Powered by Blogger.
पर्यटन दिवसको अवसरमा बाजा हस्तान्तरण


मकवानपुर । ऐतिहासिक नगरी टिस्टुङमा ४० औं विश्व पर्यटन दिवश भव्य रुपमा मनाइएको छ । 

टिस्टुङ बज्रबाराही नेवा पुचको आयोजनामा थाहा नगरपालिका वडा नं ६ का वडाअध्यक्ष शशिधर सुबेदीको प्रमुख आतिथ्यतामा पर्यटन दिवस मनाइएको हो । 

कार्यक्रममा थाहा–१० का वडा सदस्य दिपक गोपाली, नगर कार्यपालिका सदस्य रामपुकार परियार, नेवा पुचका संरक्षक तथा हलि नेवा गुठीका केन्द्रीय महासचिव बिनोद महर्जन लगायतको आतिथ्यता रहेको थियो ।

 पुचःका अध्यक्ष हरिगोपाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव सुमित बलामीले गरेका थिए । 

कार्यक्रममा नेवा पुचले महर्जन समाजका अध्यक्ष ओमकृष्ण महर्जनलाई खिँ बाजा एक सेट प्रदान गरेको थियो । 
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेवा पुचका संरक्षक बिनोद महर्जनले टिस्टुङको पराम्परा जर्गेना र पर्यटन प्रवर्दनका लागि आफुहरु सधैं क्रियाशील भैरहने प्रतिवद्धता जनाए । 

कार्यक्रमलाई सम्वोधन गर्दै वडा अध्यक्ष सुबेदीले संस्कृति संरक्षणका लागि नेवा पुचसंग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । 

यसअघि नै नेवा पुचको पहलमा बज्रवाराही मन्दीर परिशरमा पाँचधारा  निर्माण भइसकेको छ भने अब पाटी तथा सत्तलहरुलाई व्यवस्थित गरी पिकनिक स्पटको रुपमा विकास गर्नुका साथै बाराहीको वनमा सबैभन्दा ठुलो बाराही अजिमाको मुर्ती प्रतिथापन गर्नका लागि पहल गरिने योजना सार्वजनिक भएको छ । 

साथै नेवा पुचको पहलमा २०७७ सालमा टिस्टुङ बज्रवारहीको अजिमा मेलालाई दोस्रो बज्रवाराही अजिमा सांस्कृतिक पर्यटन मेला नाम दिएर व्यवस्थित ढंगले सञ्चालन गरिने समेत बताइएको छ । 

कार्यक्रममा बाराही मन्दीरका पुजारी, धामी लगायत जिल्ला समन्वय समिति मकवानपुरका सदस्य चित्रबहादुर बलामी लगायतको आतिथ्यता रहेको थियो । 

0 comments

Write Down Your Responses