Powered by Blogger.
सर्जक पार्वती घिमिरे पौडेलको “काटौँ दाउरा घाँस” को म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । साहित्य सर्जक पार्वती घिमिरे पौडेलको “काटौँ दाउरा घाँस” गीतको म्युजिक भिडियो यही भाद्र ३० गते सार्वजनिक भएको छ । 

नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका २ कविलास निवासी पार्वती घिमिरे पौडेलले स्थानिय मठ मन्दिर र पर्यटकीय स्थानहरूको वर्णन गर्दै तयार पारेको लोकगीतमा तिलक भट्टराई कल्पित र प्रभा खत्रीले स्वर दिनु भएको छ भने डा.के.पि.पौडेल, रितु बस्नेत, पार्वती घिमिरे पौडेल लगायत स्थानिय वासिन्दा तथा केही साहित्यकारहरूको समेत अभिनय रहेको छ । 

उक्त भिडियो गीतकार स्वयंको युट्युब च्यानल “पार्वती घिमिरे पौडेल” बाट सार्वजनिक गरिएको हो ।

सर्जक पौडेलले स्थानिय परिवेशलाई शब्द मार्फत हुवहु चित्रण गर्ने प्रयास गर्नुको साथै सुन्दर गाउँ कविलासमा नै छायाङ्कन गरिएको र यो लोकगीतले नुवाकोट कविलासको परिचय उजागर गर्नुको साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने बताउनु भएको छ । 

साहित्यका विभिन्न विधाहरूमा कलम चलाउने पौडेलले यही गीत मार्फत सङ्गीत क्षेत्रमा डेब्यू गर्नु भएको हो । उहाँ सुसेली सर्जक पनि हुनुहुन्छ । 


0 comments

Write Down Your Responses