Powered by Blogger.
‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को ग्रान्ड फिनाले असार २० मा


काठमाडौं । सौन्दर्य  क्षेत्रको विशेष शो “मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४ “को ट्यालेन्ट शो सकिएको छ । 

जसको ग्राण्ड फिनाले आगामी असार २० गते राष्ट्रिय नाच घर जमल काठमाडौंमा  हुदैछ ।

लामो समयदेखि सौन्दर्यक्षेत्रमा जमेका मेकअप आर्टिष्ट टेकराज पाण्डेको आफ्नो ईभेन्ट कम्पनी दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा हुन लागेको ‘मिस ब्युटीफुल नेपाल’ को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’ को आठौं संस्करणको ग्राण्ड फिनालेको ट्यालेन्ट शो मा  दुई समुहका गरी १६ सहभागीले ट्यालेन्ट शो मा भाग लिएका थिए  । 

जसमा  निर्णायकको रुपमा  वरिष्ठ गायक, गीतकार सिताराम पोखरेल, प्रसिद्ध हास्य कलाकार उत्तम केसी, अभिनेता श्रीदेव भट्टराई, अन्तर्राष्ट्रिय सौन्दर्य विशेषज्ञ शशी शाह, मिसेस ब्यूटीफुल नेपाल २०२० विजेता, सौन्दर्यविद् र सामाजिक कार्यकर्ता उर्मिला पन्त भण्डारी, मिसेस ब्यूटीफुल नेपाल २०२३ फस्ट रनर अप र मेकअप आर्टिस्ट सुनिता पान्हङ्गो राई, नृत्य कोरियोग्राफर रविता मगर रहेका थिए । 

राज मेकअप स्टुडियो एण्ड ट्रेनिङ इन्स्टिच्युटद्धारा आयोजित कार्यक्रमको प्रायोजकमा पूर्णयु आयुर्वेद अस्पताल, कावेरी इन होटल, पाकशाला रेस्ट्रो बार र होटल रहेका छन । 

 यस  ट्यालेन्ट शो को व्यवस्थापक समेत रहेकी मेकअप आर्टिष्ट गीता उप्रेती ( सुप्रीया ) का  अनुसार प्रतिस्पर्धामा ईश्वरी हमाल ठकुरी, बिपना मल्ल, मेनुका कार्की, सज्जा मिजार, सञ्जिता तामाङ, उर्मिला रेग्मी, जेलिना भट्टराई र इशु सिं ठकुरी तथा रमिता बज्राचार्य, विजया अधिकारी, लक्ष्मी कुमारी बस्नेत, अनिशा शेरचन, प्रविन कला राई, लक्षिमा थारु, रञ्नना सखाकर्मी र रितु रुनियार सहभागी रहेका छन् ।




0 comments

Write Down Your Responses