेतृत्व आइजीका लागि बिक्रम सम्बत २०५२ सालमा भर्ना भएका अधिकृत मध्येबाटै छानिने भन्दै २०५१ सालको भर्ना भएकै टोलीसँग पाँच जना सँगै दिपक थापालाई एआईजीमा बढुवा गरेको थियो। शक्तिको आडमा सिनियर सन्दिप भण्डारी र मिरा चौधरीलाई समेत पछि पार्दै जुनियर थापालाई एआईजीमा बढुवा गरेको थियो। 

नेपाल प्रहरी संगठनको गरिमा बचाउने हो भने संगठनलाई अखण्डित, अच्क्ष’ण र  स्वतन्त्र बनाई राख्न संगठन प्रति समर्पित राष्ट्र सेवाको भावनाका साथै जवाफदेही, बफादार र इमानदार अधिकृतलाई आगामी प्रहरी महानिरीक्षक बनाउन पर्ने आवाज उठ्न थालेको छ । 

तीनै जनाको प्रतिस्पर्धा रहेपनि एआईजी थापा र एआईजी गिरीको भन्दा एआईजी तामाङ प्रहरी निरीक्षकदेखी एआईजी सम्म बढुवा हुँदा संगठन प्रतिको लगाव र समर्पित भएकै कारण नियमित रोलक्रम सँगै बढुवा भएको हो, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रण बहादुर चन्द बताउँछन् ।  

साथै उनले २१ औं सताब्दीमा देश र जनताप्रति समर्पित आइजीको उम्मेदवार तामाङ नै हुनु पर्दछ भनेका छन् । 

प्रहरी निरीक्षकको सरूवा भएको इलाका प्रहरी कार्यालय फापरबारी, इलाका प्रहरी कार्यालय गजुरी, जिप्रका अर्घाखाँची, जिप्रका खोटाङ र प्रहरी बृत्त कालीमाटी लगायतका प्रहरी कर्मचारीलाई चाहिने भौतिक संरचना स्थानीय जनताको सक्रिय सहभागिता गराइ पूर्वाधार निर्माण गरी प्रहरी संगठन भित्र भावि आइजी चर्चामा रहेको एआइजी टेक बहादुर तामाङ त्यही कामको मूल्याङ्कन गरि नेपाल प्रहरी संगठनले भावि नेतृत्व पाउनुपर्ने पूर्व एआईजी चन्दले बताउनुभएको छ । 


0 comments

Write Down Your Responses