Powered by Blogger.
एमाले प्रमुख सचेतक बर्तौलाद्धारा ‘रुपचन्द्र विष्ट राजमार्ग’ निर्माण गर्न माग


काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकार संग थाहा नगरपालिकाको पालुङ देखी कैलाश, राक्सिराङ हुँदै मनहरी सिम्पानी सम्म ‘रुपचन्द्र विष्ट मार्ग’ बनाउनुपर्ने प्रस्ताव गर्नु भएको छ । असार ७ अर्थात पूर्व राष्ट्रिय पञ्चायत सदस्य रुपचन्द्र विष्टको स्मृति दिवशका सन्दर्भ पारेर उहााले प्रतिनिधी सभा बैंठकमा यस्तो प्रस्ताव गर्नुभएको हो ।  

उहाँले भन्नुभयो ‘रुपचन्द्र बिष्ट थाहा आन्दोलनको प्रणेता हुन्, किसान र गरिबहरुका नेता हुन्, जनमुखी नेता हुन् । दुई ठुला राजमार्ग त्रिभुवन राजपथ र महेन्द्र राज मार्गको बीचमा पालुङबाट कैलाश राक्सिराङ हुँदै मनहरीको सिम्पानी सम्म ’रुपचन्द्र बिष्ट मार्ग’ निर्माण गरौं ।’

मंगलबार प्रतिनिधि सभामा विनियोजन विधेक अन्तर्गत भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको विकास कार्यक्रमहरु माथीको छलफलमा बोल्दै एमाले युवा नेता बर्तौलाले यो मार्ग बनाउनुपर्ने बताउनुभएको हो ।  उहाँले भन्नुभयो, “मकवानपुर जिल्लाको दुई ठुला राजमार्ग त्रीभुवन राजपथ र महेन्द्र राजमार्गको बीचमा रहेको ४ वटा स्थानीय तहहरु थाहा, कैलाश, राक्सिराङ र मनहरी जोड्ने गरी एउटा छुट्टै मार्ग निर्माण गर्न आवस्यक रहेको छ ।” उहाँले चितवन तथा नारायणी पारीका नागरिकहरुको काठमाण्डौंसंगको पहुँचका लागि  पनि यो मार्ग अत्यन्तै महत्वपुर्ण हुने बताउनु भएको हो ।

बर्तौलाले जोड दिनुभयो “मुग्लीन–नारायण सडकमा अवरोध हुँदा यसको वैकल्पीक बाटो छैन । त्यसकारण मनहरीको सिम्पानी देखी थाहा र चित्लाङ हुँदै वैकल्पीक मार्ग वनाउन आवस्यक छ ।” उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ध्यानाकर्षण गराउनु भयो । बर्तौलाका अनुसार रुपचन्द्र विष्ट जनमुखी गरिव किसानहरुको नेता तथा थाहा आन्दोलनको प्रणेता हुन् । उनी दामनमा जन्मीएर पञ्चायती शासनको विरुद्धमा जागरण पैदा गर्ने, संगठीत गर्ने नेता भएकोले विष्टको नामबाट यो मार्ग बनाउन उपयुक्त हुन्छ ।


भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारलाई लिन आग्रह


यता मकवानपुर २ बाट निर्वाचित साँसद महेश वर्तौलाले भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिएर निर्माण गर्नुपर्ने बताउनु भएको छ ।

मंगलबार प्रतिनिधि सभाको वैठकमा बोल्दै बर्तौलाले सुरुङ मार्गको निर्माणका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महाुसेठको ध्यानाकर्षण गराउनु भएको हो ।

यो सुरुङ निर्माणका लागि भनेर नेपाल पुर्वाधार विकास कम्पनीले अनुमती लिएको लामो समय भई सकेको छ । सुरुङ निर्माणकै लागि कम्पनीले स्थानीय नागरिकहरु संग सेयर पनि उठाएको थियो । प्रतिनिधि सभामा बोल्दै वर्तौलाले भन्नुभयो “यस संगै चर्चा चलाईएका सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगती निकै राम्रो छ र नागढुंगा सुरुङको ब्रेक थ्रु भइसकेको छ । तर, भीमफेदी–कुलेखानी सुरुङ चर्चामै सिमित रह्यो । अब, नेपाल सरकारले नै यस सुरुङ मार्ग निर्माणको जिम्मा लिएर निर्माणको प्रक्रिया अगाडि बढाईनु पर्छ ।”


0 comments

Write Down Your Responses