उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी
काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरु बैठकमा सहभागी हुनुुहुन्छ ।
बैठकमा सरकार सञ्चालनका विषय, संसदमा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।
यसअघि यसै साता दुुई पटक संयन्त्रको कार्यदलको सम्पन्न भएको थियो ।
0 comments
Write Down Your Responses