Powered by Blogger.
देशभरकै टप ५ भित्र मनास्लु वल्र्ड कलेज; विद्यार्थीहरुका लागि उत्कृष्ट शैक्षिक गन्तव्य





–दामन पोष्ट संवाददाता

काठमाडौं । काठमाडौं चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजको भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलापसँगै उत्कृष्ट नतिजा प्रमुख आकर्षण हो । 

कलेजका अध्यक्ष गेन्द्र लामा कलेजले गत वर्ष कक्षा १२ मा ९६.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर व्यवहारतः अब्बल मा.वि.का रुपमा आफूलाई प्रमाणित गरेको बताउँछन् । ‘हामी स्थापनाको चौंथो वर्षमै नतिजाका हिसाबले पनि टप ५ भित्र अटाउन सफल भएका छौँ,’ लामा भन्छन्, ‘ठूलो संख्यामा विद्यार्थी भर्ना लिएर अब्बल नतिजा दिनुले पनि हाम्रो लगाब प्रमाणित गर्छ ।’

शैक्षिक संस्थाको सफलताको परीक्षण गर्ने मुख्य विधि त्यसले प्राप्त गर्ने नतिजा नै हो । मनास्लु गत वर्षको कक्षा १२ को नतिजाका आधारमा देशभरका मा.विमध्ये चौंथो स्थानमा पर्छ । नेपालमा राष्ट्रिय परीक्षा बोर्डबाट अनुमति लिइ कक्षा ११ र १२ अध्यापन गराउने झण्डै ५ हजार मा.वि. छन् । 

बोर्डको तथ्यांकअनुसार ती मध्ये १ सय ८ मा.वि.ले गत वर्षको कक्षा १२ को परीक्षामा ५ सयभन्दा बढी विद्यार्थी सहभागी गराएका थिए । मनास्लुले ५ सय ६३ जना विद्यार्थीलाई परीक्षामा सामेल गराएको थियो । जसमा ९६.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै मनास्लु देशभरकै चौंथो स्थानमा पर्न सफल भएको अध्यक्ष लामा बताउँछन् ।

मनास्लु टीम अफ इन्टरप्रिन

यसका अलवा दक्ष शिक्षक÷शिक्षिका, कुशल व्यवस्थापक, उत्कृष्ट भौतिक पूर्वाधार, अनुशासित वातावरण, प्रविधिमैत्री कक्षाकोठा, विद्यार्थीको उचित मूल्यांकन जस्ता कुराले उत्कृष्ट नतिजा ल्याउन सफल भएको लामा बताउँछन् । ‘हामी विद्यार्थीको क्षमतालाई सुरुवातमै परीक्षण गर्छौं,’ उनी भन्दै थिए, ‘कोही विद्यार्थी पढाईमा कमजोर छ भने उसलाई सुरुबाटै विशेष निगरानी गर्दै आएका छौँ ।’

फरक शैलीबाट शिक्षण क्षेत्रमा उदाएको मनास्लुले हजारौं विद्यार्थीलाई शिक्षाको उज्यालो मात्रै दिइरहेको छैन्, उनीहरुमा भविष्यको लिडरका रुपमा उभिन सक्ने क्षमता पनि विकास गरिरहेको छ । नेपाली शैक्षिक जगतमा परम्परागत ढंगबाट चलेको शिक्षण सिकाइ प्रणालीलाई परिवर्तन गर्ने उद्धेश्य बोकेर हिँडेको मनास्लुले छोटो अवधिमै आफूलाई प्रमाणित गरिसकेको छ ।

प्रतिस्पर्धात्मक विश्वबजारमा सक्षम जनशक्ति उत्पादन गर्ने ध्याउन्नमा रहेको मनास्लुले विद्यार्थीलाई पढाइका अलवा व्यवहारिक सिकाइ र अतिरिक्त क्रियाकलापमा समेत सामेल गराउँदै उनीहरुमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउँदै आएको छ । ‘हामी विद्यार्थीलाई पढाइमा मात्र फोकस गर्दैनौँ,’ कलेजका अध्यक्ष गेन्द्र लामा भन्छन्, ‘यदि कुनै विद्यार्थी पढाइमा कमजोर छ । तर, उसमा रहेको प्रतिभा बेजोड छ भने हामी उसको क्षमतालाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँछौँ ।’




सिकाउँदै नेतृत्वकला

मनास्लुको अर्को संकल्प छ– फ्लोअर्स होइन लिडर्स । हो, मनास्लु फलोअर्सभन्दा पनि लिडर्स जन्माउन उद्धत छ । ‘हामी चाहन्छौँ मनास्लुमा पढेका विद्यार्थीले हरेक क्षेत्रलाई कुशल नेतृत्व प्रदान गर्न सकुन्,’ लामा भन्दै थिए, ‘हामी विद्यार्थीलाई कसरी नेतृत्व गर्ने भन्ने कुरा कक्षाकोठाबाटै सिकाउँछाँै जसले उनीहरुमा आत्मविश्वास उजागर गरी भोलिका दिन जुनसुकै क्षेत्रमा गएपनि नेतृत्व लिन सक्षम बनाओस् ।’

उनी अगाडि थप्छन्, ‘पढाइ त चाहिन्छ तर कसैलाई राम्रो फुटबल, बाँस्केटबल, भलिबल खेल्न आउला कसैलाई राम्रो नाच्न गाउन आउला उसको त्यो अब्बल पाटो हो । त्यसैले त्यो अब्बलतालाई अझै उत्कृष्ट बनाउन मनास्लुले पुलको काम गरिदिन्छ । अनि तिनै विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गरी त्यो क्षेत्रको नेतृत्व गरोस् भन्ने हाम्रो चाहना हो ।’


मध्यम वर्गीयका लागि उत्कृष्ट शैक्षिक गन्तव्य

पछिल्लो समय नेपालमा उच्च शिक्षाका नाममा मनपरी शुल्क लिने ट्रेण्ड नै बसेको छ । यद्यपि, मनास्लुले भने मध्यम वर्गीय परिवारका विद्यार्थीलाई पनि सहुलियत शुल्कमा अध्यापन गराइरहेको छ । ‘हामी सबै प्रकारका विद्यार्थी भर्ना लिन्छौँ । कतिपयले एसईईमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई भर्ना गरेर अब्बल नतिजा ल्याएको देखाउँछन्, हामी त्यो दौडमा छैनौँ,’ गेन्द्र भन्छन्, ‘हामी कमजोर विद्यार्थीलाई पनि भर्ना गर्छौं उसको कमजोरीलाई पहिचान गरेर उसलाई विशेष निगरानी गरी अध्यापन गराउँछौँ ।’

तिनै कमजोर विद्यार्थी जब उत्कृष्ट नतिजा ल्याउन सक्ने हुन्छन् । त्यतिबेलामात्र मनास्लु सफल भएको ठहरिने उनी बताउँछन् । ‘राम्रा विद्यार्थीको पढाइ आफैंमा राम्रो हुन्छ । उनीहरुलाई शिक्षकले पनि धेरै मेहेनत गर्नुपर्दैन,’ लामा भन्छन्, ‘जो शिक्षकले कमजोर विद्यार्थीलाई पनि राम्रो बनाउँछन् त्यो सफल शिक्षक हो ।’

मनास्लुको शुल्क पनि अधिकांश विद्यार्थी र अभिभावकको लागि भार नपर्ने खालको छ । त्यसमा मनास्लु नै पढ्न चाहने विद्यार्थीलाई शुल्क तिर्न नसकेको आधारमा पढ्नबाट बञ्चित गराउने अवस्था अहिलेसम्म नरहेको लामाको भनाइ छ ।






एमबीबीएस, इन्जिनियरिङका परीक्षामा पनि उत्कृष्ट नतिजा

मनास्लुमा अध्ययन गरेका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा मात्र होइन एमबीबीएस र इन्जिनियरिङको प्रवेश परीक्षामा समेत अब्बल नतिजा प्राप्त गर्दै आएका छन् । 

त्यस्तै, भारतीय दूतावासमार्फत बिई÷बिटेकका प्रदान गरिने शतप्रतिशत छात्रवृत्तिमा पनि यसै कलेजका विद्यार्थीले पाएको लामा बताउँछन् । ‘हामी कक्षा ११ र १२ को पढाईमा मात्र होइन, विद्यार्थीको त्यसपछिको लक्ष्यसँग पनि संगसंगै हुन्छौँ,’ उनले भने, ‘विद्यार्थीको मेहेनत र हाम्रो हौसलाकै कारणले गर्दा हाम्रा विद्यार्थीले हरेक क्षेत्रमा आफूलाई स्थापित गर्दै आएका छन् ।’




उत्कृष्ट भौतिक संरचना, अत्याधुनिक प्रयोगशाला


मनास्लु कलेजमा प्रवेश गर्ने बित्तिकै धेरैजसो विद्यार्थीलाई यसको भौतिक संरचनाले नै आकर्षण गर्छ । अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचना यस मनास्लुको अर्को विशेषता हो । 

कक्षाकोठालाई पनि अत्याधुनिक बनाइएको छ । हरेक कक्षाकोठामा एसी, प्रोजेक्टर छन् भने कलेजको आफ्नै होस्टेल पनि छ । स्कुल कलेजका विद्यार्थीहरू कलेजकै होस्टेलमा बसेर पढ्न सक्छन् ।यसैगरी, प्रयोगात्मक विषयको अभ्यासका लागि पनि गुणस्तरीय प्रयोगशाला रहेको छ । जहाँ विशेषगरी विज्ञान संकायका विद्यार्थीले त्यसको भरपुर उपयोग गर्न सक्छन् ।

विज्ञान, व्यवस्थापन, कानुन र मानविकीका विषय पढाउने मनास्लुले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै आएको छ । कलेजले साप्ताहिक रुपमा गर्ने विभिन्न खेलकुद कार्यक्रम होस् या विभिन्न प्रतिस्र्धात्मक प्रतियोगितामा विद्यार्थीको उल्लेख्य सहभागिता जनाउने गरेका छन् । यसैगरी, कलेजमा गठन भएका विभिन्न क्लबले गर्ने कार्यक्रममा विद्यार्थीको प्रत्यक्ष सहभागिता रहन्छ ।



जसले गर्दा विद्यार्थीमा नेतृत्वकलाको विकास गर्न निकै सहयोग पु¥याउने गरेको लामा बताउँछन् । ‘हामीले थुप्रै कार्यक्रम विद्यार्थीलाई नै आयोजना गर्न जिम्मा दिन्छौँ,’ उनले भने, ‘जसले गर्दा विद्यार्थीको उल्लेख्य सहभागिता हुन्छ र उनीहरुले टीमवर्कमा कसरी काम गर्ने भन्ने कुरा पनि सिक्छन् ।’

यसैगरी कोही विद्यार्थीमा कला छ भने त्यो कलालाई उजागर गरी त्यही कलाले जीवन धान्न सक्ने सामर्थ्य बनाउन मनास्लुले सहयोग गर्ने गरेको छ । ‘कतिपय विद्यार्थी पढाईमा एभरेज छ तर अन्य कुरामा अब्बल छ भने हामी त्यस्ता विद्यार्थीलाई उसको क्षमता अभिवृद्धि गर्छौँ,’ उनले भने, ‘विद्यार्थीको प्रतिभामा निखारता ल्याउन हामीले सहयोग गछौँ ताकि त्यही कला बेचेर उसले भविष्यमा आफ्नो जिन्दगी चलाओस् ।’



मनास्लु टिम अफ इन्टरप्रिनर नामक कर्पोरेट हाउसद्धारा सञ्चालित चावहिल क्षेत्रको एक मात्र आईएसओ सर्टिफाइड कलेज हो ।

मनास्लु टिम अफ इन्टरप्रिनर नामक कर्पोरेट हाउस जुन कर्पोरेट हाउसद्वारा सञ्चालित यो कलेज माथिका यी र यस्तै विशेषताले अब्बल बन्दै आएको छ । मनास्लु जन्माएको कर्पोरेट हाउसले नेपालका सातै प्रदेशमा विभिन्न क्षेत्रहरुमा लगानी गर्ने योजना बनाएको छ । त्यस्तै, आगामी दश वर्षमा पाँच हजारभन्दा बढी युवालाई रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य रहेको लामा बताउँछन् ।


0 comments

Write Down Your Responses