Powered by Blogger.
राष्ट्रिय सुसेली फाउन्डेसनकाे प्रारम्भिक साधारण सभा एवम् हरितालिका तीज कार्यक्रम सम्पन्न


 काठमाडौ । राष्ट्रिय सुसेली फाउन्डेसनकाे प्रारम्भिक साधारण सभा एवम् हरितालिका तीज विशेष कार्यक्रम भव्य , सभ्य र दिव्य रूपमा सम्पन्न भएकाे छ । मादलुकाे घिन्ताङसँग गाइएका सबै सुसेलीमा नृत्य प्रस्तुत भएकाे झलकले साच्चिकै आफ्नै माैलिक विधा नै सर्वप्रिय बन्ने कुराकाे प्रमाण प्रस्तुत गरेकाे थियाे । दामोदर ढकाल दीपकले सुसेलीका सर्जकहरू देश विदेश जताततै रहनु भएकाेले प्रदेश कमिटी र जिल्ला कमिटीहरू बनाउन लाग्नु पर्ने बताउनु भएकाे थियाे भने काेषाध्यक्ष एवम् प्रथम शीत ईश्वर कृष्णबहादुर के.सीले सुसेलीकाे काेषमा एक वर्षभित्रमा १० लाख जम्मा भइसक्ने बताउनु भएकाे थियाे । कार्यक्रममा अग्रज साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले सुसेली हिमाल जस्तै शीर उच्च गरेर स्थापित हुने कविताकाे लघुविधा भएकाे बताउनु भएकाे थियाे । यसैगरी कवि कलानीधि दाहालले सुसेली कुवा जस्तै हाे जहाँकाे पानी पिउदा आनन्द आउँछ । कुवामा न पाेखरीकाे पानीमा जस्तो हिलाे गन्हाउछ न समुद्रकाे जस्तो खानै नमिल्ने नुनिलाे नै हुन्छ । कुवाकाे कन्चन पानी जस्लै प्राण धान्छ र शीतलता बनाउछ भन्दै घुमाउराे भाषामा सुसेली लेख्न , गाउन र रमाउन सबैलाई अभिप्रेरित गराउनु भएकाे थियाे । यसै गरी अर्का साहित्यकार युवराज नयाँघरेले सुसेली आयातित जस्ता नभएर यसकाे जगमा चट्टान गाह्राेमा पहाड र छानाेमा बाबियाे भएकाेले याे साैन्दर्यले युक्त विधा भएकाेले अति आत्मादेखि नै लाेभ्याउने विधा भएकाे बताउनु भएकाे थियाे । यसै गरि प्राज्ञ काैशिला रिसाल सुसेली विधाकाे विकास र विस्तारले आफुमा बेग्लै ऊर्जा मिलेकाे बताउनु भएका थियाे । अग्रज साहित्यकारका कुरा र प्रस्तुति देखेर फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकाेटेकाे खुसीले मुहारमा साम्राज्य जमाएकाे प्रष्ट देखिन्थ्याे । यदि खुसी मापन गर्ने यन्त्र हुँदाे हाे त दुर्गा भमरकाेटे जति खुसी काेही पनि बन्दैनथे हाेला । राष्ट्रिय सुसेली फाउन्डेसनकि उपाध्यक्ष सुशीला ढकाल अधिकारीकाे सभापतित्व , गंगा कर्माचार्यकाे प्रमुख आतिथ्यता, गंगा लिगल, चन्द्रा न्याैपाने र प्राज्ञ काैशिला रिसालकाे विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे संचालन सुसेली फाउन्डेसन कि सचिव सुचिता काफ्लेले गरेकी थिइन ।



0 comments

Write Down Your Responses