काठमाडौं । नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङले सुशासनको निम्ति सदाचार चरित्र, बढ्दो भ्रष्टाचार , न्यून जनशक्ति ,काम गर्ने पुरानो शैली , बजेट अभाव लगायतका अनेकौ कारणले संघीयताको पुर्ण कार्यन्वनमा पछि परेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघको आयोजनामा बुधवार केन्द्रीय कार्यालयमा गरिएको दिपावली लगायत चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री गुरुङ्गले यस्तो बताउन’भएको हो ।
मन्त्री गुरुङ्गले भन्न’भयो –भ्रष्टाचार ÷ कमिशन ÷ भन्सार छली जस्ता कुशासनको कार्यहरु गर्न प्रतिस्पर्धा छ । यो अवस्थामा सरकारलाई राजश्व बढाएर मितव्ययी सरकार चलाउन कठिन भइरहेको छ । उहाँले सामाजिक, धार्मिक सहिष्णुता बढाउँदै सांस्कृतिक चाँडवाड बनाउन आग्रह गनर्’भयो ।
उहाँका अनुसार –देशको हरेक क्षेत्रमा सुशासन कायम गर्न सामाजिक रूपमा पनि असल सक्षम इमान्दार मान्छे चाहिने पक्षमा मिडिया मार्फत वकालत गर्नुपर्ने आवश्यकता देखिन्छ हामीले यसो गर्न सक्यौ भन्ने आइटीमा नेपाल साउथ एसियाकै पहिलो हुन सक्ने हुन्छ ।
पत्रकार महासंघको स्वामित्वमा राज्यको नियन्त्रण बाहिर नहुने गरी स्वायत मिडिया काउन्सिल र स्वतन्त्र संचार ऐन ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
स्थानीय सरकारहरु प्रविधिको विकासमा योगदान गर्न उत्प्रेरित गर्नुपर्छ । परम्परागत विकास बाहेक पत्रकारिताको प्रचार प्रसारमा ÷संचार क्षेत्रका विकासमा स्थानीय तहहरुले बजेट विनियोजन गर्ने अभ्यास नगरिएको मन्त्री गुरुङ्गले भने ।
कार्यबाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएके कार्यक्रमको सञ्चालन लेखा समिति संयोजक लेखनाथ न्यौपानेले गरेका थिए भने स्वागत भाषण केन्द्रीय सदस्य शन्तराम बिडारीले गरेका थिए ।
कार्यक्रमा महासंघका सल्लाहकार तथा पुर्व अध्यक्षहरुले पनि शुभकामना मन्तव्य राखेका थिए ।
0 comments
Write Down Your Responses