काठमाडौं । मुगुको सुन्दर पर्यटकीय थलो रारामा कर्णाली प्रदेशकै लक्जरी ‘रारा रिसोर्ट’ निर्माण थालनी भएको छ । बुधबार काठमाडौंमा एक समारोहबिच वन तथा वातारणमन्त्री ऐनबहादुर शाही ठकुरीले रारामा निर्माण हुने रिसोर्ट शिलान्यास गरेका हुन् ।
मुर्माटपमा निर्माण हुने रिसोर्ट दुई वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको रारा होल्डिङ्स प्रालिका अध्यक्ष अभिषेकविक्रम शाहले बताए । यो रिसोर्टमा रारा होल्डिङ्स र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त रूपमा डेढ अर्ब रुपैयाँ लगानी गर्नेछन् । १६ र १७ वैशाखमा काठमाडौंमा आयोजित लगानी सम्मेलनमा रारामा लक्जरी रिसोर्ट सञ्चालन गर्न दुई पक्षबिच सम्झौता भएको थियो ।
शिलान्यास समारोहमा मन्त्री शाहीले यो रिसोर्ट निर्माणले राराको मात्र नभई समग्र देशकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले निजी क्षेत्रको लगानी सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘रारामा पर्यटकको सहज पहुँचका लागि सडक पक्की बनाउने, ताल्चा, जुम्ला र बाजुरा एयरपोर्टलाई स्तरोन्नति गर्नेजस्ता योजना बनाएका छौँ ।’
एक्सपर्ट ग्रुपका सिइओ सञ्जीव शर्माले कर्णाली प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्ने र समग्र देशको पर्यटन प्रवद्र्धनको उद्देश्यसहित रिसोर्ट निर्माण थालनी गरेको बताए । एनएसडब्लू अस्ट्रेलियाका लागि नेपाली कन्सुलरसमेत रहेका उनले भने, ‘अहिले वार्षिक ५० हजार पर्यटक रारा क्षेत्रमा पुग्छन्, हाम्रो उद्देश्य चार लाख पु¥याउने हो ।’ रारा पुग्ने पर्यटक बस्नका लागि स्तरीय होटेलहरू छैनन् । यो रिसोर्ट सञ्चालनमा आएपछि त्यो अभाव परिपूर्ति हुने उनको भनाइ छ ।
यस्तै, रारामा गुणस्तरीय पर्यटक भित्र्याउन पनि रिसोर्टले योगदान पु¥याउने उनले बताए । नेपालका लागि अस्ट्रेलियन राजदूत लिआन जोनस्टोनले रारा रिसोर्टमा गर्न लागिएको वैदेशिक (अस्ट्रेलियन) लगानी देशको समग्र पर्यटन विकासका लागि कोसेढुंगा बन्ने विश्वास व्यक्त गरिन् । यसले स्थानीय रोजगारी सिर्जनामा पनि टेवा पु¥याउने उनले बताइन् ।
मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने रिसोर्टमा एक अर्ब ५० करोड लगानी हुने रारा होल्डिङ्सका अध्यक्ष शाहले बताए । पर्यटकलाई तालको किनारबाट रिसोर्टसम्म लैजान दुई किलोमिटर दूरीमा ‘मोनोरेल’ निर्माण गरिने भएको छ । रिसोर्टमा पहिलो चरणमा १२ वटा भिल्ला तयार गरिनेछ, जहाँ एक स्विट, चार डिलक्स र ३५ स्ट्यान्डर्ड गरी ४० कोठा हुनेछन् । पछि २० कोठा थपेर ६० पु¥याउने योजना छ । रिसोर्टमा सयजना अटाउने रेस्टुरेन्ट हुनेछ । यस्तै, मिटिङ हल, साउन, स्टिम, जिमलगायत सुविधा पनि उपलब्ध हुनेछन् ।
रिसोर्टको बाह्य संरचना र आन्तरिक डिजाइनमा मुगुको स्थानीय संस्कृति झल्किनेछ । स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरिनेछ । माटोले लिपेका भित्ता र काठको संयोजनले पर्यटकलाई मुगुको मौलिक पहिचान अनुभव गराउनेछ । ‘न्यूनतम मूल्यमा उत्कृष्ट आतिथ्य सत्कार दिने योजना छ’ शाहले भने, ‘यो रारा क्षेत्रकै पहिलो पाँचतारेस्तरको रिसोर्ट हुनेछ, जसले रारा पुग्ने पर्यटकलाई स्तरीय सेवा दिनेछ ।’
३७ सय मिटर उचाइमा रहने रिसोर्टबाट रारा तालसहित अद्वितीय प्रकृतिको मज्जा लिन सकिनेछ । भौगोलिक उचाइजस्तै रिसोर्टको सेवासत्कार पनि उच्चस्तरकै हुने शाहले बताए । अहिले रारा पुग्ने पर्यटकको एउटै गुनासो हुने गरेको छ, रारा जति राम्रो छ, त्यति राम्रो खाने–बस्ने सुविधा नहुँदा सास्ती खेप्नुप¥यो । यो रिसोर्ट सञ्चालनमा आएपछि रारा क्षेत्रमा लक्जरी रिसोर्टका अभावसमेत पूरा गर्नेछ ।
कर्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताउनुभएको छ । उहाँले यस आयोजनाको निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
मन्त्री ठकुरीले लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै यसबाट व्यावसायिक वातावरण सिर्जना भई मुलुकको आर्थिक विकासमासमेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक सुरक्षा र सुरक्षित लगानीका वातावरण बनाउन सरकार प्रतिबद्ध छ ।”
उहाँले सरकारले निजी क्षेत्रको प्रोत्साहन र लगानी सुरक्षा गर्नको लागि योजना बनाइरहेको बताउनु भयो । उहाँले निजी व्यवसायलाई बढावा दिनको लागि सरकारले अध्यादेश ल्याएको दाबी गर्नुभयो । उहाँले लगानीकर्ताको लगानी सुरक्षा गर्नको लागि अध्यादेशबाट बन्ने कानूनले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले कर्णालीको क्षेत्रको समस्या समाधान गर्न समेत सरकार लागिपरेको बताउनु भएको छ ।
उहाँले कर्णाली राजमार्ग र कर्णाली करिडोर पिच गर्नको लागि अगामि आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने आश्वासन दिनुभयो । उहाँले रारा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नको लागि ताल्चा विमानस्थलको सुधार गरिने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारले लगानी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि र सुरक्षा दिनको लागि थप योजना बनाइरहेको छ । भर्खरै सरकारले व्यवसायलाई बढावा दिनको लागि र थप लगानीको वातावरण तयार गर्नको लागि अध्यादेशको जारी गरेको छ । थप आवश्यक कानूनहरु बनाउनका लागि हामीले ति अध्यादेशहरु संसदमा पेस गरेका छौं । लगानीकर्ताको लगानी सुरक्षा गर्नको लागि बन्दै गरेको ऐनले ठूलो मद्दत पुग्ने छ ।
लगानीको सुरक्षा गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध रहेको छ । विशेषगरी रारा क्षेत्रमा रहेका समस्याहरुका लागि हामीले खानेपानी समस्या समाधान गर्नको लागि केही कुराहरु गरेका पनि छौं । आगामी आर्थिक वर्षको बजेटमा पनि हामी जेजति गर्न सकिन्छ हामी गर्छौं नै ।
पूर्वाधार निर्माणमा स्थानीय स्रोत र साधनले बढी प्राथमिकता पाउने अवस्था बन्दै गएको छ । त्यसकारण बन्दै गरेको रिसोर्ट वातावरणमैत्री हुनेछ ।कर्णाली करिडोर र कर्णाली राजमार्गहरु कच्ची बाटोको रुपमा प्रयोग भइरहेका छन् । त्यहाँ जाने मान्छे अत्यन्त कष्टपूर्ण महसुश गर्नुहुन्छ ।
आगामी वर्षमा नेपाल सरकार तीन तहकै सरकारको सहकार्यमा रारासँग पर्यटकको सहज पहुँचको लागि पिच गर्ने योजना बनाइरहेका छौं । ताल्चा एयरपोर्ट, जुम्ला एयरपोर्ट र बाजुरा एयरपोर्टको स्तरोन्नती गर्छौं ।’उहाँले नेपालका अन्य पर्यटकीय क्षेत्रहरुमा समेत नीजि लगानीको आवश्यकता रहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुमा आह्वान गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले कर्णाली प्रदेशमा हुने सबैखाले लगानीको सुरक्षित वातावरण बनाउन राजनीतिक सहजीकरणको भूमिका निर्वाह गरिने उल्लेख गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विनिता कठायतले कर्णालीमा लगानी प्रवद्र्धन र व्यावसायिक सुरक्षाको वातावरण बनाइने बताउनुभयो । मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनका लागि रारा हेल्डिङ्स रिसोर्ट प्रालि र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त लगानी गर्ने बताइएको छ ।
मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा करिब रु एक अर्ब ५० करोड लगानीमा रिसोर्ट निर्माण हुने जनाइएको छ ।
दुईवर्षभित्र वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको र रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गरिने सञ्चालक अभिषेक विक्रम शाहले बताउनु भयो । शाहले रारा क्षेत्रमा जतिसक्दो धेरै पर्यटक लगेर रारामात्र नभई समग्र कर्णाली क्षेत्रको पर्यटक विकासका लागि ‘रारा रिसोर्ट’ निर्माण गर्न लागिएको बताउनु भयो ।
0 comments
Write Down Your Responses