Powered by Blogger.
२४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम


काठमाडौं । ‘२४औं सशस्त्र प्रहरी दिवस–२०८१’को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ ।

विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै कर्तव्य पालनाको सिलसिलमा घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । 

उहाँले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई निरन्तरता दिई थप रचनात्मक र भावनात्मक सहयोगका कार्यक्रमहरु संचालन गर्दै आईरहेको चर्चा गर्नहुँदै अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाका स्थानीय सर्वसाधारणहरुलाई जिम्मेवार र जवाफदेही बनाउँदै सशस्त्र प्रहरीसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।


महानिरीक्षक अर्यालले आफु स्वयम् नैतिक रुपमा चरित्रवान भई व्यावसायिकता र असल आचरणको नमुना प्रस्तुत गर्न सकेमा मात्र संगठन बलियो हुने बताउनुहुँदै सम्पूर्ण सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीले यही कुरा हृदयगमन गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

उहाँले हामीमा अभाव छ भन्दैमा आफ्नो कर्तव्यबाट विचलित र विमुख हुने छुट कसैलाई छैन, संगठनमा नीति छ, विधि छ, पद्धती छ, यसलाई सबैले मनन गरी प्रणाली र पद्धतीलाई आत्मसाथ गरी हामी सबै कर्तव्यपथमा लाग्नुपर्छ भन्ने भावना लिएर अगाडी बढ्न निर्देशन दिनुभयो ।

महानिरीक्षक अर्यालले हामीले हिम्मत गरे गर्न नसक्ने भन्ने केही पनि हुँदैन सामुहिक प्रतिवद्धता नै हामी सबैको ठुलो शक्ति हो, व्यक्तिको जित भएर संगठनको हार भए व्यक्ति हावी भई संगठनको प्रगती नहुने बताउनुहुँदै अभाव र सिमिताको बीच पनि संविधान र मातृभूमिको सुरक्षार्थ अनुकुलतामा नरमाई प्रतिकुलतामा लडेर कर्तव्य निर्वाहमा लाग्नुपर्ने बताउनुभयो । उहाँले हामीले चेनअफ कमाण्डको मर्मलाई कायम राखी संगठनमा निष्ठानवान, आर्थिक अनुशासन, ईथिकल गभरमेन्टको दृष्टान्तको स्थापना होस भन्ने हाम्रो सोच, सदिक्षा र मान्यतालाई सबैको साथ र सहयोगले पुरा गर्नुपर्ने बताउनुभयो । 


सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको तर्फबाट पहिलो पटक २०८१ साल जेठ ७ गते विहान १०ः२० बजे सगरमाथाको सफल आरोहण गरी विश्वको सर्वोच्च शिखरमा संगठनको झण्डा फहराई संगठनको छवी उच्च बनाउन सफल सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई एपीएफ सम्मानद्वारा सम्मानित गरिएको थियो ।

उनको यस विशिष्ट एवं उल्लेखनिय कार्यले विश्वको सबैभन्दा अग्लो अन्तर्राष्ट्रिय सीमानामा समेत संगठनको उपस्थिती तथा अनुगमनको सन्देश प्रवाह भएको थियो ।  

विशेष कार्यक्रममा महानिरीक्षक राजु अर्यालले वर्षभरीमा नागरिकको सेवा, सुरक्षा र सहयोग र उद्वारमा उत्कृष्ट कार्य गर्न सफल ‘वर्ष जवान–२०८१’ घोषित सशस्त्र प्रहरी बल नेपाल नं. ३३ त्रियुगा गण जुम्ला दरबन्दी भई नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार किरण बहादुर भण्डारीलाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो । 

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका क्रममा देशभरका इकाईहरुबाट यस वर्ष सर्वोत्कृष्ट इकाई हुन सफल सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २१ दक्षिणकाली गण ललितपुर, नं ३० गुल्म स्याङ्गजा र मद्दत तथा सेवा गुल्म मकवानपुरलाई ‘रनिङ्ग अवार्ड’ प्रदान गर्नुभयो ।

संगठनलाई अनुकरणीय योगदान पु¥याउनुहुने नेपाली सेना, नेपाल प्रहरी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य विभिन्न संघसंस्थाका महानुभावहरुका साथै देशभरका सशस्त्र प्रहरी इकाईहरुमा कार्यरत रहि विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई कदरपत्र सहित ब्याज प्रदान गरिएको छ ।

महानिरीक्षक अर्यालले कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतीमा अक्षय कोष खडा गरी सो बापत प्राप्त हुने ब्याजबाट प्रत्येक बर्ष १ जनालाई बार्षिक २५ हजार रुपैयाँ राशीको ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ प्रदान गर्ने घोषणा अनुरुप यस वर्षको बेष्ट इन्टिग्रिटी अफिसर अवार्ड अवैध चोरीनिकासीपैठारी, लागूऔषध ओसारपसारमा लगायतका सीमा अपराधहरु नियन्त्रणमा उल्लेखनीय कार्य गर्न सफल सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजाललाई प्रदान गर्नुभएको छ । 

यसैगरी उत्कृष्ट फायरर सशस्त्र प्रहरी नायव उपरीक्षक आनन्द खनाल लगायत चार जना कर्मचारीहरु समेत सोही अवसरमा पुरस्कृत भएका छन् । 

समारोहमा कर्तव्य पालनाको सिलसिलामा दिवंगत हुन पुगेका तीन जना अधिकृतहरुका धर्मपत्नीहरुलाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले स्थापित विपद् प्रकोप राहत कोषबाट उपलब्ध सहायता रकम हस्तान्तरण गरिएको थियो । त्यसैगरी कर्तव्य पालनाको सिलसिलमा साहसिक कार्य गर्ने दुई जना सशस्त्र प्रहरी कर्मचारीसहित खेलाडी र कलाकार गरी १८ जना विशेष बढुवा भएकाहरुमध्ये दुई जनालाई महानिरीक्षक अर्यालले दज्र्यानी चिन्ह समेत प्रदान गर्नुभएको थियो ।



यसैगरी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरे एपीएफ कला, साहित्य सम्मान तथा एपीएफ क्ष्न् ब्एँ ऋयmmभलमबतष्यल बाट पुरस्कृत भएका छन् । 

 यसैगरी सह–प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापा एपीएफ दिवसको अवसरमा तेश्रो पटक पुरस्कृत भएका छन् । यसअघि २०औँ र २१औँ सशस्त्र प्रहरी दिवसमा समेत उत्कृष्ट कार्य गरे वापत डिएसपी थापा पुरस्कृत भएका थिए । 

यसैबीच बुधबारसशस्त्र  प्रहरी मुख्यालय हल्चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरिएको छ । 



0 comments

Write Down Your Responses