Powered by Blogger.
मनास्लु वल्र्ड कलेजले ग¥यो विद्यार्थीलाई अभिमुखीकरण


काठमाडौँ । चाबहिल स्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल  कमलादीमा आयोजित एक कार्यक्रमका बिच कलेजले आफ्ना विद्यार्थीहरूका लागि कलेज बारे जानकारी गराएको हो । 

अभिमुखीकरण कार्यक्रम भए पनि राष्ट्रिय÷ अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तित्वहरूको उपस्थिति गराएर कलेजले कार्यक्रमलाई उत्प्रेरणात्मक, मनोरञ्जनात्मक र अर्थपूर्ण बनाएको थियो ।

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ पाइलट विजय लामा प्रमुख अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा नेपाल आइडल सिजन–५ का विजेता करण परियार, उत्प्रेरक वक्ताहरू रोहित मल्ल र सन्तोष लामा विशेष अतिथिका रूपमा रहेका थिए । 

विभिन्न क्षेत्रमा सफलता हात पारेका अन्य विशिष्ट व्यक्तित्वहरूको आतिथ्य रहेको कार्यक्रममा मनास्लु वल्र्ड कलेजका प्रधानाध्यापक राजन श्रेष्ठ, कार्यकारी निर्देशक कुमार मोक्तान सहित अन्य प्रशासक, शिक्षक, शिक्षिका, कर्मचारी, कक्षा १२ मा अध्ययनरत विद्यार्थी सहित कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रधानाध्यापक  राजन श्रेष्ठले कार्यक्रमको उद्देश्य र गरिने क्रियाकलापहरू बारे प्रस्ट पारे । कलेजले हाल सञ्चालनमा रहेका विषयहरू पनि फरक हिसाबले पढाई रहेको र छिटै थप नयाँ विषयहरू सुरु गर्न लागेको उनले जानकारी दिए । 



कलेजले आफ्नो नारा जस्तै सीपमूलक शिक्षामा जोड दिएको भन्दै उनले अबको शिक्षाको सफलता जिपिएले निर्धारण गर्ने नभई सीपले गर्ने बताए । श्रेष्ठले मनास्लुमा भर्ना भएका विद्यार्थीलाई कुनै दिन आफ्नो रोजाई सही रहेछ भनेर गर्व गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।

मनास्लुमा अध्ययन गर्दै गर्दाको आफ्नो अनुभव बाँड्दै कक्षा १२ की छात्रा क्रिस्टिना पुरीले मनास्लुले आफ्ना ला जीवन भरका लागि हुने ठुला ज्ञान र अवसरहरू सिर्जना गरेको बताइन् । एउटा कलेजमा हुनुपर्ने सबै पक्ष उतिकै अब्बल रहेको मनास्लुमा पाइने विशेषता अन्त पाउन कठिन हुने उल्लेख गरेकी उनले मनास्लु काठमाडौँकै उत्कृष्ट कलेज भएको बताइन् ।

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै छात्रा अञ्जना राईले मनास्लु जस्तो प्रतिष्ठित शैक्षिक संस्था छान्न सफल भएकोमा निकै खुसी लागेको बताइन् । एसइईको नतिजा प्रकाशन भएदेखि नै थुप्रै कलेजहरूबाट फोन आएको भए पनि आफू मनास्लु बारे बुझ्न गएको र सोही दिन कलेजबाट प्रभावित भएर भर्ना गरेको उनले बताइन् ।

 मनास्लुमा शिक्षा सँगै अतिरिक्त क्रियाकलाप र खेलकुदलाई दिइने प्राथमिकताका  कारण आफू आकर्षित भएको उनको भनाई थियो। त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कक्षा ११ मै भर्ना भएकी लालिमा राईले पनि यस्तै आशय व्यक्त गरेकी थिइन् ।

सामान्यतया अभिमुखीकरण भन्ने बित्तिकै नियमहरू पढाउने अवसरका रूपमा कलेजहरूले लिने भए पनि मनास्लुले भने राष्ट्रिय रूपमा ख्यातिप्राप्त व्यक्तित्वहरू ल्याएर उत्प्रेरणा दिने, मनोरञ्जन गराउने र सफलताका कथाहरू बाँड्ने अवसरका रूपमा यसलाई प्रयोग गरेको थियो । 



कार्यक्रममा विद्यार्थीलाई उत्प्रेरणा दिन पुगेका प्रमुख अतिथि लामा सहित वक्ताहरू मल्ल र लामाले दिएको प्रस्तुतिले नवआगन्तुक विद्यार्थीलाई नयाँ ऊर्जाको सञ्चार सहित आगामी शैक्षिक यात्रा तय गर्न अर्थपूर्ण मार्गनिर्देश गरेको थिया े। 

कार्यक्रममा प्रस्तुत मनास्लु ब्यान्डको प्रस्तुतिका साथै अन्य  गायन, नृत्य, लगायत प्रस्तुतिहरूले कार्यक्रमलाई अझै रोचक र विशेष बनाएका थिए। कार्यक्रमको सुरुवातमै प्रस्तुत स्वागत नृत्य वास्तवमै जो कोहीको मन जित्ने खालको थियो। अन्य प्रस्तुतिहरू पनि कुनै व्यावसायिक कलाकारको भन्दा कम थिएनन् ।

कार्यक्रमकै अवसर पारेर कलेजले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई विशेष सम्मान गरेको थियो। त्यस्तै कलेजका बास्केटबल कोच सुनिल योञ्जनलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। 

त्यस्तै नेपालघघबाट अन्तर्राष्ट्रिय अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेर जान लागेका आकृति खापुङ लिम्बू, सोम्या सुन्दास, अस्मिता दाहाल र प्रशंसा डोटेल पनि उक्त अवसरमा सम्मानित भएका थिए। सम्मानित भएपछि छोटो सम्बोधन गर्दै पूर्ण छात्रवृत्तिमा अमेरिका अध्ययनका लागि जान लागेकी आकृति खापुङ लिम्बूले आफ्नो सफलताको श्रेय मनास्लुलाई दिँदै मनास्लु छानेका विद्यार्थीहरू कहिल्यै पछुताउनु नपर्ने बताइन् ।

कार्यक्रममा मिस्टर एन्ड मिस मनास्लु २०८० का अन्तिम  प्रतियोगी र विजेताहरूले पनि विशेष प्रस्तुति दिएका थिए । प्रस्तुति पश्चात् कार्यक्रमलाई सम्बोधन गरेकी मिस मनास्लु २०८० विजेता तथा हाल कलेजकी सद्भावना दूत रहेकी स्यारुन लामा वाइबाले आफू आजको स्थानमा आउनुमा परिवार र मनास्लु वर्ल्ड कलेजको विशेष भूमिका रहेको बताइन् । 



आफ्नो सपना, सङ्घर्ष, हालसम्मका उपलब्धि र भावी योजना बारेको समेत चर्चा गरेकी उनले मनास्लुमा भर्ना भएका प्रत्येक विद्यार्थीको भविष्य उज्ज्वल हुने धारणा राखिन् ।

कार्यक्रमका विशेष अतिथि उत्प्रेरक वक्ता द्वयको प्रस्तुतिले विद्यार्थीहरूमा नवीन ऊर्जाको सञ्चार गराएको थियो । कार्यक्रममा उत्प्रेरक सन्तोष लामाले क्षमता विकास, भविष्य निर्माण र अलग पहिचान बनाउने बारे प्रस्तुति दिएका थिए भने रोहित मल्लले शिक्षाको महत्वको चर्चा गर्दै सफलताका विभिन्न उदाहरणहरू प्रस्तुत गरेका थिए । 

उनले पछिल्लो पुस्ताले आमा, बुबा र गुरुको महत्व कम बुझेको भन्दै त्यस प्रति सचेत गराए। करिब आधा घण्टा प्रस्तुति दिएका मल्लले विभिन्न भिडियो कथाहरू मार्फत प्रस्तुति दिइरहँदा माहौल भावुक बनेको थियो भने उनका प्रत्येक सफलताका सूत्रहरूमा हलले निरन्तर सहमतिको ताली बजाएको थियो ।

नेपाल आइडल विजेता करण परियार आफ्नो साङ्गीतिक प्रस्तुतिले सबैको मन जित्दै कार्यक्रमको मुख्य आकर्षण बन्न सफल भएका थिए।

कार्यक्रममा कक्षा ११ पढाउने अध्यापकहरूको परिचय विद्यार्थीहरू माझ गराइएको थियो भने सह प्रधानाध्यापक गोपाल श्रेष्ठले कलेजका बारे जानकारी दिँदै के गर्ने, के नगर्ने लगायत विषयहरूमा जानकारी दिँदै अभिमुखीकरण गराएका थिए । श्रेष्ठले मनास्लुको आज सम्मका उपलब्धि र आगामी योजनाहरू पनि विद्यार्थीहरू माझ बाँडे ।

कार्यक्रमका प्रमुख अतिथि लामाले आफ्नो मन्तव्य मार्फत नव आगन्तुक विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुका साथै महत्त्वपूर्ण सुझावहरू दिए । 

उनले आफ्नो लक्ष्य निर्धारण गरेर त्यही बाटोमा लाग्न,  जीवनका उतारचढावहरूमा सम्हालिन सिक्न, एकताको शक्ति बारे बुझ्न र मेहनतका साथ अघि बढ्न सुझाए । कार्यक्रममा प्रस्तुत गरिएका प्रस्तुतिहरूले आफूमा नयाँ ऊर्जा पलाएको उल्लेख गरेका उनले आफ्नो विद्यार्थी जीवनको समेत स्मरण गरे । 

पछिल्लो समय बढ्दै गएको विदेश अध्ययन गर्न जाने प्रवृत्ति प्रति चिन्ता व्यक्त गर्दै उनले नेपालमा नभएका कोर्सहरू अध्ययन गर्न मात्र विदेश जान सुझाए। लामाले सपना, आत्मविश्वास र मेहनतले व्यक्तिलाई सफल बनाउने भन्दै सबैलाई आगामी शैक्षिक यात्रामा सफलताको शुभकामना दिए । 



कार्यक्रम समापन गर्दै मनास्लु वल्र्ड कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापति गेन्द्र लामाले कलेज बारे सूचना दिन र मनोरञ्जन दिन कार्यक्रम आयोजना गरिएको बताए । मनास्लु गन्तव्यमा पुगेको नभई त्यस तर्फको यात्रामा रहेको उनले उल्लेख गरे। 

उनले कार्यक्रम सफल बनाउन लाग्ने सबैलाई धन्यवाद दिँदै नव आगन्तुक विद्यार्थीलाई कलेजमा स्वागत गरे । लामाले कलेजलाई विश्वास गर्ने सबै विद्यार्थीलाई धन्यवाद दिँदै त्यो विश्वास गुम्न नदिने प्रतिज्ञा गरे । 

कार्यक्रम नै कलेजले गर्ने गतिविधिहरूको प्रतिनिधि भएको हुँदा कार्यक्रममा देखिएका जस्तै गतिविधिहरू वर्ष भरी कलेजमा विद्यार्थीहरूका लागि गर्ने बताउँदै उनले कार्यक्रम अन्त्य गरे।

कार्यक्रमको सञ्चालन मिस नेपाल २००५ तथा कुशल कार्यक्रम सञ्चालिका सुगारिका केसीले गरेकी थिइन् । मनास्लु वर्ल्ड कलेज स्थापनाको छोटो समयमै अलग पहिचान बनाउँदै सफलता हात पार्न सफल भएको शैक्षिक संस्था हो। यो चाबहिल क्षेत्रकै एक मात्र आइएसओ प्रमाणित कलेज हो ।




0 comments

Write Down Your Responses