Powered by Blogger.
आज जुन ठाँउमा छौं, रुदानेकै निर्देशन अनुसार हो


रामनारायण बिडारी 

सत्तामुखि राजनीतिमा शोषणका निम्ती शासन,शासन निम्ती शोषण हुन्छ भने जनमुखि राजनितिमा अधिकारको निम्ती राजनिती तथा समाज हित निम्ती विकास,विकासको निम्ती समाज हुन्छ यहि चलाऔ ।” 

यहि भनाइले अन्ततः म राजनैतिक हिसावले रुदानेको निर्वाचनलाई सघाउन रुदानेको बोलावटमा ०३८ साल बैसाखमा हेटौडा पुगे । त्यसवेला हेटौडामा रुपचन्द्रको संपर्क थलो हरिकृष्ण विष्ट र शिव कार्कीको घर रहेछ ।

गोर्वधन थापा पनि उहाँको मिल्ने साथी रहेछन् । हेटौडाका राजथला परिवार रुपचन्द्रको प्रत्यक्ष सर्मथनमा थियो । त्यँहि बसेर रुपचन्द्रका चुनावी कुरा सुनेर रुपचन्द्र कै भनाइ अनुसार उत्तरी क्षेत्र प्रचारमा हिँडे । चुनावमा चाहिने पर्चा,घोषणापत्र,केहि इनामेल पनि मलाई त्यहि घरवाट प्राप्त भयो । 

अल्लारे उमेर, खर्च पनि थिएन, अन्त जाने आँटै आएन । टिष्टुङ्ग घरमा आए र दिन भरि गाँउका साथीहरु संग वरिपरिका गाउमा पर्चा बेच्न गयोै । पर्चा वेच्ने, भित्तामा कमेरोले शुर्य चिन्ह वनाउने । कसै कसैलाइ कपडामा पनि थाहा लेख्ने तर त्यतिवेला लेख्न मान्दैनथे ।

अन्ततः चुनाव जितियो । त्यस समयमा रुपचन्द्रको प्रचारमा खास गरि दामन–पालुङ्गका र हेटौडाका केहि परिवार मात्र प्रचारमा थिए । किनकि उहाँ व्यवस्थाको विरोधि,स्वभाव पनि विद्रोहि हुन्थ्यो ।  जसका कारण मान्छे डराउथे । 

रुपचन्द्रको नातामा भाइ पर्ने झलकचन्द्र नै सो चुनावको अर्को उमेदवार भएका थिए । उहाँले पञ्चायतको सर्मथनमा पोष्टरिङ्ग गरि रहनु भएको थियो । कमल थापा दरवारिया उमेदवार , विभिन्न पञ्चेहरु पनि उमेदवार थिए । महिलामा विश्वकान्ती कलावती सुमार्गी पनि उमेदवार थिइन् । 

सिट संख्या २ थियो मकवानपुरको । पुरै जिल्ला एक क्षेत्र थियो । अन्ततः तिलकबहादुर नेगी जि र रुपचन्द्रले चुनाव जितेको घोषणा भयो । नेगीजिको जितमा पञ्चहरुले उत्सव मनाए । तर रुपचन्द्रले अविरे जात्रा नर्गन भन्नु भयो ।

२०४३ पछि मलाइ रुपचन्द्रले मकवानपुर जिल्लामा  गएर राजनिति गर्न प्रोत्साहित गर्नु भयो । काठमाडांै छोड्न भन्नु भयो । यो कुरालाई मैले स्विकार गरे । त्यस पछि मैले काठमाण्डौ छाडेर हेटौडा आधार बनाएर राजनिति संग संगै कानुन व्यवसाय पनि गर्न थाले ।



जनमुखि वकिलको कार्यालय नामको वकिल कार्यालय खोलि त्यसलाइ राजनितीको संपर्क थलो बनाएर मकवानपुर जिल्लाको तत्कालिन ४३ गाविस र एक नगरपालिकाको प्राय सवै वडामा पुग्ने गरि जनमुखि कार्यक्रमहरु राखियो । 

कम्युनिष्ट भन्न नपाइने भएकोले रुपचन्द्रले ०३८ साल बाटै शव्द चयन गर्नु भएको थियो कि जनमुखि सहकर्मी ।  यहि शव्दलाई प्रयोग गरि जनमुखि राजनितिको नामवाट रुपचन्द्र संगै वा अन्य सहकर्मीहरु संग जिल्ला भ्रमणा गरियो ।

यो भ्रमण निर्वाचन समयमा मात्र हैन । वर्षीक रुपमा गरिन्थ्यो । हिउदे वर्षे जनमुखि सभा गाउ गाउमा हुन्थ्यो । ति सभाका रोचक र मननिय कुरा पछि लेखौला । 

चुनावका समयमा खास गरि ०४३को राष्ट्रिय पञ्चायतका चुनावमा तत्कालिन पञ्चे र मण्डलेहरुले गुण्डा गर्दि गर्ने भएकोले शारिरिक रुपमा बलिया भएका मान्छे लिएर गाँउ जान रुपचन्द्रले निर्देश गर्नु भएको थियो । 

सधै सो कुरा मिल्दैनथ्यो । तै पनि जनमुखि सहकर्मी अस्मीर, शिव, हरि, बलराम, जनक आदि मध्ये कोहि साथमा हुन्थे । गायकको रुपमा शुक्र, स्वस्ती, राजु, कमला आदि हुन्थे ।

२०४३ को चुनावमा रणसंग्राम, हरिवोल महत, शिव राना, जनक वर्तौला, बलराम बल आदिले शारिरिक हमलाको राम्रोसंग प्रतिकार गर्न सक्षम थिए  । म त लुरे विचार र भाषण मात्र न हो । 

राजनैतिक रुपमा प्रमुख नीति तय रुपचन्द्रले गर्ने र राजनीतिक रुपमा कार्यान्वयन गर्ने , सभा आयोजना गर्ने , सभाको प्रचार गर्ने , सभालाइ संवोधन गर्ने कार्य रुपचन्द्र विष्ट , रामनारायण बिडारी, विश्वकान्ती कलावति,कृष्ण घिमिरे, रामहरि सुवेदी, एकराज उप्रेति, अशोक शाक्य, धर्म राजथला आदीले गर्ने गर्दथे । शहरमा वैठकको खानपिनको , स्थानको व्यवस्थापन अजेय शुमार्गी, राधेश्याम बिडारी, बद्री, रामचन्द्र, अशोक वाँनिया,शम्भु,मिश्र आदीले गर्दथे ।

विद्यार्थी संगठन, मजदुर संगठन, किसान संगठन, नारी संगठन जनमुखिका नाममा संचालित थिए । जसको संचालनको जिम्मा रुपचन्द्रले मलाइ दिनु भएको थियो । 

बेला बेलामा प्रशिक्षण रुपचन्द्रले गर्नु हुन्थ्यो । गोप्य रुपमा कम्युनिष्ट पार्टिका नेताले पनि प्रशिक्षण गर्ने काम हुन्थ्यो । यसको व्यवस्थापनको काम मजदुर संगठनले गर्दथ्यो भने कहिले काहि गोप्य रुपमा सुमार्गीले पनि गरेका हुन्थे । 

२०३९ देखि २०४६ सम्म मकवानपुरमा दलिय अभ्यास थियो । देश भरमा निर्दलिय व्यवस्था चलेको थियो । जनमुखि सहयोग समिती नामवाट गाउ गाउमा समिती संगठित थिए । दल प्रतिवन्ध भएका कारण यस्तो गरिन्थ्यो ।
रापस (राष्ट्रिय पञ्चायत सदस्य) को प्रतिनिधिको रुपमा म गाँउ सभामा भाग लिन रुपचन्द्रको तर्फबाट जान्थे । कहि कहि विवाद हुन्थ्यो । 

निर्दलिय व्यवस्थामा रापसले प्रतिनिधि पठाउन पाँइदैन भनि पञ्चेहरुले बखेडा झिक्दथे । सरकारी सभामा समेत रुपचन्द्रको प्रतिनिधि रुपमा जनमुखि वक्ता रामनारायण विडारी प्रस्तुत हुन्थे । 

यहि समयमा हेटौडा नगर पालिकामा जनमुखि सहकर्मीको हैसियतमा अशोक वानिया प्रधान पञ्च,सम्भु भट्टराइ उप प्रधान पञ्च सहतिको नगरपालिका वोर्ड थियो । 

नवराज अर्याल,हरिवोल महत सहितका वडा अध्यक्षहरु थिए । अजेय शुमार्गी,अमृत राजथला सहितको नगर सभासद थिए । यीनैवाट नगर पालिकाको नेतृत्व हुन्थ्यो । नगर जिल्लाको राजनीति रामनारायण बिडारीले हेर्नु पर्ने जस्को निर्देशन, नियन्त्रण, संरक्षण रुपचन्द्रले गर्ने गरीएको थियो ।

यसरी मकवानपुर जिल्लामा निर्दल कालमा नै दलिय अभ्यास रुपचन्द्रले गर्नु भएको थियो । जसमा हामी सहयोगी थियोै । यसरी २०३८ देखि २०४३ सम्म रुपचन्द्रको कार्यकर्ता अति कम, जनताको अति सर्मथन थियो । 

०४३ देखि ०४६ सम्म कार्यकर्ताको वृद्धी भयो तर जनमतमा खास वृद्धी भएन । 

०४६ पछि रुपचन्द्र विरुद्धमा षडयन्त्र व्यापक सुरु भयो । यस पछि स्वार्थी कार्यकर्ताले पनि जनमुखि राजनितिबाट अलग हुन थाले । ०४७ पछि त माले,काग्रेस हुन पुगे । ०४८मा फेरी कार्यकर्ता कम भए । 

परीणामतः रुपचन्द्र ०४८मा हेटौडा क्षेत्रवाट हार खानु भयो । जित्ने वा बलियो भनिएको पालुङ्ग क्षेत्रमा रुपचन्द्रले मलाइ उठाउनु भयो । त्याँहा बाट पनि हार भयो । त्यस पछि त स्वार्थीहरु पाखा लागे , थोरै जनमुखि सहकर्मी बाँकी भयौ । अनि रुपचन्द्रसंग छलफल भयो ।नेकपा (जनमुखी) कसरी संचलन गर्ने  ?



उँहाले ‘जनमुखि राजनिति नै उपयुक्त,वैज्ञानिक राजनिति हो । यसैलाइ संचलन गर । सक्दैनोेै भने मात्र विकल्प खोज’ भन्नु भयो । हामिले प्रयत्न ग¥योै । तर कम्युनिष्ट पार्टिसंग सहकार्य गरेर जानु नै समयानुकुल श्रेयकर हुने ठहर गरि उहाँलाइ भनियो । 

उहाँले वैधानीक रुपमा संयुक्त जनमोर्चासंग एकता, ऐक्यता,एकवद्धता जो जे गर्नु पर्छ गरे हुन्छ (जनमोर्चाको मातृ दल भुमीगत पार्टि एकता केन्द्र हो ) भनि म बिडारीलाइ निर्देशन दिनु भयो । 

अनी रामनारायण बिडारीले नेकपा (जनमुखिको ) महासचिव हैसियतले निर्णयानुसार नेकपा (एकताकेन्द्र)संग संयुक्त वक्तव्य जारी गरि एकिकरण गरियो । यसैको परिणामनुसार आज हामी (नेकपा) मा छौ ।

यहा पनि जनमुखि राजनिति र थाहा दर्शनका कुरा ढुक्क राख्ने गरिएको छ । क.ओलिले भनेका एक सार्वजनिक कार्यक्रममा भनेका थिए कि “अव पचास वर्ष पछि रुदानेलाई समाजमा ठुलो दार्शनिकको रुपमा लिनेछन् । वहाको सिद्धान्त प्रचारित हुनेछ । 

त्यस अगाडि उँहाको धेरै मर्यादा संमान हँुदेैन किनकि उहाँका समकालिनहरु अझै जिँउदै छन । उहाँले तिनिहरुलाइ घोचीलो प्रहार गरेर भित्तामा पु¥याएका मान्छे वहालाइ अझै इष्र्या गर्दैछन् । पचास वर्ष पछि ति सबै बिति सक्दछन् । नयाँ पिँढीको उदय हुन्छ । राजनिति पनि तिनकै नेतृत्वमा हुन्छ । अनि उहाँका कुराको व्याख्या निष्पक्ष तरिकावाट हुन्छ र सो कार्यन्वयन निम्ती प्रयास हुन्छ ।”

रुदानेले २०४२ मा निर्दलिय व्यवस्था निर्दयी व्यवस्था हो । वहुदलिय व्यवस्था वहुला व्यवस्था हो । यी दुवै व्यवस्था फालेर जनतालाई जनमुखि व्यवस्था चाहिन्छ भन्नु भएको थियो । जनताको जनवाद भन्ने कुरा यहि हो । यो भन्न राष्ट्रिय पञ्चायतमा मिल्दैनथ्यो । तसर्थ जनताको जनमुखि राजनितिको कुरा गरिएको हो ।

(वरिष्ठ अधिवक्ता रामनारायण बिडारी राष्ट्रिय सभाका सांसद  तथा संसदीय समितिको सभापति एवं जनमुखी सहकर्मी हुनुहुन्छ ।

0 comments

Write Down Your Responses