Powered by Blogger.
हेम बहादुर मल्ल सम्मान २०७९ पुरस्कार डा. भेष बहादुर थापालाई दिने घोषणा


काठमाडौं । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा सोमबार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा संयुक्तरूपमा आयोजित पत्रकार सम्मेलनमा हेम बहादुर मल्ल सम्मान २०७९ पुर्व मन्त्री, पुर्व सचिव तथा पुर्व राजदुत डा. भेष बहादुर थापालाई दिने घोषणा गरिएको छ ।

डा. थापा यो सम्मान पाउने बिसौ व्यक्ति हुन् । सम्मानित व्यक्ति थापा राष्ट्रिय योजना आयोगका पुर्व सचिव, नेपाल राष्ट्र बैंकको पुर्व गभर्नर, पुर्व अर्थ सचिव, पुर्व परराष्ट्र सचिव, अमेरिका र भारत लगायतका देशका पुर्व राजदुत हुन् । उनी कुशल प्रशासक, अर्थविद, योजनाविद, कुटनैतिक क्षेत्रका समेत ज्ञाता र विद्वान व्यक्ति मानिन्छन् ।

डा. थापाले सार्वजनिक प्रशासनिक,आर्थिक र कुटनैतिक क्षेत्रमा करिव पाँच दशक उत्कृष्ट योगदान दिएका छन् ।

थापालाई नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यही साउन २३ गते अपरान्ह ¥याडिसन होटलमा हेम बहादुर मल्ल सम्मान २०७९, प्रमाणपत्र र नगद दुई लाख रूपैयाँ अर्पण गरिने कार्यक्रम रहेको छ ।

सम्मान पुरस्कार राशिको रकम सुरुमा नगद एक लाख रहेकोमा अहिले बढाएर दुई लाख रूपैयाँ पु¥याएको छ । पुरस्कार राशिको रकमलाई आगामी दिनमा बढाएर पाँच लाख पुरयाउन साल्ट ट्रेडिङका अध्यक्ष श्रेष्ठ र कार्यकारी अधिकृत उर्मिला श्रेष्ठसँग आग्रह गरिएको पनि छ ।

यो सम्मान पुरस्कारबाट अहिलेसम्म त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, पर्यटन व्यवसायी चाँदनी जोशी, मुटु रोग चिकित्सक डा. भगवान कोइराला, पर्वू मुख्यसचिव बिमल कोइराला, आविस्कारक महाविर पुन, पुर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पुर्व सभामुख दमननाथ ढुंगाना, काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्मा, पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी, पुर्व गृह सचिव तथा लोक सेवा आयोगका पुर्व अध्यक्ष उमेश मैनाली, पुर्व मुख्यसचिव दामोदर गौतम, पुर्व मन्त्री डा. देवेन्द्रराज पाण्डे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आँखाका चिकित्सक डा. सन्दुक रूइत, चिकित्सक डा. गौरी शंकरलाल दास,पुर्व सचिव गोरक्ष बहादुर न्हुन्च्छे प्रधान र पुर्व अर्थ सचिव तथा महालेखा परिक्षक भानुप्रसाद आचार्य लगायतका विशिष्ठ व्याक्तिहरू सम्मानित भइसकेका छन् ।



२०४७ सालमा स्थापना भएको जनप्रशासन संघले ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेम बहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको नेतृत्व तहमा रहि उत्कृष्ट एवं विशिष्ठ योगदान पु¥याए वापत निजको सम्झना र सम्मानमा २०५९ सालमा हेम बहादुर मल्ल सम्मान पुरस्कार स्थापना गरिएको थियो ।

सम्मान पुरस्कार छनोटका लागि पुर्व मन्त्री तथा सचिव शंकर प्रसाद कोइरालाको संयोजकत्वमा छनोट समिति गठनगरि नाम आवेदन गरिएकोमा एक सय जना भन्दा बढीले आवेदन परेका थिए।

छनोट समितिमा पुर्व सचिव,पुर्व प्रशासक र पुर्व व्यवस्थापकहरू रहेका थिए । हेम बहादुर मल्ल सम्मान २०७९ घोषणा पत्रकार सम्मेलनमा नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्य, निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, पुर्व सचिव, पुर्व प्रशासक, बहालबाला व्यवस्थापक, पानका पदाधिकारी, सदस्य, कर्पोरेसन सञ्चालक समितिका सदस्यीय, उच्च तहका कर्मचारीहरू लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।


0 comments

Write Down Your Responses