Powered by Blogger.
काउन्सिलको ५५ औँ वार्षिकोत्सव सम्पन्न,सम्पादक बिडारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित


काठमाडौँ । प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र आर्थिक विकासमा नेपाली पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताउनुभएको छ । 

असोज छ गते आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घर, आँंगनसम्म पु¥याउने कामका लागि शासन सञ्चालनमा बसेकाहरूलाई घच्घचाएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा तपाईँहरूले अझै जिम्मेवार भएर काम गर्नुहुनेछ भन्ने पनि मैले विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै यही कारणले पत्रकारितालाई चौथो अङ्गका रूपमा सम्मान प्राप्त भएको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र राज्यको चौथो अङ्गको रूपमा पत्रकारिता जगतले पाएको सम्मानलाई जीवन्त राख्न सक्दछ ।”

नेपाली पत्रकारहरू सचेत र सजग भएको विश्वास गर्दै उहाँले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार यी तीन वटै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्नुभयो । 

उहाँले प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयमले निष्पक्ष, स्वतन्त्र तथा सिर्जनात्मक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “‘पत्रकारिताको विश्वसनीयता कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग गर्न काउन्सिलजस्ता निकाय स्थापना गरेर समयानुकल आचारसंहिता बनाउने तथा कार्यान्वयन भएनभएको अनुगमन गर्ने जिम्मेवारी प्रदान गरिएको हो ।”

राष्ट्रपति पौडेलले सूचना प्रविधि र इन्टरनेटको विकाससँगै अनलाईन न्यूजपोर्टल र सामाजिक सञ्जालको विकासले तीव्र सूचना प्राप्त गर्ने  आममानिसको चाहनालाई पूरा गर्न मद्दत गरेको बताउनुभयो । सत्यतथ्य, आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषण नै आमसञ्चार माध्यमको व्यवसायिक र प्राथमिक दायित्व भएको उहाँले स्मरण गराउनुभयो । कार्यक्रममा स”चना तथा सञ्चार प्रविधी मन्त्री पृथ्वी स’ब्बा ग’रुङले प्रेस काउन्सिलको कार्यहरुको ख’लेर प्रशंसा गन’भयो । 

प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा विभिन्न पत्रकारहरुलाइृ विभिन्न प’रस्कारहरु प्रदान गरेको थियो । 

सोही क्रममा यस वर्षको प्रेस काउन्सिल कृयाशिल पत्रकारिा प’रस्कार दामन पोष्ट साप्ताहिकका सम्पादक शन्तराम बिडारीले प्राप्त गनर्’भयो । 

राष्ट्रपति पौडेलको सम’पस्थितिमा स”चना तथा सञ्चारमन्त्रीले १५ हजार नगद  सहित सम्मानपत्र सम्पादक बिडारीलाई प्रदान गरिएको थियो । बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा कृयाशिल छन् ।



 विगत दुई दशकदेखि सक्रिय पत्रकारका रूपमा नेपाल समाचारपत्र दैनिक, गोरखापत्र दैनिक, एबिसी टेलिभिजन, बुधबार साप्ताहिक, साँघु साप्ताहिक लगायत विभिन्न मिडियामा काम गर्दै आएका उनी हाल दामन पोष्ट साप्ताहिक र दामन पोष्ट डटकमको सम्पादकका रूपमा पनि कार्यरत छन् । उनले यसअघि जनसञ्चार साप्ताहिक र साप्ताहिक आवाज साप्ताहिकको कार्यकारी सम्पादक, अनलाइन पोर्टल नेप्लिज डट ओआरजीको वरिष्ठ सहसम्पादक र सेन्टरखबर डटकमको सम्पादक भएर समेत काम गरिसकेका छन् ।  

बिडारीले रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता तथा आमसञ्चार विषयमा आइए, बिए  र त्रिवि कै केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागबाट एमए पास  तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन् । उनी अहिले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट एमफील–पिएचडी गर्दैछन् । उनीसँग हाल नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति सदस्य एवं पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागको विभागीय प्रमुख तथा यसअघि काठमाडौं जिल्ला शाखाको अध्यक्षका रूपमा पत्रकारको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । 

पत्रकार, अध्यापक, अध्येता र प्रशिक्षकको परिचय बनाएका बिडारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रेस सल्लाहकार, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को नेपाल कार्यालयमा मिडिया एण्ड कम्युनिकेशन स्पेशलिस्ट, युएनडीपी संसदीय सहयोग परियोजनामा अनुसन्धाताका रूपमा काम गरेका थिए । 

सञ्चारका मुद्दाहरूमा आलोचनात्मक चेत सहित कलम चलाउन रुचाउने उनले विभिन्न राष्ट्रिय दैनिक र अनुसन्धानमूलक जनर्लहरूमा स्वतन्त्र पत्रकारका हिसावमा टिप्पणी र विश्लेषणहरू लेख्दै आएका छन् । उनले चीन, भारत, यूएई लगायतका देशहरूको भ्रमण गरी विभिन्न अन्तराष्ट्रिय स्तरका सेमिनारहरूमा सहभागिता समेत जनाएका छन् ।

यसैगरी गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)लाई संयुक्त रूपमा प्रदान गरियो । तीन दशकदेखि पत्रकारिताका विभिन्न विधामा सक्रिय रही सामाजिक रुपान्तरण र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर लाग्नुभएका पत्रकार भण्डारी र पत्रकारिता प्रशिक्षणमा अग्रणी संस्था एनपीआईलाई यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ । 

पत्रकारिता तथा आमसञ्चार क्षेत्रको अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण संस्थालाई गोपालदास पत्रकारिता पुरस्कारमा समावेश गरिएको काउन्सिलको इतिहासमा यो पहिलोपल्ट हो ।



नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिता जगतको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिनुभएका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष स्व.गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उहाँको स्मृतिमा यो पुरस्कार २०५७ सालदेखि प्रदान गरिँदै आएको हो । 

गत वर्ष यो पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको थियोे । शर्मा उक्त पुरस्कार पाउने पहिलो पत्रकार महिला हुनुहुन्छ । यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बर्दिया स्थायी घर भएका अग्रज पत्रकार बद्री सिग्देललाई प्रदान गरियो ।  

उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपियाँ रहेको छ । काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा यो पुरस्कार स्थापना भएको थियो । पत्रकार सिग्देलले विस २०४९ सालमा रेडियो नेपालबाट पत्रकारिता सुरु गर्नुभएको हो । 

उहाँले विभिन्न सञ्चार माध्यममा राजनीति, कानुन, मानवअधिकार, वातावरणीय न्यायजस्ता विषयमा केन्द्रित रही पत्रकारिता गर्दै आउनुभएको छ । उहाँ हाल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को एसिया प्रशान्त क्षेत्रका कार्यकारी सदस्यसमेत हुनुहुन्छ । यस्तै, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रातोपाटी डटकमलाई प्रदान गरिएको छ । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सञ्चारसम्बन्धी केही कानुन समयानुकुल नभएकाले यसमा संसोशन आवश्यक रहेको   बताउनुभयो । सरकार अहिले सामाजिक सञ्जालकोे सञ्चालन र व्यवस्थापनसम्बन्धी कानुन निर्माणमा लागेको उहाँले बताउनुभयो । सार्वजनिक सेवा प्रसारण ऐन पारित भइसकेको र मिडिया काउन्सिल विधेयक छलफलको क्रममा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब बन्ने कानुनमा मिडिया निरपेक्ष स्वतन्त्र र स्वायत्तसँगै मर्यादित बनाउने कुरा समावेश हुन आवश्यक छ ।”

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नकारात्मकता र गालीको संस्कृति हटाएर रचनात्मक र सहकार्यको विकासमा लाग्दा मात्र देशमा हरियाली आउने बताउनुभयो । पत्रकारिता बलियो भए देशमा अस्थिरता हटाउन बल पुग्ने र यसले पत्रकारिता फस्टाउने बताउनुभयो ।

प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार पत्रकारत्रय कान्तिपुर दैनिकका होम कार्की, प्रकाशचन्द्र तिमिल्सेना, कान्तिपुर टेलिभजिनका  श्याम श्रेष्ठले प्राप्त गर्नुभएको छ । कैलालीका पत्रकार शिवराज भट्ट र सुनसरीका पत्रकार लिलाराज भट्टराईले पनि प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार प्राप्त गर्नुभएको छ ।



काउन्सिलले यो वर्ष पनि अग्रज पत्रकारहरूलाई सम्मान गरेको छ । ज्ञान उदास, देवेन्द्र चुँडाल, के.बि. मसाल, चित्राङ्ग थापा,  बलदेव अवस्थी, खगेन्द्र खत्री, हरिविनोद अधिकारी, उषा लोहनी, खुर्शिद आलम, विष्णुप्रसाद सुवेदी, बोधराज त्रिपाठी, बालकुमार नेपाल, प्रमोदकुमार सिंह (दाहाल), ईश्वरीप्रसाद वाग्ले, ईश्वरीप्रसाद काफ्ले र जन्मदेव जैसीलाई प्रदान गरेको छ ।

वार्षिकोत्सवकै अवसरमा, काउन्सिलले पूर्वसदस्य र पूर्व सदस्य सचिवलाई सम्मान गरेको छ । पूर्वसदस्य रघुजी पन्त, दिपेन्द्र चौहान, नवलकिशोर यादव, प्रतिक प्रधान र तेजप्रकाश पण्डित र पूर्व सदस्यसचिव रघुराम विष्टलाई सम्मान गरेको हो ।

यस्तै  दश हजार राशिको ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ आश गुरुङ (लमजुङ), सङ्गीता तिमिल्सिना (बाजुरा), पुष्प बराल (झापा), भानुभक्त आचार्य (कैलाली), अरुण बम (डोटी), रुद्रमणि भुसाल (अर्घाखाँची), प्रवीर ददेल (रुकुम पश्चिम), केदार शिवाकोटी (दोलखा), अनिल खत्री (गुल्मी) र मुकुन्द भण्डारी (रेडियो नेपाल) लाई प्रदान गरिएको छ ।

‘प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार’ प्रतीक्षा काफ्ले (स्याङ्जा) र इन्दिरा अर्याल (पाल्पा) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ । यो वर्षको ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ रमेश विश्वकर्मा (गुल्मी), श्रवण देव (सप्तरी), वीणा श्रीवास्तव (रौतहट), श्यामबाबु यादव (बारा) र रामसुकुल मण्डल (महोत्तरी) लाई प्रदान गरिएको छ । 

सो पुरस्कारको राशि पनि रु १० हजार रहेको छ । जनही रु दश हजार राशिको ‘प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार’ निरजराज जोशी, श्यामकृष्ण दाहाल, ज्ञानेन्द्र कार्की (फोटो पत्रकार), भागवत भट्टराई (काठमाडौैँ), अखिल सिटौला (काठमाडौँ) र प्रकाश आचार्य (बुटवल) लाई प्रदान गरिएको छ ।

त्यसैगरी, रु दश हजार राशिको ‘प्रेस काउन्सिल साहित्यिक पुरस्कार’ र ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ क्रमशः हाम्रो पुरुषार्थ (साहित्यिक पत्रकार) र नेपाल भाषा, नपेन्द्रलाल श्रेष्ठ (लहान साप्ताहिक) ले प्राप्त गरेको छ ।


0 comments

Write Down Your Responses