Powered by Blogger.
ओली सरकारले राष्ट्र र जनताको हितमा काम गर्छः महेश बर्तौला


काठमाडौं । नेकपा (एमाले)का नवनियुक्त केन्द्रीय सदस्य तथा सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौलाले केपी ओली नेतृत्वको सरकारले राष्ट्र र जनताको हितमा सार्मथ्यका साथ काम गर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा भएको एमाले थाहा–काठमाडौं सम्पर्क मञ्चको दोस्रो सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले ओली सरकार आफ्नो पूर्ण सामर्थ्यका साथ जनताको हितमा काम गर्ने बताउनुभएको हो । उहाँले अहिलेको समीकरणको सरकारले नै गणतन्त्रलाई केन्द्रमा राखेर संविधान संशोधन गर्ने पनि बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका बर्तौलाले भन्नुभयो, ‘२०७४ सालको आम निर्वाचनपछि चालू खर्च बढेर आयो । यो कसरी घटाउने भनेर सोच्ने बेला आयो । वडा सदस्यदेखि संघीय सांसदसम्मको जनप्रतिनिधिहरु सडक, बाटो पुल भनेर हिँडेका छन् । कानून कसले बनाउने ? विकास कसले गर्ने ? सेवा प्रवाह कसले गर्ने भन्ने अन्योल रहेको छ । स्थानीय सरकारलाई दैलोदैलोमा सेवा प्रवाहमा लगाउनुपर्छ । प्रदेश सरकारलाई विकासको कामको जिम्मा दिनुपर्छ तर मन्त्रिमण्डल भने कम गराउनु पर्छ र संघीय जनप्रतिनिधिहरुलाई पूर्ण रुपमा कानून निर्माणमा लगाउनु पर्छ ।’

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका बर्तौलाले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले  यसैकुरालाई मनन गरेर काम गरिरहेको पनि उल्लेख गर्नुभयो ।



यसैगरी, उहाँले थानकोट–चित्लाङ सडकको विषयमा भन्नुभयो, ‘निर्वाचनमा घर दैलो गर्दा थाहाको जनताको एउटै माग थियो– थानकोट–चित्लाङ सडक । म निर्वाचित भएयता थप सुदृढिकरण भइसकेको छ । गएको आर्थिक वर्षमा ८ करोडको बहुवर्षीय ठेक्का लगाएका छौँ । अहिले पनि ४ करोड ३६ लाख बजेट छुट्टिएको छ । म यसलाई पनि बहुवर्षीय ठेक्का लगाउन पहल गर्छु र मेरो कार्यकालमा यो सडकको कालोपत्रे पूर्ण रुपमै टुंगाएरै छोड्छु ।’

 कार्यक्रममा विशेष अतिथिका रुपमा संविधानसभा सदस्य सुभाष ठकुरी, वागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोककुमार ठकुरी, एमाले थाहा नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अनित विष्टको सभापतित्वमा भएको थियो । 


अध्यक्षमा विजयविक्रम



यसैबिच नेकपा एमाले थाहा–काठमाडौ सम्पर्क मञ्चको दोस्रो सम्मेलनले विजयविक्रम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । 



का म न पा १४ कलंकी स्थित कोजि फुडल्याण्डमा सम्पन्न सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको हो । 

कमिटीको उपाध्यक्षमा सजिन कार्की र मुना बस्नेत, कोषाध्यक्षमा रामकृष्ण बस्नेत, सचीवमा रविन्द्र कार्की,  उप सचिवद्धोयमा सुनिता बलामी र गोबिन्द गोपाली तथा सदस्यहरुमा नवीन धमला, बिनोदकुमार गोपाली, रविन ठकुरी, बिनायक केसी लगायत चयन भएका छन् । 






0 comments

Write Down Your Responses