Powered by Blogger.
कुलेखानी ड्याम खोल्दा भएको दुर्घटनाको जिम्मेवारी प्राधिकरणले लिनुपर्छः मुख्य सचेतक बर्तौला


काठमाडौं  । नेकपा एमाले संसदीय दलक मुख्य सचेतक तथा मकवानप’र २ का सांसद महेशकुमार बर्तौलाले गत असोज १२ गते कुलेखानी जलविद्युत आयोजनाको पानी सञ्चय केन्द्रको रुपमा रहेको कुलेखानी ड्यामको दुवै ढोका खोल्दा भएको जनधनको क्षतिको जिम्मेवारी कुलीखानी जलविद्युत आयोजनाले लिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका बर्तोलाले सोमबार जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई भेटेर प्राधिकरणले सम्भावित जोखिम र क्षतिको सामान्य ख्याल समेत नराखि कुलेखानी ड्याममा भेल र बाढीका कारण जम्मा भएको पानीलाई एकै पटक ड्यामका दुई वटा ढोका खोली झन्ड़ै ४–४ मिटर पानीको निकासी गर्दा  इन्द्रसरोबर गाँउपालिकामा ठुलो जनधनको क्षति भएको जानकारी गराए ।

मन्त्रीसँगको भेटमा बर्तौलाले प्राधिकरणको तर्फबाट भएको गम्भिर कमजोरी र गैरजिम्बेवारीपनले मकवानपुरमा ठूलो जनधनको क्षति भएको बताए ।

भेटको क्रममा बर्तौलाले उक्त घटनाको तत्काल छानबीन तथा जाँचबुझ समिति बनाउन, कमजोरी गर्ने कर्मचारीलाई कारबाही गर्न, भएको क्षति र नोक्सानी प्रति जवाफदेही भइ पिडित लाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन, भत्केका भौतिक संरचना निर्माणमा भुमिका खेल्न, ड्यामको माथिल्लो र तल्लो तटिय क्षेत्रका जनताहरुलाई मुवाब्जा उपलब्ध गराउन सरकारसङ्ग माग गरेका छन् ।




0 comments

Write Down Your Responses