Powered by Blogger.
मोतिराज खनालको तीज केन्द्रीत गीत “नक्कले साईली” सार्वजनिक


काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा  कलाकारहरुले तीजका गीतहरु एकपछि अर्काे गर्दै बजारमा ल्याएका छन् ।

नेपालीहरुको संस्कार, संकृति र परम्परालाई जर्गेना गर्ने उद्देश्यका साथ गायक तथा सर्जक मोतिराज खनालले पनि तीजको नयाँ गीत “नक्कले साईली” सार्वजनिक गरेका छन् । 

खनालका दर्जनौ  गीत बजारमा छन् । खनालका सबै गीतमा मौलिकता  झल्किएको हुन्छ ।  गीतको शब्द, संगीत स्वयम् खनाले नै गरेका हुन् । गीतमा स्वर खनाल र कल्पना विष्टको रहेको छ । 

कल्पना बाल कलाकार पछिल्लो समय निकै चर्चामा छिन् । धेरै गीतहरुबाट चर्चा कमाइ सकेकी गायिका कल्पनाले पहिलो पटक तीजको गीतमा आवाज दिइएकी हुन्।

गीतकोे संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् । उक्त गीत इरा स्टुडियोमा रेकर्ड गरिएको छ । यस्तै सुरज खनालको निर्देशमा भुवन के पोखरेल, अनिल पौडेल, जुना कार्की र सुबुही शाहीले अभिनय गरेका छन् । 

निर्देशक खनालले पहिलो पटक गीतको म्युजिक भिडियोमा निर्देशकको भुमिका निर्वाह गरेका छन् । उनले ख्याल ठट्टा सिरियलको लेखन र निर्देशन गर्दै आएका छन् । उनलाई कुसल निर्देशकको रुपमा चिन्न सकिन्छ । त्यसैगरी मोडल भुवन के पोख्रेलले धेरै म्युजिक भिडियो र सिरियलमा अभिनय गरेका छन । मोडल अनिल पौडेल नयाँ प्रतिभाको  रुपमा उदाएका छन् । 

मोडल जुना कार्की अहिले कलाकारिताको क्षेत्रमा चम्किरहेकी छिन् । 

उनको अभिनय दमदार छ । त्यसैगरी यस गीतकी मोडल सुबी शाही पनि धेरै म्युजिक भिडियो र सिरियलको क्षत्रमा  फड्को मारिसकेकी छिन् । 

उनको अभिनय ख्याल ठट्टामा धेरै दर्शकले रुचाएका छन् । यस गीत नक्कले साईलीमा पनि सबै कलाकारको अभिनय दमदार  रहेको छ । भिडियो छायांकन शिव विकले गरेका हुन् भने कोरिग्राफर देवेन्द्र कुवंरले गरेका छन् । दृश्य सम्पादन विनोद वमले गरेका हुन् ।

उक्त गीत सान्स फिल्म युटुब च्यानलमार्फ सार्वजनिक गरिएको छ । यस गितमा मौलिक नाचौं नाचौं लाग्ने म्युजिक र गायकीपनले गर्दा यसपालीको तीजमा दिदीबहिनीहरुको रोजाइको गीत बन्न सक्ने छनक यस गीतले दिएको छ । 

गीतमा माया प्रेम भएन भने जीवन निरस हुन्छ, त्यसैले प्रेमलाई जीवन्त बनाउनु पर्छ । सिगार्नु पर्छ । प्रेम बिनाको जिन्दगी अधुरो हुन्छ भन्ने सन्देश गीतले दिएको छ । छाडा र उत्ताउलो गीत बनाएर समाज भड्काउन खोज्ने विकृती ल्याउन खोज्ने कलाकारहरुलाइ पनि यो गीतले सहि मार्गमा हिड्न प्रेरित गर्ने आँकलन गरिएको छ । 

बुवाआमा घर परिवार र छिमेकी सङ्ग बसेर गीत हेर्न र सुन्न रमाइलो गर्न सकियोस् र हाम्रो पहिचान कला र साँस्कृतिक क्षेत्रमा उत्साह थपिएको हेर्न चाहने सबैको लागि यो गीत रोजाईको बन्न सक्छ ।

उक्त तिज गीतको बुधबारस्मार्ट दरवारमा एप्पल मिडिया एण्ड एडभरटाइजिङ्गका प्रा.लि.अध्यक्ष श्रीधर खनालको अध्यक्षतामा माननीय सिके राउत, राष्ट्रिय जन सांस्कृतिक महासं नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, मेगा कलेजका अध्यक्ष गोपाल खनालबाट बिमोचन कार्यक्रम सम्पन्न भएको छ । अतिथीहरु ऋषिराम भुसाल , सबिन खड्का, खुमराज घिमिरे , मधु पौडेल , कृष्ण भुसाल , सुरज सेन्चुरी , गीता खनाल भेषराज बेलबासे लगायत कार्यक्रममा बोलाइएको थियो ।

गीत बिमोचन तथा यसगीत नक्कले साईलीमा रहेका र यसगीतसङ्ग जोडिएका  अन्य केही  कलाकारहरुलाइ पनि  प्रसंसा पत्र वितरण गरिएको थियो ।  कार्यक्रमको उद्घोषण गायक बैकुण्ठ महत गरेका थिए । कार्यक्रम भव्य र सब्य रुपमा सम्पन्न भएको आयोजकले बताए  ।


0 comments

Write Down Your Responses