Powered by Blogger.
जेठ १९ को दरबार हत्या काण्ड र अनुत्तरित प्रश्न

मधुरकवि उपाध्याय
हरेक शुक्रबार राजाले आफ्ना नजिकका नातेदारहरुलाई राजकिय भोजको आयोजना गर्ने गर्दथे । त्यो दिन पनि राजाको योजना अनुरुप कार्यक्रम अगाडि बढेको थियो। दिउसोको व्रतबन्धको भोजमा सरीक हुँदा छोरा दिपेन्द्र पनि उपस्थित थिए तर बाउछोराको बोलचाल भएन ।

देवयानी संगको प्रेम प्रसङ्ग राजालाइ उचीत लागेको थिएन कारण रानी थिइन । उनको असमर्थता, भाइ निराजन र बहिनी श्रुतीको बिचारमा पनि दिपेन्द्रको निर्णय सहि थिएन ।

सैनिकको लागि किन्ने भनीएको हतीयारमा पनि बाउछोराको कुरा मिलेको थिएन । दिपेन्द्र तनाबमा थिए ।

बेलुकाको भोजको कार्यक्रममा उनले काकालाई जसरी पनि आउन सन्देश पठाएका थिए, तर बिरेन्द्रसंग पारसको व्यवहारबाट असन्तुष्ट भएको बिषयमा भनाभन भएर हो या अन्य कारणले चितवनमा रहेका उनका काकाले आफू पोखरा जानू पर्ने र भाइ निराजनलाई पठाइदीने भनेका थिए। 

पार्टीमा सबैलाइ सहयोग र स्वागत गर्दै बसेका दिपेन्द्र मुमा रत्नलाई लीन आफै पुगेका थिए । लगत्तै उनले आफ्ना मदिराका केही प्याला सक्काइ सके पछि उनी भुइमा पछारीए, उनलाइ उनको कोठामा पु¥याएर बिस्तारामा सुताउन खोज्दा पारसलाई आफ्नो पेस्तोल ननीकाल्न भने, देवयानीसङको एकछिको फोन वार्तालाप पछि उनले गाँजाभरेको चुरोट ल्याउन भने सहयोगीलाई, सहयोगी ब्यक्तिलाई रोक्दै हास्दै पारसले सो बस्तु दिपेन्द्र सामु पु¥याइदीए ।

२०५८ जेठ १९ को रात सबैजना काठमाडौबासी आफ्नो आफ्नो घरमा हीजोआजका कुरा हेर्दै बसेका थिए । अचानक सामाचार आयो ‘राजदरबारमा गोली चल्यो र राजा लगायत निकट दसजनाको मृत्यु भयो र काण्ड छोरा दिपेन्द्रले मच्चाए ।’

राजालाइ भगवान बिष्णुको अबतार मान्ने देशबासी राजाको मृत्यु पश्चात् निकै सोकमा मग्न भए । हत्या दिपेन्द्रले नै गरे अनि अन्तमा आफैंलाइ गोलीहानेर आफ्नो पनि हत्या गरे भन्ने प्रतिबेदन रानाभाट आयोगले  सार्वजनिक गर्यो । घटना प्रत्यक्ष रुपमा देख्ने दरबार निकटका ब्यक्ति र सैनीकहरुको पनि एउटै  खालको रटीएको बयान आयो जसमा जोड दिएर भनियो, ‘दिपेन्द्रले नै गोली चलाएका थिए ।’

भान्से सुरारे र केही सैनिकहरुको भनाइ भने त्यँहा दीपेन्द्रको मुहार भएको अरु कोही मानिसहरु थीए र उनीहरुले भिन्ना भिन्नै ठाउमा गोली चलाए ।

सम्पुर्ण तवरबाट घटनाको अध्ययन गर्दा पहिलो कुरा आयो प्रतीवेदन नै गलत भएको र कैयन ठाउमा प्रतीबेदन बाझीएको । विभिन्न थरीका ब्यक्तिहरुले विभिन्न तर्क प्रस्तुत गरे । सबैले आ–आफ्नै लख काटे तर घटना कसले गराएको हो र किन गराएको हो भन्ने अझै निक्र्योल गर्न भने सकिएको छैन । 

प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले भने यो ‘ग्रान्ड डीजाइन’ हो  । तर उनले त्यो डीजाइन पनि आफू सङै लगे ।
कतै भारतीय गुप्तचरको संस्था ‘रअ’ को हात छ, कतै अमेरीकाको, कतै मावोवादी त कतै दीपेन्द्रकै असमन्जस मनस्थितिको कारणले घटना भयो भन्ने चर्चा चल्यो तर विषय अझै रहश्यमय छ ।  



आज समय धेरै बितिसक्दा पनि सो सवालले अझै जनतालाइ ससङ्कीत गरीरहन्छ आखीर कस्ले गर्यो यस्तो कुकर्म ?
हत्या कसले गर्यो भन्ने  विषय पनि अब रहेन, रह्यो त केबल सुरक्षाको । जुन देशमा राजा जस्तो शक्ति सम्पन्न ब्यक्तिको हत्या  दरवारभित्रै हुन्छ र घटना बरफ झै पग्लीएर–बिलाएर जान्छ भने त्यो देशको जनताको सुरक्षाको प्रत्याभुती कसरी गर्न सकिन्छ ?

राजदरबार हत्याकाण्ड लगत्तै नयाँ राजाको प्रतिस्थापन र केही समयपछि राजाको एकलौटी शासन चकनाचुर पार्दै लोकतान्त्रीकरण गरेका नेपालका राजनैतिक दलहरु पनि कुनै पाखुरीमा दम भएका भने देखिएनन् । इतिहासको पानामा बाउले छोरा मारेको आश्चर्यजनक घटना लेखियो तर बिबादास्पद रुपमा । 

न राजतन्त्र, न राणाशासन, न बहुदलीय प्रजातन्त्र, या लोकतन्त्र, जनता भने सधै अन्योलमा र असुरक्षामा रहने हो भने जुनसुकै तन्त्र आएपनी, जस्तोसुकै संविधान आएपनी सधै त्रासमा रहन्छ्न।

बढ्दो असुरक्षा त छँदैछ, अर्को इतिहासमा एउटा ठूलो प्रस्न पनि जोडीयो  कि आखिर को थियो र किन गर्यो त्यो हत्याकाण्ड ? जरुर यस प्रश्नको जवाफ ढिलो–चाडो नेपाली जनताले पाउनैपर्छ । 

–हेटौंडा, मकवानपुर 

हालः अस्ट्रेलिया

0 comments

Write Down Your Responses