Powered by Blogger.
जनआकाश साप्ताहिकको १७ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न


काठमाडौ । जन आकाश मिडियाद्वारा प्रकाशित जनआकाश साप्ताहिकको १७ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । 

बिहिबार प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व अध्यक्ष तथा हालका केन्द्रीय सदस्य एवं पत्रकारिता तथा आमसञ्चार विषयका प्राध्यापक शन्तराम बिडारी लगायत विशेष अतिथि रहनुभएको थियो । 

जनआकाश साप्ताहिकको १७ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा त्यसै पत्रिकाका प्रधानसम्पादक मोहन कार्कीले लेखेको ‘कृपज’ नामक पुस्तकको लोकार्पण, स्रष्टाहरुलाई सम्मान तथा संगीत खबर कार्यक्रमको प्रोमो प्रमुख अतिथिको हातवाट उद्घाटन गराई कार्यक्रम सम्पन्न गरिएको थियो । 

सोही अवसर पारेर जनआकाश साप्ताहिकमा लेख, रचना पठाउने र संगीत खबर कार्यक्रममा आवाज दिने प्रतिभा तथा नव प्रतिभाहरुलाई कदरपत्रले सम्मानित गरिएको थियो । 



कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुखले भन्नुभयो “म आफै पनि सामाजिक क्षेत्रवाट काम गरेर आएको व्यक्ति भएको,  हालसम्म पनि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छु । कतिपय बालबालिकाको आमा बाबु नै टुङगो नलागेका कोही बाबु–आमा जेल परेका  पिडितहरुछन् । उनीहरुलाई बिभिन्न ठाउँबाट सहयोग जुटाएर शिक्षा दिईरहेका छौ । त्यो फरक ढंगवाट होइन हाम्रै नेपाली मौलिक संस्कृति अनुसार बुबा–आमा, दाजु–भाई जसरी बस्छन् । त्यस्तै वातावरण बनाएर हुर्काएका छौ । अहिले स्कुल चलाई राखेका छौ । म पनि सानो हुँदा दुःख नै गरेर आएको हुनाले यस्ता सघर्षहरुलाई बुझेको छु । त्यस्तै मोहनजीले पनि  धेरै सघर्ष गरेर आउनु भएको रहेछ । अहिले नेपालको कृषि, पर्यटन, जलविद्युत समेटेर कृति प्रकाशन गर्नुभएको छ । उहाँलाई हार्दिक बधाई । ’

कार्यत्रमको विशेष अतिथिको रुपमा आएका नेपाल राष्ट्रिय  व्यवसायी महासंघका कुमार कार्कीले बिचौलियाहरुको अन्त नभईकन देशको विकास गर्न नसकिने धारण राखेका थिए । त्यसैगरी पर्यटन विज्ञ खुमबहादुर सुवेदीले शुभकामना दिदै पर्यटन क्षेत्रको बृहत्त विकासको आवश्यकता औल्याएका थिए । 



यसैगरी विशेष अतिथिकै रुपमा आएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारीले स्वदेशी र आत्मनिर्भरमुखी पत्रपत्रिकालाई जोगाउन सरकारले उपर्युक्त भूमिका खेल्नुपर्नेमा जोड दिंदै नेपालको विज्ञापन वोर्डको औचित्य नभएको भन्दै विज्ञापन वोर्डले पछिल्लो समय गरेको गलत निर्णयप्रति आक्रोश पोखेका थिए । 

कार्यक्रमको स्वागत जन आकाशका पत्रकार विनोद कार्कीले गरेका थिए भने कार्यक्रमको सञ्चालन रामेछाप सांस्कृतिक कलाकार समाजका सचिव नकुल गौतमले उत्कृष्ट ढंगवाट प्रस्तुती दिएका थिए ।

अन्तमा कार्यक्रममा उपस्थित सवैलाई कार्यक्रमको सभापति समेत रहेका मोहन कार्कीले धन्यवाद दिई समापन गरेका थिए । 



सोही  अवसर पारेर सामाजिक र आर्थिक दुवैं क्षेत्रवाट उत्तरदा बहन गरेको भनि सिप्रदी टे«डिङ प्रा.लिलाई प्रशंसापत्रले सम्मानित गरेको छ भने ज्योति विकास बैंकलाई बालबालिका र स्वास्थ्यको क्षेत्रमा सामाजिक उत्तरदाईत्व बहन गरेको भनि प्रशंसापत्रले सम्मानित गरेको छ । 

कार्यक्रममा वरिष्ठ साहित्यकार डा.शैलेन्दु प्रकाश नेपाल, वरिष्ठ पत्रकार राजन कार्की, बाल साहित्यकार ललिता दोषी, सुसेली फाउन्डेशनका अध्यक्ष दुर्गा अधिकारी, उपाध्यक्ष शुसीला ढकाल अधिकारी, जयराम बिडारी लगायतलाई कदरपत्र द्धारा सम्मानित गरिएको थियो । 

सोही अवसरमा साहित्यकार दुर्गा अधिकारी ‘भमरकोटे’कवि द्वारिका कुइँकेल, एली खड्का,सानू शर्मा, लगायतले रचना वाचन गरेका थिए । 



उक्त अवसरमा मोहन कार्कीद्वारा लिखित ‘कृपज’ माथि समिक्षात्मक टिप्पणी गर्दै दामोदर ढकाल दीपकले विद्रोह संघर्ष र लगनशीलताका परिचायकका रुपमा पहिचान स्थापित गरेका मोहन कार्की राष्ट्र निर्माणका संवाहकका रुपमा स्थापित भएको बताउँदै यो देशका योजनाविद तथा राजनैतिक नेतृत्वले मोहन कार्कीद्वारा लेखिएको ‘कृपज’ कृषि पर्यटन र जलविद्युतका क्षेत्रमा इमान्दारीका साथ लागू गर्ने हो भने देश विकासका लागि लामो समय कुर्न नपर्ने बताए । 

उनले ‘कृपज’ विकासको लागि सुत्रात्मक कृति रहेको  उल्लेख गर्दै कृति सफलताको शुभकामना ब्यक्त गर्दै सबैले कृति पढ्नुपर्नेमा जोड दिए । 





0 comments

Write Down Your Responses