Powered by Blogger.
तातिएको सहर


भवानी न्यौपाने ‘भावना’
कोलाहल यो  सहरको एउटा पसलमा
बजिरहेको मार्मिक गीत  कानमा ठोकियो
शब्द गहिराइमा पौडी खेल्दै गएँ
उस्तै थियो सङ्गीतको हृदय स्पर्शी धुन
उस्तै थिए शब्दका गहिरा आहालहरु
हिड्दा हिड्दै शिथिल भए पदचापहरु
 कम्पित भए  हृदयका  तटबन्धहरु 
भावुकताको नदीले  बगायो
मुटु बेजोड गतिले धड्किरहेको छ
छाती दुखिरहेको छ
आँखा घाइते भएका छन्
चर्को घामले सहर तातिएकोछ
सारा दुनियाँ रङ्गहीन लाग्दैछ
 चर्को धुपले भित्र पोलिरहेको छ
ए हावा !  तिमी जिन्दगीको आयु हौ
तिमी नै प्राणवायु हौ
तिमी किन यसरी परदेशियौ?
छिट्टै  यो भूगोलमा आऊ
यो सहर शीतल बनाऊ
अनि हटाइदेऊ यो गर्मी
जहाँ  सुन्तला,काफल,हलुवाबेद ,आँपहरुले
तिमीलाई पर्खिरहेछन् ।

0 comments

Write Down Your Responses