कथाकार कल्पितको दुई कथा कृतिमाथि परिचर्चा
काठमाडौं । कथाकार हरिश कल्पितको कथाकृतिहरु “ग्याबृयले“ र “आस्था“को परिचर्चा भएको छ । साहित्यिक पत्रकार संघले संयोजन गरेको एक कार्यक्रममा उनका कृतिमाथि परिचर्चा गरिएको हो ।
संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा समालोचकहरु डा. अम्बिका अर्यालले “आस्था“ कथाकृति र डा. शोभा ढुंगानाले “ग्याबृयले“ कथाकृतिको परिचर्चा गर्नु भयो ।
सोही कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ आख्यानकार पद्यावती सिंह र अध्यक्ष लेकालीले कथाकार हरिश कल्पितलाई सम्मान गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि सिंह र अध्यक्ष लेकालीले आआफ्नो मन्तव्य राख्नु भएको थियो । यसैगरी कार्यक्रममा कृतिकार हरिश कल्पितले आफ्नो सिर्जना यात्राबारे मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन साहित्यकार मन्जिला अनिलले गर्नु भएको थियो ।
0 comments
Write Down Your Responses