Powered by Blogger.
पाँच वर्ष भित्रमा ८० प्रतिशत घोषणा पुरा गरेरै छाड्छौं

पार्वती राना, उपाध्यक्ष , भिमफेदी गाँउपालिका, मकवानपुर

तपाई भिमफेदी गाउँपालिकाको उपाध्यक्ष  भएपछि कस्तो अनुभूति भैरहेको छ ?

जनप्रतिनिधि हुनु र नहुनुमा केही पक्कै फरक हुने रहेछ । त्यो त हुने नै भयो । हामीहरु जनप्रतिनीधि नहँुदा पनि सामाजिक अभियान देखि लिएर विकास निर्माणका कामहरुमा सधै जनतालाई सहयोग गर्दै हिँडेका मान्छे हौं ।  

खासमा जनप्रतिनीधि हुनु भन्दा पहिला मान्यता  र इज्जत  अलि कम हुन्थ्यो । अहिले जनताको जनप्रतिनीधि भैसकेपछि जिम्मेवारी बढि हुँदो रहेछ । त्यो संगै, पहिला बाहिर बसेर गरिएको हुन्थ्यो भने अहिले प्रत्यक्ष त्यँहि भित्र बसेर काम गरि रहेका छौं । 

पहिले हामीले केहि जनतालाई सघाए पनि अहिले चाँहि गाउँपालिकाका सबै जनतालाई सघाएर वा समेटेर कार्य योजना बनाएर अगाडि बढ्नुपर्छ । त्यसैगरी अघि बढिरहेका छौं । 

एक जनप्रतिनीधि, त्यसमाथी महिला,  पारिवारिक  संगैं सामाजिक जिम्मेवारीको कुरा पनि हुन्छ, यसले तपाईलाई  काममा असहजता  परेको छ की छैन् ?

महिलालाई  रहेक काममा अफ्ठ्यारो त हुन्छ नै । आर्थिक, सामाजिक, राजनीतिक, पारिवारीक  हर हिसावले आप्mठ्यारो त पर्ने नै भयो । 

तर पनि म चाँहि पहिला देखि नै सबै कुुरालाई पार गर्दै अगाडि बढेकोले मलाई व्यवस्थापनमा अलि सहज भएको छ । वास्तवमा महिलालाई हेर्ने दृष्टिकोण जत्तिसुकै जिम्मेवार पदमा पुगेपनि उस्तै हुँदो रहेछ ।  

यो मान्छेले के नै गर्न सक्छ र भन्ने खालको हुँदो रहेछ । पुरुष भन्दा महिलालाई कम विश्वास गर्ने, हेपाहा प्रवृति हुदो रहेछ । तर पनि म चाँहि घरको कामहरुलाई  पनि सजिलै व्यवस्थापन गरेर हिँडि रहेकी छु ।  

तर  पनि गाह्रो त छ नै । किन भने पुरुषहरुले बिहान जुरुक्क उठेपछि श्रीमती आमा, बहिनीले बनाएको चिया खाजा खाएर  हिँडे हुनछ भने महिलाले खाना बनाई, परिवारलाई खुवाई, आफु खाई  सबै काम सकेर  हिड्नु पर्ने हुन्छ । 

घरमा कोहि व्यक्ति भेट्न आउँदा पुरुषले  बसेर कुरा गर्न पाईन्छ । तर महिलाले चाहि चिया पकाउदै, खाजा बनाउदै, उहाँहरुलाई खुवाएर कुरा गर्नु पर्ने हुन्छ । त्यहि भएर महिलालाई पुरुष भन्दा केहि फरक त भैहाल्छ नै ।

तपाई जनप्रतिनीधि भएर आएपछि भिमफेदी  गाउँपालिकामा के के काम भए र अहिले के भैरहेको छ ?

हाम्रो गाउँपालिकामा हामीले नेतृत्व गरिसकेपछि कामलाई कसरी अगाडि बढाउने भनेर पहिले योजना बनायांै । कहिले–कहिले के–के काम गर्ने भनेर  कार्य बिभाजन पनि गरेका छौ । र, बिभिन्न नीति नियम पनि तय गरेको छौं । 
यहाँका मान्छेले विकास भनेको भौतिक पूर्वाधार मात्र हो भनेर बुझेका छन् । हामीले भौतिक पूर्वाधार मात्र विकास होइन भन्दै भौतिक पुर्वाधारका अलावा सामाजिक क्षेत्रमा पनि विकास गर्नु भन्ने अवधारण अघि सारेका छौं ।

 त्यस्तै हामीले हाम्रो गाउँपालिकाका कुनै पनि वडामा बाटोको पहुँच पु¥याउनु पर्छ भने उद्देश्यले गाउँपालिकाको रणनीतिका ३ वटा योजनाले बनाएका छौ । हाम्रो साविकको गाविस इपा  अर्थात हालको ८ नम्बर वडाको माथी सम्म जाने बाटो छैन । त्यहाँ जान सारै अफ्ठ्यारो छ । त्यहाँका लागि बाटोको योजना बनाएका छौं ।

५ नम्वर वडा हुदै ३ नम्बर वडाको पारीसम्म जानको लागि बाटो नभएकोले त्यस तर्फ जान छोटो बाटो बनाउने तयारी छ । अहिले बन्दै छ । गाउँपालिकाको रणनीति अनुसार नै हामीले सबै वडामा एक–एक गौरवका योजना अघि सारेका छौ । 

विशेष त  त्यस्ता योजनालाई धेरै बजेट राखेर अगाडि बढेको छौं । यस्तो योजनाहरु मध्ये शिक्षा, स्वास्थ्य र खानेपानीलाई पहिलो प्रथामिकतामा राखेका छौ । र, यहाँको तरकारी खेतीमा विषेश जोड दिने भएका छौ । फलफुल, दहि–दुध उत्पादन कहाँ  बढी हुन्छ, त्यसको अनुगमन गरि त्यसलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएका छौं ।

प्राविधिक शिक्षालाई प्राथामिकतामा राखेर काम अगाडि बढाएका छांै । गाउँपालिकामा प्राविधिक शिक्षाको सबै काम सम्पन्न भैसकेको छ । अब तिहार पछि पढाई सुरु हुने भएको छ । हाम्रो गाउँपालिकामा रहेका ८ वटा माध्यमिक बिद्यालय रहेका छन् । 

ती मध्ये ३ वटा बिद्यालयमा १ कक्षा देखि ४ कक्षा सम्म अंगे्रजीमा पढाई गराउने हाम्रो लक्ष्य रहेको छ । र, अर्काे कुरा गाउँपालिकामा ईलोक्ट्रोनिक हाजिरी, सिसि क्यामेरा लगायतका प्राबिधिक सिस्टम बनाउदै छौं । 

गाउँपालिकामा रहेका सहकारीलाई पनि व्यवस्थीत गर्दै अगाडि बढ्ने योजना रहेको छ । पर्यटनको हिसावले पनि यसलाई कसरी व्यवस्थापन  गर्ने भन्ने बारेमा पहल गरि रहेका छौ । हामी जोडदारका साथ लागि रहेका छौं । 



पर्यटनको विकासको लागि दीर्घकालीन योजनाहरु के–के अघि सार्नु भएको छ ?

पर्यटनको हिसावले प्रदेश  नम्बर ३ को सरकारले पनि नीतिमा राखेर पर्यटकीय संभावना भएको क्षेत्रमा भिमफेदीलाई पनि समावेश गरेको छ । भिमफेदीको सिमामा बिषेश गरेर मैत्री बगैचा छ । त्यसलाई हामीले व्यस्थीत गरेर जाने योजना बनाएका छौं ।

 भिमफेदी राम्रो पुरानो सदमुकामको रुपमा पनि परिचित छ ।  त्यहाँ हात्तिसार देखि भिमसेन मन्दिर, चिसापानी देखि लिएर बिभिन्न झरना–पोखरी समेत रहेका छन् । यसको विकास गर्ने  गाउँपालिकाको समग्र योजना छ । 

तपाईहरुले चुनावको बेला जनता माझ जुन घोषण पत्र  बाँड्नुभयो, त्यो अनुसार काम गरि रहनु भएको छ की, के भैरहेको छ ?

अहिले हामी आएको डेढवर्ष भयो । हामीले चुनावको बेला गरेका प्रतिवद्धता डेढवर्षमा सबै कुरा गरि सक्ने त कुरै भएन । तर पनि हामीले प्रतिवद्धता अनुसार काम अगाडि बढाएका छौं । जनताले पनि हामीलाई  बिश्वास गरेका छन् । हाम्रो चुनावी घोषणा पत्रमा समावेश गरेका प्रतिवद्धता ५ वर्षमा धेरै नभए पनि ८० प्रतिशत पुरा गरि छोड्ने छौ ।

यस्तै हाम्रो प्रतिवद्धता अनुसार आमा बच्चाको लागि गाउँपालिकाका ९ वटै वडामा आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि मात्रृशिशू कार्यक्रम संचालन गरेका छौं । बृद्धाबृद्धको भत्ताको विषयमा  गम्भिर छौं तरपनि गाउँपालिकालाई भत्ता नबढाउन प्रदेश तथा केन्द सरकारले भनेकोले बढाएका छैनौं । 

तर बृद्धाबृद्धलाई सम्मान कार्यक्रम देखि लिएर प्रोत्साहन गर्ने कार्यक्रम अगाडि सारेका छौ । त्यसैले म तपाईको मिडिया मार्फत सबै जनतालाई बिश्वास दिलाउन चाहन्छु की हामीले गरेका प्रतिवद्धता पुरा गरेर पनि त्यो भन्दा बाहेकका काम पनि गछौं । 

लक्ष्य र उद्देश्यमा पुग्न स्रोत साधान र कर्मचारी व्यवस्थापनमा सबैतिर एउटै गुनासो सुनिन्छ, तपाईको गाउँपालिकामा के  अवस्था छ ?

यो नयाँ संरचना  भएकोले गर्दा सबै तिर समस्या छ । औसतमा कर्मचारीहरु स्थानीय तिर आएका छैनन् तर अरु स्थानीय तहमा भन्दा हाम्रोमा कर्मचारी आएका हुन् । अहिलेको  अवस्था पहिलाको जस्तो होइन । 

पहिला गाविस सानो थियो भने अहिले गाउँपालिका  भएकोले ठुलो छ । गाउँपालिकामा २४ हजार ९ सय ६० जना  जनसंख्या रहेको छ । भूगोलको हिसावले पनि विकटता छ । भिमफेदी हेर्दा नजिक बजार क्षेत्र र हैटौडा देखि नजिक भनेर हुँदैन । 

भिमफेदीमा पनि धेरै पीछडिएका जाति तथा मानिसहरु बस्छन् ।  एक त कर्मचारी कम छन् । अर्को भएका कर्मचारीलाई पुरै रुपमा पहिचालन गर्न सकिरहेको अवस्था छैन । किन भने कर्मचारीलाई तह लगाउने की चलाउने  भन्ने हुँदो रहेछ । हामीले तह लगाउने होइन । चलाउने हो । 

२० वर्ष सम्म स्थानीय चुनाव नहँुदा देशलाई उनीहरुले  आफु अनुकुल खेलाई रहेको अवस्थामा एकै चोटी आफनो अधिकार अन्यत्र जाँदा उनीहरु पनि तनावमा छन् । अर्काे कुरा, हामीले नीति नियम बनाउने हो । उहाँहरुले कार्य गर्ने हो । त्यसमा पनि हामीले पुर्ण रुपमा जिम्मेवार भै बसेर छलफल गरेर अगाडि बढि रहेको अवस्था छ ।

तपाईको गाउँपालिकाको न्याय समितिको संयोजक पनि  हुनु हुन्छ, न्यायका मामलामा कस्तो खालाका मुद्दा आउने गरेका छन्, तीनलाई कसरी सामाधान गर्नु भएको छ ?

गाउँपालिकामा आएका अहिले सम्मका मुद्दा–मामिला हामीले गम्भिरताका साथ हेर्ने गरेका छौं । वडाहरुमा पनि सकेसम्म न्याय समिति मार्फत नै मेलमिलाप केन्द्र स्थापना  गरेका छौ । 



त्यसको एक–एक जना संयोजक बनाएका छौ । गाउँपालिकामा हुने मुद्दा,  मामिलालाई वडामा नै मेलमिलाप  गराउने कोशिष गरेका छौ । वडामा नमिलेका मुद्दा गाउँपालिकामा मिलाउँछौ । गाउँपालिकामा पनि नमिल्ने खालका घटना जिल्लामा पठाउने गरेका छौ । 

कस्ता खालका मुद्दा आँउछन् ?

हाम्रोमा आउने मुद्दा जग्गा मिचिएको, झैझगडा परेको, श्रीमान श्रीमतीको  खटपट लगायत पर्छन् । जस्तो श्रीमान बिदेश बसेको, बिदेशबाट पठाएको पैसा घरमा श्रीमतीले घरखर्च नगरी अन्तै सकेको जस्ता खालका मुद्दा बढि आउने गरेका छन् । 

घरेलु हिँंसाका पनि मुद्दाहरु आउने गरेका छन् । एक ७० बर्षकी आमाले मलाई फोन गरेर तपाईलाई भेट्छु भन्दै गाउँपालिकामा आउनु भयो ।  उहाँ दुई तीन दिन लगातार आउनुभयो तर केहि नभनेर घर फर्कीेनु भो ।

 उहाँ फोनबाट भने केहि कुरा गर्नुछ भन्ने तर गाउँपालिकामा आएपछि केहि भन्न नसकेर फर्किने गर्न थालेपछि मैले उहाँलाई छुट्टै राखेर सोधें । पछि बुझ्दा उहाँको बेदना त कहाली लाग्दो रहेछ ।  बिहान ४  उठेदेखि राती ११ बजे सम्म घरको सबै काम उनले नैे गर्नु पर्ने रहेछ । 

श्रीमान रक्सी खाएर राती घरमा आउने अनि उनको इच्छा बेगर शारिरिक इच्छा पुरा गर्न नमानेको भन्दै कुट्ने रहेछ । साच्चै भन्ने हो भने न्यायिक समितिको संयोजक महिला नै भएकाले मात्र यो महिलाको समस्या म समक्ष आइपुगेको हो । ष्यस्ता समस्या हाम्रो समाजमा कति छन् कति ।  

हामीले त्यस्ता मुद्दालाई आपसी छलफल गरेर दुवैलाई मिलाएर पठाएका छांै ।



राजस्व तथा स्रोतको परिचालनको सवालमा अधिकांश ठाउँमा विवाद पनि भएका छन्, तपाईकोमा चाँहि विवाद आएको छ की छैन ? 

राजस्वको सम्बन्धमा हामीले अन्यत्र ठाउँको जस्तो छिटो उठाउन आत्तिएनौं । गाउँपालिकालाई बलियो बनाउन राजस्व उठाउनु पर्ने नै हुन्छ । तर पनि हामीले जनताको ढाड सेक्ने गरि हतार हतार गरेर राजस्व उठाएका छैनांै । 
जनप्रतिनिधी भएकाले जनताप्रति उत्तरदायी हुनुपर्छ र हामी जनताको सेवक हौं भन्ने मान्यता स्थापित गरेका छौं । गाउँपालिकाको सवारी साधनहरुको पनि हामीले त्यती प्रयोग  गर्दैनौं । वडाहरुमा जाँदा आफनै सवारी साधानमा जाने गरेका छौं । एक वर्ष सम्म हामीले बिभिन्न छलफल गरेर ऐन कानुन बनाएका छौं । 

केहि समय प्रदेशलाई पर्खिएर प्रदेशको ऐन आएपछि त्यस ऐनमा टेकेर कानुन निर्माण गरेका छौं । अहिले राजस्व संकलन गर्न थालेका छौ । राजस्व संकलन गर्ने कुरामा दर  र दायराको कुरा हुन्छ । 

हामीले थौरै ठाउँ बाट धेरै पैसा उठाउनु भन्दा पनि धेरै ठाउँबाट थौरै पैसा उठाउने र धेरै पैसा बनाउने नीति अवलम्वन गरेर अगाडि बढेका छौ । तसर्थ हामीले राजस्व  त उठाएका छौ । तर जनताको ढाड सक्ने गरेर उठाएका छैनौं ।

समग्र अनुगमन कार्यको जिम्मा पनि तपाईको काँधमा छ, कसरी गरिरहनु भएको छ अनुगमन ?

अनुगमनको पाटो चाँहि पुर्ण रुपमा उपाध्यक्षलाई जिम्मेवारी छ ।  तर पनि  हामी अनुगमनमा उपाध्यक्ष मात्र  पनि हिड्दैनौं । सुरुमा त बजेट विनियोजनको कुरा देखि लिएर उपभोत्ता समिति गठन गरेर संझौता गर्ने कुरा छ । 

उपभोत्ता समितिलाई कसरी काम गर्ने भनेर सुरुमा हामीले तालिम दिन्छौं । त्यस पछि उहाँहरुले कार्य गर्नु हुन्छ । उहाँहरुको कार्य गर्दा समय–समयमा अनुगमन गर्छाै । त्यो उपभोत्ता समितिको कामको अनुगमन गर्न त्यँहि अनुगमन समिति बनाएका हुन्छौं ।  

उहाँहरुले पनि त्यसको अनुगमन गर्नु हुन्छ । र, पछि स्थानीय र हामी गाउँपालिकाका जनप्रतिनीधि र प्राबिधिक टोलि गएर अनुगमन गर्ने गरेका छौं ।

आम गाँउपालिकावासीलाई केहीे भन्नु छ ?

त्यस्तो त केहि छैन । तर पनि  हामी बसै मिलेर गाँउपालिका बनाउने हो । सबैले होस्टेमा हैंसे गरौं ।  हामीले बजेट सन्तुलीत ढंगले विनियोजन गरेका छौं । हरेक टोल बस्तीका जनतालाई भेला  गरेर योजनाको तयारी गरेका हौं । 

गाउँपालिकाले त्यो योजना पास गरेपछि मात्र काम सुरु गर्ने गरेका छौ । हामी जनप्रतिनीधि निर्वाचित भएर आएको ढेड वर्ष वित्यो । अब हामीसंग रहेको बाँकी ३ वर्षमा हामीले धेरै कार्य गर्नु छ । यो अवसर हामीले यत्तिकै पाएका होइनौं । जनताको मन  जितेर पाएका हौं । 

जनताले हामीलाई बिश्वास गरेर पठाएका हुन् । हामीले जनताको इच्छा चाहना अनुसार काम गर्ने छौं। जनतालाई निरास बनाउने छैनौं । अबको ३ वर्षमा विकासको अनुभूति गराएरै छोड्ने बिश्वास दिलाउन चाहान्छौ । हामी आम दाजुभाई दिदि बहीनीहरुलाई भन्न चाहन्छौं, तपाँइहरु ढुक्क हुनुहोला । 

हामीले तपाईलाई निरासा बनाउने छैनौं । अन्त्यमा शुभदिपावली, छठपर्व, नेपाल संम्वत लगायतका चाडपर्वहरुको अवसरमा शुभकामन तथा अझ धेरै उन्नती र प्रगतीको पनि कामना गर्दछु । 



0 comments

Write Down Your Responses