Powered by Blogger.
इन्ड्राइभले झन्डै लिएन पत्रकारको ज्यान, इन्ड्राइभ कम्पनी रमिते


काठमाडौ । इन्ड्राइभको लापरबाहीको कारण दुर्घटना हुँदा एक सञ्चारकर्मी घाइते भएका छन् ।

काभ्रे घर भइ ललितपुरको महालक्ष्मी नगरपालिका लुभु बस्ने सञ्चारकर्मी क्षितिज सरगम(रिकेश) घाइते भएका हुन् ।

२०८१ असोज ३ गते शुक्रबार बिहान  कार्यालय जाने बेलामा ढिला भएको कारण लुभु बसपार्कबाट उनले  ग्वार्को चोकसम्म जानको लागि इन्ड्राइभ बुक गरे । 

दुधलाल वाइबा नाम गरेको बा. ७५ प ७०० नम्बरको बाइकवालाले उक्त  रिक्वेस्ट एसेप्ट गर्यो । बसपार्क छेउमै यात्रु कुरिरहेका दुधलालले रिकेशलाई लिएर ग्वार्को तिर लागे । तर ६ मिटर पनि कट्न नपाइ बाइकको  एक्सिलेटर बटारेर गाडी भएतिर ठोक्काउन पुगे । ब्रेक लगाउनु पर्ने बेलामा झनै एक्सिलेटर बटारेर उनले बाइक उछिट्याएर मुख्य सडकमा पुर्याए । 

सञ्चारकर्मी रिकेश बाइकबाट उछिटिएर  सडकमा बजारिन पुगे । तर चालक दुधलालले न त गल्ती स्वीकार गरे न त उपचारमा सहयोग गरे । दुर्घटनाबाट रिकेशको दायाँ हातको छाला तछारिएर सुन्निएको छ  भने तिघ्रामा चोट लागेको छ । पछारिदा मोबाइल फुटेको छ ।



तर दुधलाल केही समयपछि त्यहाँबाट हिँडे । नेपालमा आफ्नो  कार्यालय नभएको बताउँदै इन्ड्राइभले एक्सन लिन्छौँ त भन्यो तर सहयोग गरेन । इन्ड्राइभमा यात्रुहरू आवतजावत गर्न सजिलो मान्छ्न् । तर, कस्ता चालकलाई सेवा दिन लगाउँने भन्ने इन्ड्राइभमा कुनै नियम छैन ।  

लाइसेन्स भएकोको चालक छ कि छैन त्यो पनि अनुगमन गर्दैन । कमाउँनको लागि यात्रुको ज्यानलाई जोखिममा पुर्याउने इन्ड्राइभ चालकप्रति सम्बन्धि निकायको ध्यान जान आवश्यक छ । 




0 comments

Write Down Your Responses