काठमाडौं । साहित्य सन्ध्याको नियमित मासिक ४ सय ६० औँ शृङ्खलामा जन्मदेखि मृत्युसम्मका सामाजिक, परम्परागत संस्कार तथा संस्कृतिमा रहेका भ्रम, अन्धविश्वास र वैज्ञानिकता विषयमा परिचर्चा गरियो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा विभिन्न कविहरुका प्रगतिशिल रचनाहरु वचन गरिएको थियो ।
कर्यक्रममा प्रमुख अतिथिका रूपमा संस्कृतिविद् प्रा.डा.प्रेम खत्री उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा वरिष्ठ स्रष्टा स्नेह सायमी, वरिष्ठ स्रष्टा उमेश उपाध्याय, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, नर्मदेश्वरी सत्याल, डम्बर पहाडी, महेशराज खरेल, प्रगतिशील लेखक सङ्घ ललितपुर जिल्ला सचिव मिसन अधिकारी, ओमप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।
‘जन्मदेखि मृत्युसम्मका सामाजिक, परम्परागत संस्कार तथा संस्कृतिमा रहेका भ्रम, अन्धविश्वास र वैज्ञानिकता’ विषयमा विशद चर्चा गर्नुहुँदै प्रा.डा.प्रेम खत्रीले संस्कृति व्यापक विषय हो । आपूmले नेपाली जनजीवन मात्र होइन अन्तर्राष्ट्रिय समाजको समेत अध्ययन गर्दा मानवीय संस्कार सामाजिक चेतनाको उपज हो र संस्कृति जातीय पहिचान हो भन्ने निष्कर्ष पाएको हुँ । नेपालको सन्दर्भमा नेवारी संस्कृति बढी नै समृद्ध रहेको बताउनभयो ।
उहाँले मधेसको संस्कार तथा संस्कृति पृथक छ तर अभिलेखन कमजोर पाइन्छ । पूर्वदेखि पश्चिमसम्मको नेपाली समाज र त्यहाँका संस्कारका बारेमा अभिलिखित सामग्री पनि प्राप्त छन् । समाजले नै संस्कृतिको निर्माण गर्दछ । आचरण भने व्यक्तिअनुसार हुन्छ तर त्यही संस्कार बनिदिन्छ ।
कविला, कृषि, पशुपालक हुँदै श्रमपूजक समाज स्थापनाको इतिहास हामी पाउँछौँ । कृषिकर्ममा पनि धानको खेती हुनथालेपछि बचतको मान्यता विकसित भएको पाइन्छ । जमिन, त्यसमा खेती र उत्पादनले आयआर्जन भएपछि सुरक्षा, शिक्षा, स्वास्थ्य आदिको आवश्यकता बोध भएको पाइन्छ भन्दै ऋग्वेद, ब्राह्मण ग्रन्थ, धर्मशास्त्र आदिको विकासपछि मान्छेका संस्कारका कुरा आएको स्पष्ट पानर्’भयो ।
उहाँले भन्नभयो, ‘अत्येष्ठीमा पनि विज्ञान छ र पछि पछि अन्धविश्वास वा कुरीति थपिएको छ । ऋग्वेदलगायतका शास्त्रमा पनि पछि पछि काल्पनिकता थपिएको छ । यथार्थ के हो भने संस्कार नभए संस्कृतिको मार्गचित्र बन्दैन । संस्कारले नै समन्वय गर्ने हो ।
अन्धसंस्कारमा विस्तारै परिवर्तन आउनु स्वभाविक छ तर निषेध वा अन्धानुकरण उपयुक्त हुँदैन । अन्धविश्वास वा आडम्बर त्याग गरी वा जालीमा हालेर छान्दै संस्कार भनेको शुद्धताको प्रतीक हो भन्ने यथार्थको बोध गरिनु आवश्यक छ ।
समारोहमा उमेश उपाध्याय, दिल पौडेल, ओमप्रसाद कोइराला, डम्बर पहाडी, नवराज श्रेष्ठ, मिसन अधिकारी, महेशराज खरेल, डा.मनोज जोशी, ऋचा अधिकारी, कुमार नेपाल, नर्मदेश्वरी सत्याल, वासुदेव अधिकारी, प्रशान्त खरेल, बलराम विष्ट, कविता राउत, अर्जुन अन्योल, गोपाल मैनाली, स्नेह सायमी र राम विनयले आआप्mना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि वरिष्ठ स्रष्टा स्नेह सायमीले समीक्षा गर्नुहुँदै विगत चार दशकदेखि साहित्य सन्ध्याले अविश्रान्त यात्रा गरिरहेको छ । गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, पारिजात आदिको वैचारिक यात्रालाई पछ्याउँदै गलत विचार तथा बाटाहरूलाई छिचोलेरै सन्ध्याले यात्रा गरिरहेको छ ।
यस संस्थामा रचना वाचन गर्नेहरू वा प्रारम्भमा यसलाई दिशानिर्देश गर्नेहरू आफैँ नेतृत्व गर्ने ठाउँमा पुगेका छन् । आजको यो विशेष समारोहमा विचारको बीज उउटै हुने समुन्नत दृष्टिकोण कवितामा आएको, शाससनसत्ताको लखेटाइ चित्रित भएको, प्रकृतिप्रेम तथा आशावादी दृष्टिकोण सम्प्रेषित भएको, विचारलाई छोपेर निषेध गर्न नसकिने धारणा आएको, सिर्जना रूपान्तरण तथा परिवर्तनका लागि होस् भन्ने अपेक्षा राखिएको, विगतदेखि वर्तमानसम्म चम्चागिरी गर्ने ढोँगी र अवसरवादीहरूको हालीमुहालीको चित्रण गरिएका; सफलता आपूmभित्रै रहेको छ भन्ने आशावादिता समेटिएका; आमा, वात्सल्य र बेवारिसे सन्तानका पडिा अभिव्यक्त भएका; सहर र गाउँको यथार्थता अनि समन्वयको आवश्यकतासहित विकृत सहरको चित्रण गरिएकाजस्ता कविता हामीले श्रवण गर्यौँ ।
स्वतन्त्रता प्राप्तिको उद्देश्य रहे पनि आम मानिसले वा देशले नै पनि प्राप्त गर्ननसकिरहेको यथार्थको उद्घाटन गरिएका, प्रकृतिको सुन्दर वर्णनसहितको आशावादिता समेटिएका, राष्ट्रियता र वीर भावका अनि भैरव हाँसेको सन्दर विम्बका कविता यहाँ वाचित भएका छन् । हामी स्रष्टाले अझै पनि आफ्ना सिर्जनाले समाजमा दिने सन्देश के हो भन्ने पक्षमा भने सचेत हुनै पर्ने र खास विशेष विषयमा बोल्ने, समीक्षा गर्ने र सिर्जना सुनाउनेको हकमा पनि समयसीमा निर्धारण गरिनु उपयुक्त हुने सुझावसहित आजको गोष्ठी उपलब्धिमूलक रहेको धारणा राख्नुभयो ।
प्रवीण जोशीले साहित्य सन्ध्या साहित्यको ऊर्वर भूमि हो र यसले आन्दोलनको अगुवाइ मात्र गरेको छैन अभियन्ताको भूमिका नै निर्वाह गरेको छ र इतिहास निर्माण गरेको छ भन्ने धारणा राख्नुभयो । सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । बगिरहेको पानी एकै स्थानमा जमिरह्यो र गतिशील हुनपाएन भने अर्थात् चलायमान भएन भने दूषित हुन्छ, त्यही कुरा मानिसको जीवन र सोचाइमा पनि लागू हुन्छ । यसलाई नियमितरूपमा धोईपखाली गरिरहनुपर्ने हुन्छ । जीवन नदी हो, कहिले बाढीले धमिलो हुन्छ, कहिले यो निर्मल हुन्छ । निरन्तर बगिरहेको जीवननदीलाई स्वच्छ पार्न यस प्रकारको वैचारिक विमर्श चाहिन्छ । त्यसैले साहित्य सन्ध्याले नियमितरूपमा परिचर्चा कार्यक्रम चलाइरहेको हो । हामी स्रष्टाले सत्य र सही कुरालाई ठिक भन्ने र गलत कुरालाई गलतै भनेर प्रतिवाद गर्नु आवश्यक छ ।
त्यसमा पनि समाज विथोल्ने र भिड जम्मा पारेर गलत प्रवृत्तिलाई स्थापित गर्ने अराजक दुश्प्रवृत्तिलाई त तत्कालै आफ्ना सिर्जनाका माध्यमबाट प्रतिवाद नै गर्नु आवश्यक छ । साहित्य सन्ध्याले हरेक महिना कुनै न कुनै समसामयिक विषय चयन गरी निरन्तररूपमा बहस गर्ने गरिरहेको छ र गरिने पनि छ । आजको यो विशेष समारोहमा भने प्रा.डा.प्रेम खत्रीले मिहिनेतपूर्वक यति व्यापक विषयमा विषयमा विशद परिचर्चा गरिदिनुभएको छ । वाचित रचनामाथि वरिष्ठ साहित्यकार स्नेह सायमीले टिप्पणी गरिदिनुभएको छ ।
कविहरू पनि आफ्नो व्यस्त समयका बाबजुद हाम्रो निमन्त्रणा स्वीकार गरेर उपस्थित भइदिनुभयो अनि असल स्रोताका रूपमा पनि गुणग्राही व्यक्तित्वको उपस्थितिका कारण आजको यो समारोह सार्थक बनेको छ । त्यसैले म सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु ।
फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।
0 comments
Write Down Your Responses