Powered by Blogger.
कम्युनिष्ट आन्दोलनका अथक योध्दाः क. वीर वहादुर लामा

हरि काफ्ले

कम्युनिष्ट आन्दोलनका अगुवा बाबु मानबहादुर लामा र आमा मनकुमारी लामाको कोखबाट जेष्ठ सुपुत्रको रुपमा मकवानपुर जिल्लाको साविक फाखेल गा.वि.स. ४, हालको इन्द्रसरोवर गाउँपालिका ४ मा २००७ साल भाद्र २९ गते जन्मनु भएका स्व. वीरवहादुर लामाको ७० वर्षको उमेरमा पाटन अस्पतालमा उपचारको क्रममा यहि २०७७ साल कार्तिक २३ गते विहान ४ वजे असामयिक निधन भयो । सर्वप्रथम म मृत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक सम्वेदना व्यक्त गर्दछु ।

निम्नमध्यम परिवारमा जेष्ठ सुपुत्रको रुपमा जन्मिएका वीरवहादुर लामाको एक भाई र दुई बहिनी, २ छोरा, ३ छोरी र श्रीमती छन् । वीर वहादुर लामाको बाल्यकाल र प्राथमिक शिक्षा उनको जन्मस्थान फाखेल मै भएको थियो । माध्यमिक शिक्षा अध्ययन गर्न २०२८÷२०२९ साल काठमाडौं प्रवेश गरेका उनले रंगशाला निर्माणको काममा मजदुरी गर्दै कक्षा ९ सम्मको अध्ययन दरवार हाइस्कुल काठमाडौंबाट पुरा गरे । आर्थिक अभावको कारणले अध्ययनलाई निरन्तरता दिन नसके पछि पढाई खर्च जुटाउन केहि समय टे«किङ्ग व्यवसायमा भरियाको रुपमा कार्य गर्दै विभिन्न हिमालहरुको वेस क्याम्प सम्म पुगे । 

उक्त कामबाट पनि सन्तुष्टी नभए पछि पुन काठमाण्डौं फर्किएर कोरियन जन मैत्री संघमा जागिरेको रुपमा काम गर्न थाले । उक्त संघमा कार्यरत माणिकलाल श्रेष्ठको संगत बाट माक्र्सवादी दर्शन तर्पm आकर्षित भएका उनले आफ्नो पहिलो माक्र्सवादी गुरु माणिकलाल श्रेष्ठलाई मान्दथे । 

कोरियन जन मैत्री संघमा कार्यरत रहेकै वेला प्रदिप नेपाल, गोपाल शाक्य, माधव पौडेलहरुसंग उनको सम्पर्क भयो । २०२८ सालको झापा विद्रोहबाट आकर्षित भएका यि ४ युवाहरुले मुस्लो समुहको नामबाट मे दिवसको अवसर पारेर कोरियन जन मैत्री संघको लिथो मेसिन प्रयोग गरि तत्कालिन पंचायत व्यवस्था र राजतन्त्रको विरुद्ध क्रान्तीकारी पर्चा तयार गरि पर्चा छर्ने काम काठमाडौंका मुख्य स्थान झोछें, बसन्तपुर, रत्नपार्क आदि ठाउँहरुमा गरे । 

त्यहि पर्चा काण्डमा एक पछि अर्को  गर्दै प्रदिप नेपाल, गोपाल शाक्य, माधव पौडेल र वीर वहादुर लामा तत्कालीन पञ्चायती शासकबाट पक्रउ परे । उनीहरुलाई सेन्ट्रल जेल र भद्रगोल जेलमा राखियो । ५ देखि १० वर्ष कैद र जरिवाना तोकेर जेल पठाइएको उनिहरुलाई नख्खुजेल चलान गरियो ।  

त्यसैताका झापा विद्रोहका योद्धाहरु सि.पी मैनाली, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली भिष्म धिमाल, नारद वाग्ले, जीवन मगर, घनेन्द्र बस्नेत लगायतलाई विभिन्न जेल चलान गर्दै सि.पी, नारद, जीवन, भिष्म लगायत नख्खु जेल पठाइयो । झापा विद्रोहका योद्धाहरु र मुस्लो समुहका ४ जना युवाहरुको नख्खु जेलमा भेटघाट पछि जेल पार्टी कमिटी गठन भयो उक्त कमिटीको नेतृत्व क. सि.पी. मैनालीले गर्नु भयो । 

प्रतिक्रियावादीको जेलमा बसेर जनताको मुक्ती आन्दोलन अगाडि बढ्न नसक्ने ठहरका साथ जेल विद्रोह गर्ने निष्कर्षमा जेल कमिटी पुग्यो । जेल विद्रोह गर्ने विषयमा ३ प्रकारका विचार प्रकट भए । पहिलो मूल गेटमा रहेका सुरक्षाकर्मीलाई वालुवा र खुर्सानीको धुलो आँखामा प्रहार गर्ने र हतियार खोस्ने र भाग्ने । दोश्रो पर्खाल नाघेर भाग्ने तेश्रो थियो उपयुक्त स्थान बाट सावधानिपूर्वक सुरुङ्ग खन्ने र सवै कमरेडहरु बाहिर निस्कने । 

सुरुङ्ग खन्ने प्रस्तावका प्रस्तावक क. वीर वहादुर लामा र माधव पौडेल हुनुहुन्थ्यो । क. सि.पीले आ आफ्नो विचारको कार्ययोजना सहित वैठकमा आउन निर्देशन दिने बित्तिकै क. वीर वहादुर लामा र माधव पौडेलले सुरुङ्ग खन्ने काम सुरु गर्नु भयो । अन्तत पार्र्टीले सुरुङ्ग खन्ने काम सुरक्षित विकल्प मानेर सुरुङ्ग खन्ने प्रस्ताव पास ग¥यो । 

२०३३ साल फागुनको दोश्रो साता बाट योजनावद्ध तरिकाले रातभर खन्ने र त्यहाँबाट निस्कीएको माटो उपयुक्त स्थान र समयमा व्यवस्थापन गर्ने काम गर्दै २९ दिनमा लगभग ६०० मिटर सुरुङ्ग खन्ने काम सम्पन्न भयो । नख्खु खोला किनारमा निकालिएको सुरुङ्ग बाट १५ जना युवा क्रान्तीकारी योध्दाहरु २०३३ साल चैत्र १२ गते प्रतिक्रियावादीहरुको जेलबाट निस्कन सफल भए ।

रातको १०ः३० वजे बाहिर निस्कन सफल भएपनि १५ जना योध्दा मध्ये गोपाल शाक्य सहित २ जना भेटिएनन् । लगभग २ घण्टाको परर्खाइमा पनि २ कमरेडहरु सम्पर्कमा नआएपछि वीर वहादुर लामा र माधव पौडेलको अगुवाईमा वाँकी कमरेडहरु लाई मकवानपुरको फाखेल “सलेमले भ्युडोल” को जंगलमा सुरक्षित राखी कमरेडहरुको खानपानको व्यवस्थापन वीरबहादुर लामाका कान्छा काका सानुकान्छा लामा, बहिनी तारादेवी लामा लगायतले क्रुर पंचायती शासकका प्रहरी प्रशासनको आँखाछली सुरक्षित गन्तव्य तर्पm पठाउने र पुर्याउने पथ प्रदर्शकको काम कमरेड वीरबहादुर लामाले गर्नु भएको थियो । 

पार्टीले तोकेको गन्तव्य तर्पm जानेक्रममा ५ जना कमरेडहरु पुनः पक्राउ परी गोलघरको कठोर सजाय भोग्न वाध्य हुनु भएको थियो । जसमा भिष्म धिमाल, घनेन्द्र बस्नेत, नारद वाग्ले लगायत थिए । वाँकी १० जना कमरेडहरुको टाउकोको मुल्य रु १ लाख तोकी पंचायती शासकले विज्ञापन गरेको थियो ।

त्यस्तो अत्यन्त जटिल परिस्थीतीमा पनि अन्य क्रान्तीकारीहरुको विदाइ पस्चात क. सि.पी मैनाली, क. माधव पौडेल र वीर वहादुर लामा मकवानपुरको फाखेल सलेमले भ्यूडोल जंगललाई आश्रय बनाउँदै पार्टी सम्पर्कको लागि तत्कालीन पार्टी सचिव अमृत वोहोरा र राजेन्द्र पाण्डेको सम्पर्कमा आई सबै कमरेडहरु पार्टी विस्तारको काममा लाग्नु भयो । 

टाउकोमा संगिन वन्दुकको गोली वर्षने संभावनालाई बेवास्ता गर्दै कमरेड वीरवहादुर लामा पार्टी निर्देशनको पालना गर्दै मकवानपुर, महोत्तरी, सिन्धुली, चितवनलाई आफ्नो कार्यक्षेत्र वनाई अहोरात्र संगठन विस्तारमा लाग्नु भयो । 

स्वभावमा अन्यन्त सरल, आफ्नो धारणामा अविचलित क. वीर व. लामा कम्युनिष्ट आन्दोलनका अतुलनिय निडर, निर्भिक योध्दा थिए । आपूmलाई लागेको कुरा निर्धक्क वोल्ने, शोषित, पिडित, गरिव, निमुखा र श्रमिक वर्गलाई अत्यन्त सम्मान गर्ने कमरेड विरवहादुर लामाको व्यवहारिक पाटोको विगत २० वर्ष देखि सामिप्यतामा रहेर काम गरेको ताजा स्मरण मेरो मानसपटलमा ताजै छ ।

२०३३ साल देखि २०४६ सालको बहुदलीय व्यवस्थाको स्थापना सम्म आर्थिक, सामाजिक र पारिवारीक समस्याको जर्जर अवस्थामा रहेपनि आफ्नो ज्यानलाई जोखिममा राखेर निरन्तर तत्कालीन मालेको संगठन विस्तारमा इमान्दारिता पूर्वक सक्रिय जीवन बिताएका क. वीरवहादुर लामाको क. माधव नेपाल, सि.पी मैनाली, आर.के मैनाली राजेन्द्र पाण्डे, सुभाषचन्द्र नेम्वाङ, मोहन चन्द्र अधिकारी, के.पी ओली लगायतका समकालिन नेताहरुसंग सामिप्यता र अन्तरविरोधको सम्ंवन्ध रहेको थियो । 

ने.क.पा. मालेको केन्द्रिय कमिटी वैठक आफ्नै ठाउँ फाखेलमा सफलतापूर्वक सम्पन्न गर्ने सफल नेताको रुपमा वीर वहादुर लामालाई नेपाली जनताले कहिल्यै भुल्ने छैनन् । पार्टी भित्रको गुटगत राजनीतिको कोपभाजनमा परेका क्रान्तीकारी सरल र निडर वीर व. लामा केन्द्रिय समिति भन्दा माथी पुग्न सकेनन् ।

२०४६ सालको जनआन्दोलनमा कठोर भूमिगत जीवन बिताएका लामाको सक्रिय सहभागिताले आन्दोलनलाई उचाइमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याएको थियो । कठोर भूमिगत जीवनमा उच्च नेतृत्वको संरक्षण र बचाउमा ठूलो योगदान पुर्याएका क. वीर वहादुर लामा मधुमेह, प्रेसर, कोलस्टोर र किड्नी समस्याबाट विगत १० वर्ष देखि पिडित थिए । 

उनको सहयोगमा न राज्य न सामाजीक अभियन्ता न इन्द्रेणी डट कम जस्ता कार्यक्रमले नै ध्यान दिन सके । बलेको आगो ताप्ने नेपाली प्रवृतीबाट इन्द्रेणी जस्तो लोकप्रिय कार्यक्रम समेत मुक्त हुन सकेन क.वीर बहादुर लामा प्रति ।

२०४६ सालको जनआन्दोलन सफल भएपछि २०४९ सालमा ने.क.पा. एमालेबाट मकवानपुर जिल्लाको जिल्ला विकास समिती सभापति निर्वाचित भएपछि मात्र उनले जनस्तरमा जनप्रतिनिधीको हैसियतले जनताको सेवा गर्ने अवसर प्राप्त गरे । 



२०४९ देखी २०५४ सालसम्म आफ्नो ५ वर्षे कार्यकालमा सर्व प्रथम विद्युत प्राधिकरणले निर्माण गरेको कुलेखानी भिमफेदी सडकलाई विद्युत प्राधिकरणले निर्माण गरेको कुलेखानी भिमफेदी सडकलाई विद्युत प्राधिकरणको एकाधिकारबाट मुक्त गरि सर्वसाधरणले प्रयोग गर्न पाउने व्यवस्था गरे । कुलेखानी फर्पिङ सडक निर्माण गरि काठमाण्डौ र मकवानपुरको हेटौडाको दुरी ८६ कि.मी. बाट ७६ कि.मी. मा छोट्याउन सफल भए । उनको ५ वर्षे जि.वि.स. सभापतिको कार्यकालमा सडक सञ्जाललाई जिल्लाव्यापी बनाउन वृहत गुरुयोजना तयार भै कार्यान्वयनको दिशामा अगाडी बढाउने काम भयो । 

क. वीर वहादुर लामाको कृषि, शिक्षा, वेरोजगारी र पूर्वाधार विकास प्रतिको लगावका कारण २०७६ सालमा ने.क.पा. एमालेबाट प्रतिनिधी सभाको टिकट पाएपछि मकवानपुर क्षेत्र नं. ३ बाट रा.प्र.पा. का अध्यक्ष कमल थापालाई अत्याधिक मतले पराजित गरि संसद सदस्य बन्न सफल भए । 

तत्कालिन संसदमा लडाकु संसदको नामबाट प्रख्यात संसद मध्ये एक थिए वीर व. लामा । संसदका विभिन्न समिति र उपसमितिमा रहेर सक्रिय भूमिका निर्वाह गरेका उनी २०६२÷०६३ को जनआन्दोलनबाट पुनः स्थापित संसदका समेत सांसद भै आफ्नो भुमिका निर्वाह गरेका थिए । पहिलो संविधान सभामा मकवानपुर क्षेत्र नं. ३ बाट पराजित भएका उनी नेपाल लोकतान्त्रीक तामाङ्ग संघको संस्थापक अध्यक्ष र नेकपा एमालेको केन्द्रिय कमिटी सदस्य भै लोकतान्त्रीक संघिय गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

क. वीर वहादुर लामा पछिल्लो कालमा गुटको कोपभाजनमा परेपछि अशोक राईहरुको संघिय समाजवादीमा लागे । त्यँहा पनि सन्तुष्ट हुन नसकेपछि उनी सहित ४०–४५ जना नेताहरु अलग भै नेपाल संघिय समाजवादी पार्टी गठन गर्दे युवा नेतृत्व विकास र स्थापित गर्न पार्टीको संरक्षकको रुपमा वरिष्ठ नेताको भूमिकामा रहे । 

संगठनात्मक पद्धती र समसामयिक राजनिति र विदेशनीति जस्ता विषयमा रिजवान अन्सारीको नेतृत्वमा रहेको पार्टी नहिडे पछि केहि समय निष्क्रीय रहेका उनि सन् २०१९ मा भारतले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा जारी गर्दा पनि पार्टीले त्यसको विरोध नगरेपछि पार्टीभित्र रहेका माक्र्सवादी राष्ट्रवादी नेता र कार्यकर्ता सहित पत्रकार सम्मेलन गरी ७६ सदस्यीय स्वतन्त्र वामपन्थी समूह गठन गरि क. वीर वहादुर लामा संयोजक बने ।

 उक्त पत्रकार सम्मेलन मार्पmत कालापानी लिपुलेक, लिम्पियाधुरा र सुस्ता नेपालको अभिभाज्य भुमी हो, यदि भारतले सुगौली सन्धीको पालना गर्दैन भने नेपालले पनि सुगौली सन्धी भन्दा अगाडिको नेपाली भुमी पूर्वमा टिष्टा देखि पश्चिममा कांगडासम्मको भूभाग दावी गर्नु पर्छ भनि कडा प्रतिक्रिया दिएका थिए । पुरानै मात्रीपार्टीमा ससम्मान फर्कने सोचका साथ उक्त समूहले क. वीर वहादुर लामाको संयोजकत्वमा ४ सदस्यीय वार्ता कमिटी गठन ग¥यो । उक्त वार्ता कमिटीका सदस्यहरुमा क. वीर वहादुर लामा, क. जीत विर लामा, क. हरि काफ्ले र क. आर. के. ढकाल रहेका थिए । 

तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्य र माधव नेपालका स्वकिय सचिव यादव शर्मा मार्पmत वार्ताको अनौपचारिक वातावरण बनाई रहेको वेला नेपालमा कोरोना महामारीको प्रकोप बढ्न थाल्यो र सरकारले २०७७ चैत्र ११ देखि लकडाउन सुरु ग¥यो । 

कोरोना महामारी कम भएपछि सार्थक वार्ता गर्ने सहमती भयो । औपचारिक रुपमा मुलघर फर्कने सपना क. वीर वहादुर लामाको अधुरो रहे पनि उनले राष्ट्रिय झण्डा र कम्युनिष्ट पार्टीको झण्डा बाहेक कुनै पार्टीको झण्डा मेरो पार्थिव शरीरमा नओढाउनु भनी परिवारका सदस्य एवं यो पंतिकारलाई समेत भनेका थिए । 



म हिजो पनि कम्युनिष्ट आन्दोलनबाट उठेको नेता र अहिले पनि कम्युनिष्ट आन्दोलनबाट सर्वहारा वर्गको मुक्ति सहित समतामूलक समाजको निर्माण गर्दै समाजवाद तर्पm नेपाललाई कम्युनिष्ट पार्टीले मात्र नेतृत्व गर्न सक्छ भन्ने अटल विश्वास उनमा थियो । यहि भावनाको कदर गर्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले क. वीर वहादुर लामाको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाई क. वीर वहादुर लामाको चाहना वमोजिम सम्मान गर्नु भयो । 

क. वीर वहादुर लामाको पार्थिव शरीरलाई ३ दिन नेपाल बौद्ध धर्म सेवा संघ स्वयम्भुमा राखि २०७७ साल कार्तिक २६ गते स्वयम्भुकै घाटमा दाह संस्कार गरि अन्तिम श्रद्धान्जली अर्पण गरियो । यसरी एक कर्मठ, साहसी, इमान्दार र वर्गिय चिन्तनमा अविचल उज्जल नक्षत्रको अस्त भयो । जसले लोकतान्त्रिक आन्दोलन एवं कम्युनिष्ट आन्दोलनलाई ठुलो क्षति पुगेको छ ।

रोगले शरीर सिथिल हुदै गर्दा पनि क. वीर वहादुर लामामा किञ्चित आत्मविश्वास घटेको थिएन । २०७७ साल कार्तिक १७ गते बेलुकी ७ः२२ बजे क. वीर वहादुर लामासँग अन्तिम फोन वार्ता भएको थियो । 

उक्त वार्तामा मात्र यो पंतिकारले पहिलो पटक क. वीर वहादुर लामामा निरासा छाएको विश्वास डगमगाएको र जीवनको अन्तिम अवस्थामा आफु रहेको र आफ्ना सपना अधुरो नै रहेको अभिव्यक्ति पहिलो र अन्तिम वाक्य सुनेको थियो । 

क. वीरवहादुर लामाको पहिलो सपना २०३३ सालमा नख्खु जेल विद्रोह पश्चात कम्युनिष्ट क्रान्तीकारीहरु लुकेको फाखेलको सलेमले जंगललाई वृहद पार्क निर्माण गरि जेल विद्रोहको स्मरण झल्कने सुरुङ, गुफा सहित पर्यटक आकर्षण गर्ने गरी पर्यटकीय स्थलको रुपमा निर्माण र संचालन आफ्नै नेतृत्वमा गर्ने थियो । 

उक्त सपना साकार पार्न केन्द्र, प्रदेश र स्थानीय सरकार, संघ संस्था र समकालिन सहयोद्धा सुभेच्छकको सक्रियता होस् र उक्त पार्क निर्माण सम्पन्न गरी क. वीर वहादुर लामाको सालिक समेत उक्त पार्कमा राख्ने काम गरि क. वीर वहादुर लामा प्रति सम्मान गरौँ । 

क. वीर वहादुर लामाको दोश्रो सपना थियो वीर बहादुर. प्रतिष्ठान गठन गरि उक्त प्रतिष्ठान मार्पmत फाखेलमै प्राविधिक र कृषी क्याम्पसको स्थापना गरी प्राविधिक जनशक्ती निर्माण गर्ने र नेपालको कृषी क्रान्तीमा टेवा पु¥याई व्यवसायिक कृषी उत्पादन तर्पm समाजलाई डो¥याउने यो महान कार्यको लागि राज्य र उनका समकालीन नेता, पविारका सदस्य र सुभेच्छुकहरुको सक्रियताले मात्र संभव हुन्छ । 

तेश्रो उनको चाहना थियो नेपाली समाजमा परिवार विखण्डन भै जेष्ठ नागरिकहरु अपहेलित हुने क्रम दिनानुदिन बढ्दै गएकोमा जेष्ठ नागरिकको स्याहार सुसार र संरक्षण गर्न वीर वहादुर प्रतिष्ठान मार्पmत वृद्ध वृद्धा स्याहार केन्द्र खोली वृद्ध वृद्धाको संरक्षण गर्ने । 



चौथो उनको सपना थियो आफ्नै नामको वौद्धगुम्बा आफ्नै जन्मथलो फाखेलमा निर्माण गरी वौद्ध शिक्षाको शिक्षण स्थलका रुपमा विकास गर्ने र प्राचार्य सम्मको वौद्ध शिक्षा दिई विदेश तर्पm जाने वौद्ध विद्यार्थीहरु रोक्ने र विदेशी रहेको नेपाली आयलाई रोक्ने उनको चाहना थियो । 

यि माथि उल्लेख गरिएका उनका अधुरा सपना पुरा गर्न तर्पm सवै तह र तप्का लाग्ने र पुरा गर्ने तर्पm लाग्नु नै क. वीर वहादुर लामा प्रतिको सच्चा सम्मान हुने छ । विकासका पर्याय, समाज परिवर्तनका संवाहक, कम्युनिष्ट आन्दोलनका अथक योद्धा क. वीर वहादुर लामा जनता र समाजका लागि सर्वश्रेष्ठ व्यक्ति थिए । 

दक्षिणकाली–हेटौंडा र फर्पिङ–फाखेल, कुलेखानी–हेटौडा सडकमा सवारी साधन संचालनमा आएको विवादमा क. वीर वहादुर लामाको नेतृत्वमा दक्षिणकाली सिस्नेरी, हेटौडा सडकमा जोर विजोर प्रणालीबाट सार्वजनिक सवारी संचालन गरि दुवै भेगका जनतालाई सेवा दिने व्यवस्था गरे । 

फाखेल हुँदै काठमाण्डौ आउने प्रसारण लाइन विस्तारमा विद्युत प्राधिकरणलाई फाखेल भरी स्टिलपोल गाड्न र त्यहा रहेका विद्यालयलाई विद्युत प्राधिकरण मार्पmत आर्थिक सहयोग गर्न पटक पटकको वार्ताबाट विद्युत प्राधिकरणलाई वाध्य पारेका थिए । 

जिल्ला विकास समिति सभापतीमा निर्वाचित भएपछि जी.वि.स. मा एउटा पनि डोजर र स्काभेटर थिएन । पटक पटक स्थानिय विकास मन्त्रालयमा अनुरोध गर्दा पनि वेवास्ता भए पछि क. वीर वहादुर लामा स्थानिय विकास मन्त्रालय पुगी तत्कालिन स्थानिय विकास मन्त्री रामचन्द्र पौडेललाई उनकै कार्यकक्षमा थुनि स्थानिय विकास मन्त्रालयबाट डोजर लिन सफल भए । 

उक्त डोजर कै प्रयोगबाट मकवानपुर जिल्लाका ग्रामिण भेग सम्म सडक संजालको रुपरेखा कोर्न सफल भएका क. वीर वहादुर लामालाई मकवानपुर वासीले कहिल्यै विर्सन सक्ने छैनन् । 

क. वीर वहादुर लामाका अनगिन्ती योगदान र भोगाईहरुको अक्षरमा लिपीवद्ध गर्ने हो भने एउटा लामो जीवनगाथा बन्न सक्छ । तर यो दुखद क्षणमा धेरै विषय उजागर गर्न असमर्थ छु । 



आगामी दिनहरुमा स्व. कमरेड वीर वहादुर लामाका अन्य आयमहरुको वारेमा लिपिवध्द गर्ने प्रतिवध्दता व्यक्त गर्दछु । क. वीर वहादुर लामा प्रति हार्दिक श्रद्धान्जली ।


0 comments

Write Down Your Responses