Powered by Blogger.
सिद्धान्तको साँचो रुपमा कार्यान्वयन नै समृद्धिका लागि मार्ग हो


तेजप्रसाद ढकाल

सिद्धान्तले मानिसलाई पुरा गर्न सकिने दीर्घकालीन योजना निर्माण गर्न र श्रमको सम्मान गर्दै सत्कर्मका साथ लागि रहँदा समृद्धिले मानिसलाई खोज्दछ । उसलाई छोड्ने निर्णय लिई सकेपछि, फेरि भेट गर्न कठिन हुन्छ । विजय नखोज अरु माथि कोही कसैसँग हुँदैन पराजय । बाँचिरहन्छ मानिस मात्र नदेखिने भौतिक शरीर । 

समृद्धिका पानाभित्र यिनै विषय बसिरहेका छन् । खोजी रहेछ प्रकृति र मानव समाज । आकाश हेरिरहेछ । जन्मभूमि टुलुटुलु हेर्दै कुरिरहेछ । समृद्धिको पानापाना पल्टाई रहेछ मानव मन त्यतातर्फ कहिले बास बस्न आउलान् भनेर ।

सिद्धान्त, प्रकृति र जीवनसँग सम्बन्ध राख्ने अनेक विषय हुनाले प्रत्येक विषयका फरक–फरक सिद्धान्त प्रतिपादन भएको हुनु पर्दछ । यो कलमले लेख्दै गरेको पानामा सिद्धान्त र समग्रमा मानव समाजले खोज्ने समृद्धि भनेको राज्यको मूलकानूनको नेतृत्व गर्ने राजनीतिसँग सम्बन्धित छ । 

एकात्मक वा बहुदलीय जुन शासन व्यवस्था भए पनि दुवै प्रकारका शासन व्यवस्थाको नेतृत्व राजनीतिबाट हुनेछ । ‘राजनीति शब्द असल उत्तम राज्यको नीति निर्माण र कार्यान्वयनसँग आफ्नो परिभाषा चाहने शब्द हो । कुनै पनि देशको समृद्धिको मूल नेतृत्व राजनीतिबाट सम्भव छ । हुनु पर्ने र हुने त्यही हो । यसको कार्यान्वयनमा प्राकृतिक व्यक्तिहरु सहभागी रहने प्रचलन छ ।

समृद्धिको चाहना, आश्वासन राख्दा र दिँदा मात्र समृद्धि उपभोग गर्न सकिँदैन । चाहना आवश्यकता हो । यो आवश्यकता प्रकृति, प्राकृतिक व्यक्ति वा समग्र प्राणीजगत्, जीवजन्तु संरक्षित भूगोल सबैका निमित्त हुन्छ । आश्वासन – मूलकानून निर्माण गर्ने राजनीतिले प्रदान गर्नेछ । समृद्धिको सपना आश्वासन दिने राजनीतिले देख्दछ । राजनीतिमा व्यक्तिहरु संलग्न रहेका हुन्छन् ।

समृद्धि सिद्धान्तको नेतृत्व गर्ने राजनीतिक दलहरूले स्थापित गरेको राजनीति प्रणालीको नेतृत्वका माध्यमबाट प्राप्त गर्ने लक्ष्य राखिएको हुन्छ । मानव अनुशासन हो सिद्धान्त । प्रगतिशील सिद्धान्त कडा अनुशासनभित्र पर्दछ । सिद्धान्तहरुको अगुवा राजनीतिक पार्टी हुन्छन् । मतदाता नागरिकहरु आफ्नो स्वेच्छाले मतदान गर्दछन् । मतदाताहरु सार्वभौम हुन् । 

मतदाताहरु मध्येबाट मतदाताले आफ्नो इमान्दार प्रतिनिधि छनौट गर्दछन् । यसरी छनौट भएको जनप्रतिनिधि जसले समृद्धिको योजना, योजना छनौट, योजना कार्यान्वयनमा विधिपूर्वक लाग्दछ । जसको आवश्यकतामा राजनीतिक पार्टीका सिद्धान्तले देखेको हुनपर्दछ ।

समय परिवर्तन प्राकृतिक नियम हो । उदाउँदछन् सूर्य अस्ताउँदछन् पनि । त्यसै गरी चन्द्रमा र ताराहरु । हुनेछ उज्यालो दिन । अनि कहिले चन्द्रमा र ताराहरुले रात पनि झिलिमिली र कुनै समयमा  अन्धकार रात हुनेछ । 

हामी देख्दछौँ । मौसम परिर्वतन भई रहन्छ । सिद्धान्तहरुले चाहेको समृद्धिको समय मानव चेतनासँग सम्बन्धित सामाजिक जीवनस्तरमा आर्थिक विकासको उन्नति हो । यसलाई सैद्धान्तिक वैचारिक नेतृत्वको माध्यमबाट समाज रूपान्तरणमा योगदान गर्न आवश्यक छ ।

सिद्धान्तले नेतृत्व गरेको राजनीतिबाट समृद्धि र विकास दिन प्रतिबद्धता व्यक्त गरिन्छ । समृद्धि र विकास निरन्तर चाहना मात्र हुने गर्दछन् । तर कार्यान्वयनमा सहभागी हुन चाहनाहरु तत्पर देखिदैनन् ।

कृषिप्रधान देश नेपालको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा सैद्धान्तिक, वैचारिक,  राजनीतिक इतिहास लोकतन्त्र प्राप्त भएकै क्षणदेखि कमजोर रह्यो । त्यो नजानेर, नबुझेर नहुन सक्दछ । लोकतन्त्रको आवश्यकता र महत्व जानेर बुझेर नै लोकतान्त्रिक अभ्यासभित्र सिद्धान्तका आधारमा प्रश्नपत्र तयार गर्न नसक्नु र सहि उत्तर प्राप्त नहुनुबाट संस्थागत हुन सकेन लोकतन्त्र । त्यसैले समृद्धिका आधारहरुमा खाडल पर्दै गयो । सुधार त्यहाबाट खोजिनु अति आवश्यक छ ।

लोकतान्त्रिक आन्दोलनभित्र प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलन र प्रगतिशील लोकतान्त्रिक आन्दोलन द्विपक्षीय फरक फरक वर्गीय दृष्टिकोणसहितका वैचारिक, सैद्धान्तिक, राजनीतिक पक्षहरु समावेश छन् । यिनीहरूले कृषिप्रधान देश नेपाल नबुझेको हुन सक्दैन । तर कुन पक्षले नबुझेको हो । परिणाम बुझेको जस्तो परिभाषासँग सम्बन्ध राख्ने गरेको छैन । आज आफ्नो उत्पादनले आफूहरु प्राण अल्झाउन सकिने अवस्थाबाट टाढा छ, नेपाली जनसंख्या ।

मालिकहरुका शोषण र उत्पीडनबाट मुक्ति दिलाउन उपयोगी सिद्धान्तको प्रयोग समृद्ध राष्ट्र सुखी नागरिक बनाउँन विधिपूर्वक प्रारम्भिक कालबाट शसक्त देखिएन । त्यसैले पटके  आन्दोलन गर्नपर्ने अवस्था भयो ।

सिद्धान्त चाहन्छ सामूहिक समृद्धि । प्रयोगकर्ताहरु मध्येको चिन्तन व्यक्तिगत काम सामूहिक आश्वासन भएको कारण यो युगमा हाम्रो जनशक्ति विदेशिन बाध्य पारियो । 

आज शहरको संख्या गन्न नसकिने बनिसक्नु पर्ने जहाँ हाम्रो युवा जनशक्ति रोजमूलक सुविधा सम्पन्न शिक्षा आर्जन गर्दै आयआर्जनमा बस्न इच्छुक हुने नीति निर्माण गरेर कार्यान्वयन हुँदै जान पर्नेमा त्यो भएन । सीमित शहरमा शिक्षा र रोजगारीको लागि उपस्थित हुनुपर्ने बाध्यता सिद्धान्तको बर्खिलाप हो ।  गाउँ, बस्ति नागरिकविहीन, जग्गा–जमिन, उजाड बन्न बाध्य पार्नु परेको किन ?

संघीय राजधानी काठमाडाँैको महानगर भूगोलभित्र नेपाल राष्ट्र समग्र समृद्धिकोे नीति निर्माण गर्ने सैद्धान्तिक नेतृत्व रहने संवैधानिक संरचनाहरु छन् । यी संरचनाहरुले काठमाडाँैको साथै उपत्यकाको भूगोलमा समृद्धिका आधार चिन्न सकेको छ मलाई लाग्दैन । 

दुःख पीडा यहि भूगोलभित्र छ । सिद्धान्त परिणामको पर्खाइमा कम समयबाट परिणाम समृद्धिको उपभोग गर्दै थप प्राप्त गर्न उत्सुकताका साथ सिद्धान्तका वाहकहरु, अग्रगमनमा रहेको बुझ्न, देख्न चाहन्छ ।

धन्यवाद !





0 comments

Write Down Your Responses