Powered by Blogger.
‘सूचनाको हकका लागि राष्ट्रिय महासंघ’ काठमाडौँ जिल्ला समितिको विशेष साधारण सभा सम्पन्न, विनोद बस्नेतको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन


काठमाडौँ ।  सूचनाको हकका लागि राष्ट्रिय महासंघ काठमाडौँ जिल्ला समितिको विशेष साधारण सभाबाट विनोद बस्नेतको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

बिहिवार भएको   विशेष अधिवेशन तथा साधारण सभाबाट सर्वसहमतीबाट नेतृत्व चयन भएको हो । 

यस अघि काठमाडौँ जिल्ला अध्यक्ष पूर्णप्रसाद मिश्र र कोषाध्यक्ष भीम लामा केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित भएपछि रिक्त रहेको पद पदपूर्ति गर्नुपर्ने भएकाले विशेष साधारणसभाबाट नयाँ नेतृत्व चयन गराएको अधिवेशन निर्वाचन समितिका सदस्य भीम लामाले जानकारी दिए ।

अध्यक्ष बस्नेतसंगै पदाधिकारीहरू उपाध्यक्षमा कल्पना भट्टराई, सचिवमा विदूर सापकोटा, सह–सचिवमा अश्मिता खत्री र कोषाध्यक्षमा प्रेमराज सुब्बा चयन भएका छन् । 

त्यस्तै कार्यसमितिका सदस्यमा आर्दश क्षेत्री, शिवप्रसाद अधिकारी, शारदा मैनाली, मछिन्द्र सापकोटा, जानुका जोशी, रामहरी भण्डारी, नवराज भण्डारी, सपना चन्द र ललिता बम देउबा चयन भएका छन् । अधिवेशनबाट प्रदेश र केन्द्रीय प्रतिनिधि सदस्य पनि चयन गरेको छ ।

प्रदेशतर्फ महाधिवेशन प्रतिनिधिमा डिगबहादुर श्रेष्ठ र सरला खड्कालाई छनौट गरिएको छ । त्यस्तै संघतर्फ प्रतिनिधिमा अभिमन्यू नेपाललाई छनौट गरिएको छ भने थप एक आगामी बैठकबाट छनोट गरिने बताएको छ । नवनिर्वाचित सबै पदाधिकारीलाई सूचनाको हकका लागि राष्ट्रिय महासंघ केन्द्रीय अध्यक्ष उमीद वागचन्दले बधाई तथा शुभकामना व्यक्त गर्दै जनताको अनुहारमा खुशी ल्याउने महान अभियानमा लाग्न सुझाव दिए । 

सूचना हकको प्रवलीकरणमा नागरिक स्तरबाटै आवाज उठाउनुपर्ने अवस्था अझै रहेको बताउँदै सामुदायिक जागरणसहित सूचनाको हकलाई प्रयोगमा ल्याइ सुशासन स्थापित गर्न नवनिर्वाचित कार्यसमितिको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।



अधिवेशनको खुल्ला सत्रमा शुभकामना दिदै महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीलले आफूले राज्यलाई तिरेको करको सहि सदुपयोग भयो कि भएन भन्ने प्रश्न नगरेसम्म सुशासन स्थापित नहुने बताए । सूचनाको हकलाई संविधानमै नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरेपनि नागरिक स्तरबाटै त्यसको प्रयोगमा चासो नदेखाउदा राज्य व्यवस्थापक तथा शासकबाटै चरम अनिमियतता भएको बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारीले सूचना हक भन्ने बित्तिकै पत्रकारले मात्र प्रयोग गर्न पाउने नभइ आम नागरिकले सरल र सहज रूपमा सूचना हकको प्रयोग गरि सार्वजनिक निकायलाई सचेत गराउनुपर्ने बताए । नागरिकको अधिकारको रूपमा स्थापित भएको सूचना पाउने हकलाई सुसुश्चित गराउन राज्य र नागरिक दुवै इमान्दर भएर लाग्नुपर्ने सुझाव दिए ।



अधिवेशनलाई सम्बोधन गर्दै समाजवादी प्रेस संगठनका महासचिव तथा जनता टेलिभिजनका समाचार प्रमुख रामकुमार एलनले समाजलाई स्वच्छ र पारदर्शी बनाउन सूचनाको हकले महत्वपूर्ण भूमिका खेलेको बताए । सार्वजनिक निकायमा भइरहेको भ्रष्टाचार, अनिमियतता र ढिलासुस्तीलाई तह लगाउन सक्ने शक्तिशाली औजारको रूपमा सूचनाको हकलाई लिन सकिने बताउँदै सही सदुपयोग गरेमा समाज परिवर्तनमा समाज र राष्ट्रलाई परिवर्तनमा ल्याउन समय नलाग्ने बताए । 

सूचनाको हकका लागि राष्ट्रिय महासंघ काठमाडौँ जिल्ला कार्यसमितिको विशेष अधिवेशन सम्पन्न गराउनका लागि निर्वाचन समितिमा केन्द्रीय सदस्य दुर्गा तिवारीको संयोजकत्वमा केन्द्रीय सचिव पूर्णप्रसाद मिश्र र केन्द्रीय सदस्य भीम लामा सदस्य रहेका थिए ।




0 comments

Write Down Your Responses