Powered by Blogger.
रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी, रास्वपा कार्यालय प्रहरीकोे घेरामा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।  पक्राउ प”र्जी जारी गरिएसंगै उक्त पार्टीको कार्यालयमा ठ”लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सो कार्यालयमा  सिआइबीको टोली पनि भर्खरै पुगेको छ । रास्वपाका अधिकांश नेता, सयौं कार्यकर्ताहरु र  मिडीयाको ठुलो संख्यामा उपस्थिति रहेको छ । 

केही बेरमा उनलाई प्रहरीले नियन्त्रणमा लिनसक्ने र त्यसअघि आफैंले पत्रकार सम्म्मेलन मार्फत आफ्ना कुरा मिडीया समक्ष राखेर उनले गिरफ्तारी दिने तयारी रहेको रास्वपा स्रोतले जनायो । 

कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रविमाथि कारवाही सिफारिस गरेको थियो । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषि ठहर्याइएको छ ।

शुक्रबार कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पूर्जि लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । अदालतमा उपलब्ध एक मात्र न्यायाधीस कृष्णजंग साहले पक्राउका लागि अनुमति दिएका हुन् ।

तस्बिरः देश सञ्चार, फाइल फोटो


0 comments

Write Down Your Responses