Powered by Blogger.
नयाँ जनवादी मोर्चा, नेपालको एक वर्षे सेरोफेरो


दिनेश बर्तौला

यति बेला हाम्रो देश र नेपाली कम्युनिस्ट आन्दोलन गम्भीर र जटिल मोडमा रहेको सन्दर्भमा हाम्रो गौरवशाली संगठन नयाँ जनबादी मोर्चा, नेपाल स्थापना भएको  १ (एक) बर्ष पूरा भएको छ । 

यस अबसरमा नेपाल तथा विश्वभरका श्रमजीवी तथा उत्पीडित वर्गप्रति हाम्रो मोर्चा हार्दिक शुभकामना तथा लाल अभिवादन व्यक्त गर्दछ । 

नयाँ जनबादी मोर्चा, नेपाल देशमा बिद्यमान सबैखाले समस्या समाधान गर्नको लागि सामन्त दलाल तथा नोकरशाही पुजिपती बर्गको हातमा रहेको प्रतिक्रियावादी संसदीय ब्यबस्थाको अन्त्यगरि जनताको संयुक्त जनबादी अधिनायकत्व भएको नयाँ जनबादी ब्यबस्था स्थापना गर्न गठन भएको हो । 

यसले कम्युनिस्ट आन्दोलनमा देखापरेको दक्षिणपन्थी अबसरबादका विरुद्ध सैद्धान्तिक तथा विचारधारात्मक संघर्ष गर्दै  आएको छ । 

साथै माक्र्ससबाद– लेलिनबाद–माओवादको पथ प्रर्दशक सिद्धान्तलाई आत्मसात गर्दै वर्गसंघर्षलाई बिश्वक्रान्तिको अन्तरास्ट्रियता बादमा बिकास गर्ने र पहल कदमी लिने अग्रसर गर्दै यो क्रान्तिकारी संगठन निर्माण भएको हो । 

२०८० भदौ २१ गते काठमाडौमा राष्ट्रिय भेलागरि निर्माण भएको अर्थात सर्बहारा उत्पीडित बर्गको मुक्ति सँघर्सको शंखघोस भएको दिन हो । 



बिडम्बना, क्रान्तिको प्रक्रियामा मुख्य नेतृत्वमा रहेका केही बिचलनबादी,भगौडा र आत्मसुरक्षाबादीहरुको निर्माण प्रक्रिया देखिनै उभारमा रहेको आन्दोलनलाई कमजोर बनाउने सबै खाले षड्यन्त्र गर्दै रहे । हामीले त्यसलाई चिर्दै १ एक बर्ष  पुरा गरेको अवस्था छ र आगामी क्रान्तिको प्रक्रियामा अबिचलित र दृढताका साथ अगाडि बढ्न मोर्चा पंक्ति र आम उत्पीडित श्रमजीवी बर्गमा हार्दिक अपिल गर्दछौँ।

 (बर्तौला नयाँ जनवादी मोर्चा, नेपालका संयोजक ह’न् । 


0 comments

Write Down Your Responses