काठमाडौं । काठमाडौंमा दुई मुक्तक संग्रह एकैसाथ विमोचन गरिएको छ । शनिबार हातेमालो साहित्य सङ्गमको नियमित रचना वाचन कार्यक्रम तथा “साधना साहित्य मञ्च“ सँगको सहकार्यमा दुई मुक्तकसंग्रह विमोचन गरिएको हो ।
मुक्तककार अजिता दाहाल क्रान्तिको “मनोवेग“ तथा मुक्तककार विनु बुढाथोकीको को “बिनुको धड्कन“ को लोकार्पण कार्यक्रम भएको हो । शनिवार प्रज्ञा प्रतिष्ठान स्थित लेखनाथ प्रवचन कक्षमा एक भव्य समारोहबिच दुई मुक्तक विमोचन गरिएको थियो ।
हातेमालोका अध्यक्ष सुनिल अधिकारीको सभापतित्व र वरिष्ठ गजलकार, मुक्तककार ज्ञानुवाकर पौडेलको प्रमुख अतिथ्यतमा कार्यक्रम भएको हो ।
कार्यक्रमको विशिष्ट अतिथिमा वरिष्ठ साहित्यकार देवी नेपाल, वरिष्ठ साहित्यकार रमेश पौडेल, साधना साहित्य मञ्चका अध्यक्ष असन्तुष्ट जलन, मुक्तककार÷समीक्षक सुशीला ढकाल अधिकारी, कृतिकार अजिता दाहालको बुवा डिलनाथ दाहाल, मुक्तककार अजिता दाहाल क्रान्ति, मुक्तककार बिनु बुढाथोकी, मुक्तककार÷समीक्षक मीना चौलागाई रहनुभएको थियो ।
कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका प्रमुख÷प्रतिनिधिहरू कलानिधी दाहाल, निर्मलरमण पराजुली, मदन नेपाल, मानन्धर अभागी, प्रकाश बस्नेत गफाडि, राजन न्यौपाने, निलाञ्जला भारद्वाज, राजेशराज गड्तौला सहित लगभग ७० जना साहित्यअनुरागी मनहरूको पनि उपस्थिति थियो ।
कार्यक्रममा सुशीला ढकाल अधिकारीले “बिनुको धड्कन“ को सुन्दर ढङ्गबाट समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने मीना चौलागाईले “मनोवेग“ को बारेमा चर्चा गर्नुभएको थियो ।
उक्त कार्यक्रमको उद्घोषण हातेमालोका उपाध्यक्ष विपिन मर्मले गर्नुभएको थियो भने महासचिव बिमला दाहालको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रम २० जनाको रचना वाचनसहित लगभग ३ घण्टा चलेको थियो ।
व्यवस्थापन पक्षतर्फ हातेमालोका सदस्यद्वय दुर्लभ शाह त्यागी तथा सरिता थापामगर तथा साधना साहित्य मञ्चका सदस्यहरूले भूमिका निर्वाह गनुभएको थियो ।
0 comments
Write Down Your Responses