ढुङ्गा, गिट्टी र बालुवाको मामलामा नचुक्नुहोला भनेर जनप्रतिनिधीहरुलाई कार्यालयमै बोलाएर मैले भनेको छु
रघुनाथ खुलाल, प्रमुख, जिल्ला समन्वय समिति, मकवानपुर
|
जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखको रुपमा यहाँले काम गर्न थालिसकेपछि यो अवधिको काम गराईको अनुभव कस्तो रह्यो ?
जिल्ला समन्वय समिति खास गरी राज्यको स्थानीय संरचनापछि हिजोको जिल्ला विकास समितिबाट अहिले जिल्ला समन्वय समिति बनेको हो । यसमा रुपान्तरित भइसकेपछि यसको मुख्य रुपमा दुई–तीन वटा काम मात्र छ ।
एउटा समन्वय, दोस्रो सहजिकरण र तेस्रो अनुगमन । यी कामहरु पनि प्रष्ट थिएनन् । खाली विंधानमा व्यवस्था भयो । तत्काल ऐन बनेनन् । ऐन बन्नासौ पनि कार्यविधि आएन ।
जसका कारण काम गर्न कठिनाई भयो । तर यी सबैका बाजजुद पनि हामीले यहाँ आइसकेपछि गर्न सकिने काम चाँही गर्नुपछ, गरेका छौं । काम भनेको कसैसँग माग्ने र त्यसपछि दिएपछि मात्र गर्ने कुरा होइन । काम त आफैले निकाल्नु पर्छ ।
अनि गरेर देखाउनुपर्छ भन्ने दृष्टिकोण राख्नुपर्छ । त्यसो भएको हुँदा हामीले क्षमता विकासका कुराहरु खास गरी न्यायिक समितिलाई स्थानीय तहमा अगाडि बढाउने कुराहरु र हामीलाई दिएको जिम्मेवारी अनुसार ढुंगा, बालुवाको अनुगमको प्रश्नलाई हामीले उठाइरहेका छौं र कार्यान्वयनमा ल्याइरहेका छौं । हुनत सुरुमा एउटा समस्या यस्तो थियो कि जिल्ला समन्वय समिति चल्नै नसक्ने अवस्थामा गयो भन्थे भन्नेहरुले ।
त्यो अवस्थालाई चिरेर हामीले एउटा राम्रो वातावरण बनाएर अघि बढेका छौं । अहिले सामान्यतया जिल्ला समन्वय समिति अथवा खास गरी बागमती प्रदेशका १३ वटा जिल्ला समन्वय समिति चाँही आर्थिक रुपले चल्नको निम्ति पनि त्यति जटिल छैन् । राम्रो सँग चल्न सक्ने अवस्थामा छन् ।
अहिले हामी आएको तेस्रो वर्ष चलिरहेको छ । तेस्रो वर्षमा आइपुग्दासम्म जिल्ला समन्वय समितिको समग्रमा आवश्यकता र औचित्य चाँही हामी देख्छौँ । त्यसलाई अझै प्रभावकारी बनाउनु पर्छ । जिल्लामा समन्वय र सहजिकरण गर्ने प्रभावकारी निकाय यो भन्दा अर्काे कुनै पनि छैन ।
चाहे त्यो सरकारी कार्यालय होस्, चाहे त्यो स्थानीय तह होस्, अथवा अन्य संघसस्था होस् । यी सबैलाई परिचालन गर्ने तिनीहरुसँग समन्वय–सहजिकरण गर्ने र त्यसलाई व्यवस्थित गर्नेमा पनि जिल्ला समन्वय समितिको राम्रो भूमिका छ ।
जिल्ला समन्वय समिति कतै गएर गिड्गिडाउने, हामीलाई यसो ग¥यो, उसो ग¥यो भनेर दोष दिने जस्ता काम पनि हामीले गरेका छैनौँ । त्यस कारणले रक्षात्मक कामहरुलाई हामीले विषेश गरी ध्यान दियौँ ।
जिल्लाका विषयबस्तु उठायौँ । अब हामी लागू औषध दुव्र्यसनीका विरुद्धको ठुलो अभियान संचालन गर्दछौँ । त्यसपछि सामाजिक क्षेत्र भित्रका कामहरु जस्तै बालमैत्री गाउँपालिका बनाउने, महिलाहिंसा मुक्त गाउँपालिका बनाउने लगायतका विषयलाई हामीले ध्यानमा राखेर अगाडि बढेका छौँ ।
साथै, हरेक महिनाको २५ गते जिल्लाका प्रशासनदेखि स्थानीय तहका प्रमुखसँग बैठक बसेर विभिन्न विषयमा छलफल गर्दै गएका छौँ ।
मकवानपुर जिल्ला गिट्टी, बालुवा, क्रसर धेरै भएको जिल्ला हो, यस विषयमा पटकपटक विवाद पनि भइरहेको छ, जिल्ला समन्वय समितिले भने यसमा के गरिरहेको छ ?
अहिले खास गरी ढुङ्गा, गिट्टी, बालुवा खानी अनुगमनको जिम्मा जिल्ला समन्वय समितिलाई छ । हामीसँग ३ वटा विधीहरु छन् । पहिलो, संघीय सरकारले अनुगमन गर्न समिति र काम गर्न दिएको कार्यवीधि छ । दोस्रो, प्रदेश सरकारले तयारी गरि पठाएको ढुगां गिट्ठी अनुगम गर्ने कार्यवीधि छ । तेस्रो जिल्ला सभाले पास गरेको कार्यविधी छ ।
यो कार्यविधीमा टेकेर हामी अनुगमनमा जाने गरेका छौँ । मुख्य रुपमा स्थानीय तहले नै व्यवस्थापन गर्नुपर्छ । स्थानीय ठेक्का बन्दोवस्त स्थानीय तहले नै गर्छ । ठेक्का सम्झौता गर्छ, राजस्व उठाउँछ । त्यसको व्यवस्थित गर्ने काम पनि स्थानीय तहको हो । तर काम ग¥यो कि गरेन भनेर हेर्ने काम चाँही जिल्ला समन्वय समितिको हो ।
मलाई लाग्छ, मकवानपुरको ढुंगा, गिट्टी नियन्त्रण र व्यवस्थापन सम्बन्धमा थुप्रै प्रयास र कोषिश हामीले गरेका छौँ । भर्खरै हामीले राप्ती, सामरी खोला लगायतका ठाउँहरुमा अनुगमन गरेका छौँ । जहाँ थुप्रै अनिमियता भएको देखा प¥यो । त्यसलाई रोक्नको निम्ति हामीले जहाँ तहिँ र जथाभावी बनेका बालुवा प्लान्ट भत्काउने काम ग¥यौँ । कतिपय ठाउँमा त मेशनरी सामग्री कब्जा गर्न काम समेत गरेका छौँ ।
तोकिएको मापदण्ड भन्दा बढी बालुवा क्रसर निकाल्ने ठेकेदार लगायत जो कसैलाई पनि जरिवान गरेका छौँ । अस्ती मात्र एक ठेकेदार कम्पनीलाई १ लाख ४० हजार जरिवाना तिराएका छौँ ।
साथै हेटौँडा उपमहानगरपालिका भित्रका क्षेत्रमा गत वर्ष वातावरणीय प्रभाव मुल्याङ्कन गरेको २० हजार घनमिटर भन्दा माथी निकालिएको हुँदा त्यसलाई कारबाहीको पाटोमा अगाडि बढाएका छौँ ।
त्यो बराबर प्राप्त हुने राजस्व जरिवाना गरेका छौँ । त्यो जरिवानाको पक्ष समुह जिल्ला समन्वयको विरुद्ध अदालत गएको थियो । अदालतले पनि समितिकै पक्षमा फैशला गरेपछि केही दिन अगाडि ७३ लाख जरिवाना समेत तिर्नु भएको छ । कतै बारम्बार खबदारी गर्दा पनि अटेर गरेपछि हामी आक्रमक रुपमा जिल्लाका प्रशासनदेखि विभिन्न कार्यालयसँगको सहकार्यमा अगाडि बढनु परेको छ ।
साथै पूर्व र उत्तरी भेगमा हामी केही दिनमा अनुगमनमा निस्किदै छौँ । ढुगां गिट्ठीको सम्बन्धमा धेरै ठुलो विवाद नभएपनि यसलाई नियन्त्रण गर्न र व्यवस्थित गर्न जिल्ला समन्वय समितिले निकै प्रयास गरिरहेको छ ।
तपाईहरुले अनुगमन गर्दा, ठाउँ–ठाउँ पुग्दा स्थलगत हेर्दा टेण्डर लगाउने काम त स्थानीय तहले गर्छ भन्नु भो, धेरै ठाउँमा त जनप्रतिनिधिको अप्रत्यक्ष संलनता हुने, ठेकेदारसँग मिलेमतो हुने कुरा आइरहेका छन् ? यसमा तपाईहरुले गरेको अध्ययन अनुगमनले के देखाउँछ ?
यदाकदा त्यस्तो छैन भन्न सकिँदैन । त्यस्ता साथीहरुलाई मैले अफिसमा बोलाएर भनेको छु । तपाईहरु कतै नचुक्नु होला, चुकियो भने त्यसले दिने परिणाम राम्रो हुने छैन भनेर । अहिले साथीहरु सतर्क पनि हुनु भएको छ ।
मकवानपुर जिल्लाका जनप्रतिनिधिहरु अहिलेसम्म यस्ता ठुला–ठुला अबैध धन्दामा लाग्नु भो ! पैसा कमाउन लाग्नु भो ! भन्ने म ठान्दिन् ।
जुनसुकै पार्टीबाट आएका जनप्रनितिधि भएता पनि मैले जिल्ला समन्वय समितिको तर्फबाट सचेत पनि गराउँदै आएको छु । मुख्यरुपमा स्थानीय तहको कमजोरी ढुंगा बालुवाको सम्बन्धमा के देखियो भने समयमै ठेक्का पट्टा गर्नै सकेनन् । त्यसले चाँही उहाँहरुको कार्यक्षमतामा प्रश्न उठेको हो ।
हुन त देशभरी नै प्राकृतिक दोहनको समस्या छ ! राष्ट्रपति चुरे संरक्षण कार्यक्रम केन्द्रीय सरकारले पनि अघि सारेको छ ! यो जति पनि नदी, पहरा यसरी दोहन गर्न दिँदा खेरी वातारण विनाश देखि अन्य समस्या तथा जलवायुमा समस्या पर्ने त निश्चीतै छ ! यसमा तपाईको व्यक्तिगत राय के छ ?
यसमा तपाईले उठाउनु भएको कुरा सत्य हो । त्यसले ‘इको सिस्टम’ नै परिवर्तन हुन सक्ने समस्या आउन सक्छ । तर बगेर जाने बस्तुलाई उपयोग पनि गर्नुपर्छ । यो राजस्वसँग पनि जोडिएको छ ।
बगेर जाने ठाउँमा यसलाइ्र्र्र व्यवस्थित गरेर राजस्व पनि संकलन गर्ने र आवश्यक विकास निर्माणका काम गर्नुपर्छ, यसलाई पनि सबैले बुझ्नु पर्ने हो ।
दोस्रो कुरा, यस्ता बस्तुहरुको हाम्रा थुप्रै खानीहरु छन् । त्यो खानीको राज्यले उचित व्यवस्था गर्नुपर्छ । र, निश्चित ठाउँमा छोडिदिनुपर्छ ।
यो नगर्दा मनपरी ढंगले नदी पहरा दोहन हुने हो । यहाँले भनु भएको जस्तै खोलामा वातावरणीय प्रभाव मुल्याङ्कन पनि ठीक ढंगले भएको छैन । वातावरण मुल्याङकनलाई हेरेर ठीक ढंगले काम नगरिए भने भोली जलचर जीवजन्तु सबै नष्ट भएर भोली मरुभूमि बन्ने खतर हुन्छ ।
यसको लागि आज भन्दा अगाडि मकवानपुर जिल्लामा भैँसे भन्दा माथीको डाँडामा बालुवा उत्खनन गर्ने क्षेत्रको रुपमा विकास गर्ने र त्यसकै निकट स्थानमा बालुवा उत्खनन गर्न क्रसर उद्योग स्थापना गरेर लानु पर्छ भनेर प्रस्ताव थियो संघीय सरकारको ! तर त्यो कार्यान्वयनमा आएन ।
त्यो नभएको हुनाले अहिले खोलामा जुन खालको उत्खनन भइरहेको छ । त्यो प्रभावकारी छैन त्यसले आगामी दिनमा विपद् निम्तिन सक्ने खतरा पनि छ, त्यसमा हामी सचेत हुनै पर्छ ।
यसलाई कानुनी वा नीतिगत रुपमा नियमन गरेर नियन्त्रण गर्ने उपाय के छ जिल्ला समन्वय समितिसँग ?
एकदमै छ । यो त हामीलाई अति आवश्यक चीजहरु हुन् । त्यसको सहि व्यवस्थापन गर्नु प¥यो । वातावरणलाई असर नपर्ने गरी काम अगाडि बढाउन आवश्यक छ । त्यसमा जिल्ला समन्वय समितिको ध्यान गएको छ ।
धेरै सिमेन्ट उद्योगहरु भीमखेदी गाउँपालिकामा भएको भनेर त्यहाँको जनप्रतिनिधिले नियन्त्रणमा कडिकडाउ गर्न माग गरेका पनि थिए एकताका, त्यहाँको बस्ती नै खतरामा प¥यो भन्ने कुरा पनि आएको थियो, त्यसलाई तपाईहरुले कसरी लिनुभएको छ ?
अहिले सबै चीज खतरामा प¥यो भन्ने अवस्था छैन । त्यो चाँही हिजो खानी छनोट गर्दा खेरी पनि मुल्याङकन गरेरै दिएका हुन्छन् । तर यो चीज अब बढ्दै भएपछि भोली खत्रा हुनसक्छ । त्यसको लागि समयमै सोच्नुपर्छ ।
उत्तरी मकवानपुरको कुरा गर्दा थाहा नगरपालिकाको आग्रा –पालुङ क्षेत्रमा भएका खानीले धादिङको क्षेलाई नै प्रभाव पा¥यो भनेर त्यहाँको पालिकाले पत्रचार गरेको कुरा समेत आको थियो, त्यो के हो र त्यहाँ अनुगमन गर्नुभएको छ की छैन ?
थाहा नगरपालिकालाई त्यहाँको पालिकाले पत्र पठायो पनि होला । हामीलाई त त्यहाँको जिल्ला समन्वय समितिले पत्र पठाएको थियो ।
मसंग लामो कुराकानी पनि भएको थियो त्यसपछि हामीले यहाँबाट उपसमिति पठाएर अध्ययन गर्न लगायौं । आग्रा खोलामा ४ वटा क्रसर उद्योग छन् । जसमध्ये एउटा मात्र दर्ता भएको र ३ वटा दर्ता नभएका देखिएका छन् । तीनलाई हामीले कारबाहीको प्रकृया अगाडि बढाएको छौँ ।
अन्य धादिङको खोला धमिलो पार्ने त्यहाँकै क्रसर उद्योग रहेका छन् । अब हामी केही दिनमै हामी त्यता अनुगमनमा जाने छौं । त्यहाँ अनियमित ढंगले चलेका बालुवा प्लान्ट छन् भने बन्द गरिदिन्छौं ।
धादिङ जिल्लाले पनि हामीसंग गुनासो गरेको छ । त्यसलाई हामीले ‘सिरियस्ली’ लिएका छौं ।
0 comments
Write Down Your Responses