अबको विश्वमा यसकारण अपुरो छ माक्र्सवाद
बालकृष्ण ढकाल |
कार्लमाक्र्स कसैका नजरमा देवतुल्य थिए भने कसैका नजरमा राक्षस रुपि निगुदार्य बादी हुन् भन्ने गरिन्छ । इसाइ परिवारमा जन्मेका माक्र्सको राजनैनिक चेतना परिवारको धर्म परिवर्तन र धर्म प्रतिको गहिरो आस्था कै कारण पैदा भएको हो ।
बोर्न विश्वविद्यालय र बर्लिन विश्वविद्यालयबाट आफ्नो अध्ययन पूरा गरेका उनी हिगलको दर्शनबाट प्रभावित थिए । त्यसपछि अध्ययन कार्यमा लागे पश्चात् पत्रकारिता तिर पनि लम्किन पुगे । फिनिचे जिटुङ पत्रीकाको सम्पादक भएर काम गरेका उनले जर्मनीमा समेत क्रान्तिकारी पत्रिकाहरु प्रकाशनमा ल्याउने काम गरे ।
कति पत्रिकाहरु सरकारको कडा निगरानीकै कारण बन्द पनि भए । उनको राजनैनिक बिचारधारा पुजीवादी बिचारधाराको विरुद्ध थियोे । अन्तरास्ट्रिय सर्बहारा आन्दोलनलाई चलाउनका निमित्त थुप्रै महान ग्रन्थहरुको रचना पनि गरे।
फ्रान्स ,ब्रसेल्स,जर्मनी ,बेलायत लगायत विभिन्न रास्ट्रहरुमा उनले सर्बहाराबर्गको पक्षमा बौद्धिक आन्दोलनको बिजारोपण गरे ।
बेलायतमा भएको दोश्रो अधिबेशनबाट उनको प्रत्यक्ष सहभागितामा सन १८४८ मा कम्युनिस्ट मेनिफेस्टो (घोषणा पत्र) तयार भयो । यस साम्यबादी घोषणा पत्रले संसारभरका श्रमिकहरुलाई एकजुट हुन आग्रह गर्दै शोषक वर्गको विरुद्ध क्रान्तिको विगुल फुक्ने काम गर्यो।
सन् १८४५ मा जब बिद्रोह शुरु भयो सारा युरोप थर्कियो। माक्र्सलाई तत्कालीन राज्य सत्ताले कैयौं पटक देश निकाला पनि गरे । उनी जहाँ जान्थे त्यहि संगठनहरु निर्माण हुँदै जान्थ्यो । तर सत्ताधारीहरुले उनको निगरानिमा झनै कडाइ गर्दै जान्थे। सन् १८७६ मा उनले लेखेको ‘दास क्यापिटल’ अर्थात पुँजी भन्ने पुस्तकमा पुजीवादी उत्पादनको गहिरो बिबेचना गरेको पाइन्छ ।
जसमा द्दन्द्दात्मक भौतिकवादको बिकासलाई जोड दिइएको छ । मार्क्स पुर्ण रुपमा भौतिकबादी बिचारधाराका थिए । ईश्वर माथी उनको कत्ति पनि विश्वास थिएन भने हिगलद्वारा प्रतिपादित द्वन्द्वात्मक सिद्धान्तको अनुयायी चाँहि थिए । उनको विश्लेषण संसार निरन्तर परिबर्तनशिल छ भन्ने थियो तर हिगलको जस्तो आदर्शवाद को चाहिँ कदापि पक्षपोषक थिएनन् ।
उनी पूर्ण भौतिकबादी दृष्टिकोणका थिए । उनलाई १८ आंै शताब्दिको फ्रान्सको समाजबादी परम्पराले पनि प्रभावित पारेको थियो।
मार्क्सले बिश्लेषण गरेको समाजबादमा के प्रष्ट पारिएको थियो भन्ने बारे बिश्लेषण गरौ । उनको बिचारमा सामाजिक बिकासको पहिलो अवस्था प्राचीन साम्यवादी अवस्था थियो । मानिसले साधारण तरिकाले फल फुल अन्नपात जम्मा गर्ने गर्दथे।
शिकार गरेर मासु लगाएयका खानेकुरा जोहो गर्दथे। भोजन प्राप्त गर्न र जंगली जनावरबाट बच्न ठाउ ठाँउमा जम्मा भएर बस्दथे। आपसमा कुनै मतभेद थिएन शोषक र शोसित थिएनन्, यसैलाइ उनले प्राचीन साम्यवादी व्याबस्था मान्दथे।
अब आयो बिकासको क्रममा दास अबस्था । जुन समयमा उत्पादन यन्त्रमा परिवर्तन भयो र समाज पनि व्यबस्थामा परिवर्तन हुन पुग्यो । पहिले सिधै जङ्गलबाट जनावर मारेर खाइन्थ्यो भने त्यस पछि घरमा पालेर खान थालियो । कृषि ,पशुपालन र कला आदि द्वारा उत्पादन बढाउन थालियो ।
यस अबस्थामा आइपुग्दा समाज दुई भागमा बिभाजित हुन पुग्यो । पहिलो बर्गमा जुन व्यक्तिहरु हुन्थ्यो जसले पशु पाल्ने ,खेतिपाती उत्पादन गर्ने, कलाहरुको प्रयोगले विभिन्न उपकरण तथा औजारहरुको निर्माण गर्ने गर्दथे भने दोश्रो बर्गमा त्यस्ता व्यक्ति रहन्थे जसले उत्पादन यन्त्र ,पशु तथा दासहरुको स्वामित्व ग्रहण गर्दथे।
यो बर्गले दासहरुलाई पशु समान हेर्ने गर्दथे।समाज प्रष्ट रुपमा धनी र गरिब ,शोषक र शोषित ,अधिकारयुक्त र अधिकार विहिनहरुमा बिभाजित हुन पुगेको थियो। यस समयमा दुई बर्ग बीच संघर्ष भै नै रहन्थ्यो।
जब बर्गिय द्वन्द्वको शुरूवाती भयो, त्यस पछि समाजमा पुँजीवादी व्यबस्थाले जरो गाड्न थाल्यो। समाजमा स्थायी रुपमा पुजिपती र श्रमिक गरि दुई वर्ग कायम रहन पुग्यो। उत्पादनको र साधनको स्वामित्व पूंजीपति बर्गको हातमा निहित रह्यो तर श्रमिकहरुको स्वामित्व उत्पादनका साधनहरुमा रहन सकेन।
श्रमिकहरु आफ्नो श्रम बेचेर जिविकोपार्जन गर्न बाध्य भए भने पूंजीपतिहरु श्रमिकहरुको श्रमको मूल्य लाई ज्यादै नै न्यून मूल्यमा प्राप्त गर्ने र उत्पादनको उपभोग र बजारीकरणमा मनोमानी अधिकार जमाउदै लान थाले। यो स्थितिको अध्ययन पश्चात् मार्क्सले समाजमा व्यप्त बर्गिय बिभाजनको अन्त्यको निमित्त बर्गिय आन्दोलनको आबस्यकता अपरिहार्य देखे। उनको बिचारमा पूंजीवादी अबस्थामा राजनैतिक संस्थाहरु ,कानुन,सामाजिक मुल्य ,नैतिकता ,कला साहित्य आदिको निर्माण पनि पूंजीवादी हरुको हितबिस्तार गर्ने किसिम बाट नै गरिएको हुन्छ भन्ने थियो।
मार्क्सले सामाजिक समानताको निम्ति बर्गिय क्रान्तिको आबस्यकता देखेर पूंजीपति बर्ग र श्रमिक बर्ग बिचको गहिरो खाडल लाई निमित्यान्न पार्नुपर्छ भन्ने हेतुले समाजबादको धारणा निर्माण गर्न तिर लागे।
यहाँ सम्म आइपुग्दा उनले व्यक्त गरेका समाजबादी धारणा बर्गिय बिभेदलाइ केही हद सम्म न्यूनीकरण गर्न कोषे ढुंगा नै साबित भएको पाइन्छ। तर समाजमा पुर्ण रुपमा समानता भेट्न भने कदाचित सकिदैन भन्ने मेरो लेखको आसय हो।
उनले परिकल्पना गरेको समाजबादमा ब्यक्तिको स्वामित्वको प्रथा पुर्ण रुपमा अन्त्य हुनु पर्छ भन्ने नै थियो। ब्यक्तिगत स्वामित्वको स्थानमा अब आएर सामाजिक स्वामित्वको स्थापना हुनुपर्छ, चलिआएको दुई बर्ग शोषक र शोसित बर्गको अन्त्य हुनुपर्छ ,समाजबादी अबस्थामा श्रमिक वेतनभोगी कर्मचारी मात्र होइन अपितु उत्पादनयन्त्रको सामुहिक रुपमा स्वामी पनि हुन पाउनुपर्छ, कार्य र शक्तिको आधारमा उत्पादनको बितरण गरिनु पर्दछ यसैको परिणाम समाजमा एक बर्गमात्र कायम हुन आउँछ र संघर्सको पनि अन्त्य हुन्छ भन्ने थियो। उनको यहि साम्यवादि बिचारधाराको जगमा टेकेर विश्वमा बर्गिय युद्धहरु धेरै समयसम्म चलिरहे । केही हदसम्म समाजमा समानताको अनुभुतीको भान पनि हुन गयो ।
निरंकुश पूंजीवाद अलि मत्थर भएजस्तो पनि देखियो । त्यस्तै बर्गिय द्वन्द भएका युरोप ,एसिया लगाएयतका देशहरुमा पूंजीवादको परिबर्तित स्वरुपमा साम्यवाद वा समाजबादले अलि बढी नै स्थान पाएजस्तो पनि देखियो।
अब कुरो आउँछ मार्क्सले भने जस्तो सबै चिज भौतिकबादले मात्रै पूर्णता दिन सक्छ त ? उनले भनेझै पदर्थ नै मुख्य चिज हो भन्ने कुरा पुर्ण हो भन्न मिल्दैन किन भने बाहिरी बास्तबिकता मानिसको भित्रि हृदयको दर्पण हो। ब्यक्तिको आदर्श र बौद्धिकता भन्दा ठुलो पदार्थ वा तत्व कदापि हुन सक्दैन ।
अन्तिम बास्तबिकता भनेको आत्मा अथवा विवेक नै हो । ऐतिहासिक बिकास दुई राज्यहरुको संघर्सले हुन्छ र गतिशील शक्ति नै बिचार हरु हुन।मानिसले परिस्थितिको निर्माण गर्दछ तर परिस्थितिले मानिसको निर्माण गरेको कदापि होइन।तसर्थ केही हदसम्म पदार्थ वा भौतिकता महत्त्वपूर्ण पनि हो तर त्यसलाई संचालन गर्न सक्ने क्षमता विबेक र परिस्थितिले नै गर्दछ ।पूर्णता भौतिकवाद मात्र होइन।
मलाइ लाग्छ कि मार्क्सको बिचार धारा हरेक परिवर्तनको कालखण्डमा महत्त्वपूर्ण नै देखिन्छ ।पुजिपती र श्रमिक बीचको बिभेदको अन्त्यको लागि उनको सिद्धान्तले ठुलै भुमिका खेलेको देखिन्छ तर उनले भनेजस्तै बर्गिय द्वन्द पछि श्रमिक बर्गको जीत हुन सक्यो भने पुजिपती बर्ग नष्ट हुन जान्छ ।
शासन श्रमिकको हातमा जान्छ । सर्बहारा बर्गको तानाशाही स्थापना गरेरै छाड्नु पर्छ । तब मात्र सदाको लागि बर्ग संघर्स अन्त्य हुन्छ । उनको यो बिचारले सैद्धान्तिक पूर्णता दिन सक्छ भन्ने मलाइ लाग्दैन । द्वन्द पछिका अवशेष रुपी शक्तिहरु यति छिटो नष्ट हुन सक्दैनन् ।
ठाँउ पाएमा ती शक्तिहरु झन क्रुर र झन बढी आक्रोशित रुपमा देखा पर्न सक्छन। त्यसले पटक पटक द्वन्द र झमेला निम्त्याइ राख्न सक्दछ। सामाजिक समानताको स्थायीत्व यत्तिकैमा स्थिर हुन्छ भन्न सकिदैन । यहिनेर मार्क्सको सिद्धान्त अपुरो हो कि भन्न सकिन्छ ।
उनको सिद्धान्तले त विश्वमा पटकपटक संघर्स आबस्यक देखारहन्छ । तर त्यसरी समाजमा समानताको स्थायित्व कायम रहन सक्दैन । द्वन्दलाई प्रेम, सद्भावना र सहयोगले स्थाइ निबारण गराउनु पर्दछ। द्वन्दको अवतरण पछि अन्त्यमा गरिबकै जीत हुन्छ भनिए पनि यो आजसम्म प्रमाणित हुन सकेको छैन ।
वर्गसंघर्षले क्षणिक समानता दिएजस्तो देखिएला तर यसले घृणा ,रक्तपात,आधुनिक कष्ट ,रोग र फासिज्म लाई पुन जन्म नदेला भन्न सकिन्न।पुजिपतिहरुको अन्त्य पछि श्रमिक बर्गको एकता पनि खतम हुन सक्छ र झन् विभिन्न खतरनाक समुहहरुको स्थापना हुन पनि सक्छ ।
त्यसैले मार्क्सले निर्माण गरेको बर्गिय संघर्स बाट प्राप्त समाजबाद अथवा साम्यवादको स्थायी प्रयोगका लागि आदर्शवाद ,मानबिय दायित्व, सत्भाब र आपसी मेलमिलापको अत्यन्त आवश्यकता देखिन्छ ।
0 comments
Write Down Your Responses