सल्यान । नेकपा (एमाले) निकट नेपाल बुद्धिजिवि परिषद्का केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज डा. हरी प्रकाश चन्दलाई सल्यानमा सम्मान गरिएको छ ।
शनिबार, श्रीनगरमा सम्पन्न पेशागत महासंघ सल्यान र नेपाल बुद्धिजिवि परिषद सल्यानको संयुक्त जिल्ला अधिबेसनमा डा. चन्दलाई सम्मान गरिएको हो ।
सल्यानको दुरदराजमा जन्मिएर दुखकष्ट गर्दै अध्ययन अनुसन्धानलाइ अघि बढाउदै त्रिभुवन विश्वविद्यालय बाट अन्तराष्ट्रिय सम्बन्ध र कुटनितिमा नेपालमै पहिलो विद्यावारिधि गरि डाक्टर उपाधि हाँसिल गरेकोमा नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष्य ओज बहादुर बुढाथोकी, उपसचिव सनशिलता वली, नेपाल बुद्धिजिवी परिषद् कर्णाली प्रदेश इञ्चार्ज लाल प्रसाद पोख्रेल लगायत अतिथिहरुले प्रमाणपत्र सहित उहाँलाई सम्मान गर्नु भएको हो ।
गर्भमै छदा बुवा स्व. राम बहादुर चन्दलाई गुमाएका चन्द वुवा स्व. राम बहादुर चन्द र आमा नैनदेवि चन्द बाट सल्यानको दमाचौरमा जन्मिनु भएका डा. चन्दले मावि सम्मको अध्ययन गाउँकै विद्यालयबाट पुरा गरी पोखरा र काठ्माण्डौं बाट उच्च शिक्षा पुरा गर्नु भएको थियो ।
0 comments
Write Down Your Responses