Powered by Blogger.
दामन पोष्ट १८ औं वर्षमा


काठमाडौं । दामन पोष्ट साप्ताहिक आफ्नो स्थापनाको गौरवमय १७ वर्ष पार गरी १८ वर्षमा प्रवेश गरेको छ । २०८१ साउन ४ गते शुक्रबारको अंकबाट दामन पोष्टको यात्रामा वर्ष १८, अंक १ सुरु भएको हो ।

आजभन्दा १८ वर्ष अघि ‘विकास, राजनीति, जनचासो र समावेशी आवाजको संवाहक’को नारा दिएर दामन पोष्ट साप्ताहिक पत्रिका सुरु भएको थियो । त्यसयता १७ वर्षसम्म निरन्तर नियमित रुपमा यो पत्रिका प्रकाशन भैरहेको छ । 

विज्ञापन बजारले साना लगानीका मिडीयालाई नपत्याइरहेको सन्दर्भमा सिमान्तकृत तथा उपेक्षित अनि तल्लो वर्गका आवाज र समस्यालाई उठान गर्ने उदेश्यले जनताद्धारा जनताकै लागि यो पत्रिका स्थापना गरिएको हो । 

हाल दामन पोष्ट डटकम मार्फत २४ सै घण्टा जनतालाई सुसुचित गर्ने अभियानमा दामन पोष्ट टिम लागिरहेको छ । २०७९ सालको पुस २५ गते औपचारिक रुपमा सूचना तथा प्रशारण विभागाबट इजाजत लिएर अनलाइन सञ्चालन भैरहेको छ । 

यस अवसरमा हामी हाम्रा समस्त पाठक, समर्थक, सुभेच्छुक लेखक, विज्ञापनदाता, सहयोगी, समर्र्थक, सुचेच्छुक सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । 




0 comments

Write Down Your Responses