Powered by Blogger.
अपारदर्शी निर्णयले परिणाम दिन सक्दैन

योगेश भट्टराई,  स्थायी कमिटी सदस्य एवं प्रभावशाली युवा नेता, नेकपा

अहिले नेकपाको सांगठनिक गतिविधीमा सुस्तता आयो, नियमित रुपमा सामुहिकक बैठक र छलफलहरु हुन छाडे नी, किन यस्तो भएको ?

जेठ ३ गते पार्टी एकिकरण भएयता औपचारिक रुपमा स्थायी कमिटी र केन्द्रीय कमिटी बाहेक नेकपाका कुनै कमिटीहरु बनेका छैनन् । प्रदेश , जिल्ला, निर्वाचन क्षेत्रीय, नगर र गाँउ कमिटीहरु र जनसंगठनहरुका पनि सोही ढंगले एकिकरण र एकिकृत कमिटी बन्नुपर्ने अवस्था छ । 

यसरी हेर्दा दुइवटा पार्टी मिलाएर करिव १० लाख मान्छे पार्टीका विभिन्न कमिटीमा संगठित हुनु पर्ने थियो । तर आज ति करिव १० लाख मान्छेहरु कमिटीविहिन छन् । जव १० लाख मान्छेहरु कमिटीविहिन छन् र बनेका केन्द्रीय कमिटी र स्थायी कमिटीहरुको समेत नियमित बैठक बसेका छैनन् र पार्टीमा छलफलहरु भइरहेका छैनन् । 

यही कारणले स्वभाविक हो पार्टी केही हदसम्म सुस्ताएको छ । पार्टीमा गति पैदा भएको छैन भन्ने कुराले त्यसबाट देखिन्छ । 

कहिलेबाट गति लिन्छ त ?

अब हामी छिट्टै नै पार्टीको यो खालको संगठनात्मक स्थितिलाई अन्त्य गछौं । र, सबै पार्टी सदस्यहरुलाई पार्टी कमिटीमा आवद्ध गराँउछौं । पार्टीका तहगत कमिटीहरु छिट्टै बनाउँछौं । मोर्चा संगठनहरु सबै बनाउँछौं । 

र, आउने एक–दुई महिना भित्र सबै दश लाख मानिसहरुलाई कुनै न कुनै पार्टी कमिटीभित्र समेटिसकेका हुन्छौं । त्यसपछि यो हिँउद अवधी भरीमा नेपाल कम्युनिष्ट पार्टीले यो देशमा एउटा तरंग ल्याँउछ ।

गतिविधी गर्छ । साथै यो अवधीमा सरकारद्धारा विनियोजित विकास बजेटहरुको कार्यान्वयन हुन्छ । पार्टीको सांगठानिक एकताको प्रकृया पनि अगाडि बढ्छ । र, दुबै काम संगसंगै अगाडि बढ्दै जाँदा यो बीचमा हामीलाई जति घाटा भएको छ, त्यसको क्षतिपुर्ती हुनेगरी हामी अगाडि बढ्छौं । 

पार्टी एकता हुँदा जुन खालको उत्साह र उमंग नेता कार्यकर्तामा पैदा भएको थियो, पछिल्लो समय त्यो उत्साह किन मर्दै गएको होला ?

नयाँ बच्चा जन्मिएको दिन त्यो क्षण जति खुसीको क्षण हुन्छ, पछि पछि त्यो क्रमश घट्दै जान्छ । सँधै त्यस्तै र त्यक्तिकै खुसी भइरहन पर्छ भन्ने छैन । ठिक यसैगरी दुइवटा कम्युनिष्ट पार्टीका बीचमा एकता भएर जुन ढंगले नेपाल कम्युनिष्ट पार्टी बन्यो, त्यो धेरै ऐतिहाँसिक थियो । 

हामीले वृहत ऐतिहाँसिक एकता गरेका थियौं । यो नेपाल राष्ट्रको आवश्यकता हो, नेपाली जनताको चाहना हो । आजको विश्व कम्युनिष्ट आन्दोलनलाई नेपालबाटै एउटा नयाँ दिशा दिने एउटा महत्वपुर्ण घटना पनि हो । यो काम जब हामीले गरेका छौं भने आज दुनियाँका कम्युनिष्टहरु नेपालतिर नजर लगाइरहेका छन्, नेपाललाई नमुना मानिरहेका छन् । यो हामी सबैका लागि खुसीको कुरा हो । 

संगसंगै हाम्रा केह िकमजोरीहरु अवश्य पनि भएका छन् । ति कमजोरीलाई सच्याँउदैं हामी आगामी दिनमा अगाडि बढ्नेछौं । मलाई विश्वास छ, पार्टी सँधैं संगठनात्मक शुन्यतामा रहँदैन । यो स्थितिलाई हामी तोड्छौं । 

सरकारका बारेमा भएका कतिपय गुनासाहरुलाई हामी गम्भिरतापुर्वक सुन्छौं । ति गुनासालाई हटाउने कोशिस गछौं । भएका राम्रा कामहरुको प्रचार गछौं । र, यसरी फेरी पार्टीले एउटा नयाँ तरंग र जनविश्वास पैदा गर्ने काममा हामी एकतावद्ध भएर लाग्छौं । 

जनसंगठन र कमिटीहरुका एकिकरणका लागि जुन खालका कार्यदलहरु बनेका थिए, कार्ययोजनाहरु पनि अघि सारीएको थियो तर अहिले अहिले त्यो कार्ययोजना अनुसार किन काम हुन सकेन ?

कार्यदलहरु बनेका छन् । कार्यदलहरु सचिवालयले बनाएको हो । ति कार्यदलहरु बन्ने प्रक्रियाहरु पनि कतिपय सवालमा अपारदर्शी छन् । 

स्वभाविक हो, अपारदर्शी ढंगले भएका कामहरुले राम्रो परिणाम ल्याउन सक्दैन । त्यसकारणले नै हामीले विगत केही समयदेखि पछिल्ला दिनहरुमा पार्टी अध्यक्ष द्धोयको गम्भिरताका साथ ध्यानाकर्षण गर्दै आएका छौं । पार्टी स्थायी समितिको बैठक डाक्न भनेका छौं । पार्टी केन्द्रीय कमिटीको बैठक डाक्न भनेका छौं । 

ति बैठकहरु आयोजना हुने क्रममा यो बीचमा भएका सरकारको कामहरुको समिक्षा पनि हामी गर्छौं । पार्टीका आन्तरिक कामहरुको पनि समिक्षा गछौं । यसमा पार्टीकै वरिष्ठ नेताहरुको कतिपय सवालमा असहमति छ । हामीले सार्वजनिक सञ्चार माध्यमहरुबाट त्यो सुनिरहेका छौं ।

 कि असहमतिहरु कति जायज छन्, कति नाजायज छन्, त्यो पनि हामीले छलफल गर्नुप¥यो । उययुक्त ठाँउहरुमा नै त्यो छलफल हुन्छ । र, पार्टीले यो निराशाको जो अवस्था हो, त्यसलाई तोड्दै एउटा उत्साह, स्फुर्तीको वातावरण बनाएर हामी अगाडि बढ्छौं । 

सातवटा प्रदेशका २८ जना नेतालाई दिइएको जिम्मेवारी पनि विवादमुक्त हुन सकेन, पहिले बनाएको मापदण्ड तोडेर जिम्मेवारी दिइयो भन्ने छ, यो विषय अब समाधान भइसकेको हो की फेरी उठाउनुहुन्छ ?

अहिले पार्टी सचिवालयको निर्णय भनेर पार्टीका प्रदेश कमिटीका इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवहरु जसरी तोकिएको छ, त्यो निर्णय एउटा अन्तरिम व्यवस्था मात्र हो । स्थायी निर्णय होइन । 

जब त्यो निर्णय पार्टी स्थायी कमिटीमा र केन्द्रीय कमिटीमा आँउछ र त्यहाँ छलफल गरेर त्यसमा आवश्यक संशोधन वा हेरफेर अथवा त्यसैलाई अनुमोदन गर्ने अवस्था सिर्जना हुन्छ, त्यसपछि मात्र त्यो निर्णय स्थायी हुन्छ ।

 त्यसैले अहिले यो निर्णय कामचलाउ निर्णय हो । कामचलाउ निर्णयबाट एउटा दिर्घकालिन र आम अपेक्षा अनुसारको परिणाम नआउने स्वभाविक हो । 

तपाँइहरु जत्तिको जिम्मेवार नेताहरुले पार्टीका अधिकांश असन्तुष्टी सामाजिक सञ्जालमार्फत पोख्ने गर्नुहुन्छ, किन यसो भएको, त्यो कुरा पार्टीमा पो राख्नुपर्ने होइन र ?

हामी कति कुराहरु सामाजिक सन्जालमा र सार्वजनिक सञ्चार माध्यमहरुमा भन्ने र कति कुराहरु पार्टीमा भन्ने भन्ने कुरामा सचेत छौं । त्यसलाई छुट्याएर हेर्नुपर्छ । सामाजिक सन्जालमा भन्न नहुने कुराहरु भनिदैन ।  

भन्न पनि हुँदैन । त्यसले पार्टीको एकतालाई खण्डीत गर्न, कार्यकर्ताहरुमा भ्रम पार्न सक्छ । त्यसमा हामी सचेत छौं । र, संगसंगै एउटा लोकतान्त्रि पार्टी हुनुको नाताले पार्टीभित्रका आन्तरिक विषयवस्तुहरु, छलफलहरु, पार्टीभित्र भएका वाद विवादहरु, निर्णयहरुलाई सार्वजनिक वहशको विषय बनाउने कुरासंग आत्तिनु हुँदैन । त्यो  सार्वजनिक वहशको विषय हुन्छ । 

किनभने पाटी नै एउटा सार्वजनिक संस्था हो । जनता, पार्टी सदस्य र नेताहरुप्रति त्यसको जवाफदेहिता छ। उत्तरदायित्व छ  भनेपछि राजनीतिक संस्था वा सार्वजनिक संस्थाका निर्णयहरु, सार्वजनिक ठाँउहरुमा वहश–छलफल हुन्छन् । त्यसलाई अश्वाभाविक रुपमा लिनु हुँदैन । 

सवाल यत्ती मात्र हो, छलफल नगर्ने नाममा पार्टीमा निरंकुशता र सर्वसत्तावाद हावी हुँदै जाने र छलफल गर्ने नाममा पार्टीमा अराजकता र अनुशासनहिनताको अवस्था सिर्जना हुने, यि दुबै प्रवृतिबाट पार्टीलाई जोगाउन पर्छ । फेरी पनि पार्टी अहिलेको लागि होइन आउने पुस्ताहरुको भविश्यको निम्ती यो पार्टी हो । 

त्यसैले पार्टीप्रति  र यसको एकताप्रति हामी संवेदनशिल छौं । विशेषगरी पार्टीका दुबै अध्यक्षले पार्टी एकताको संवेदनशिलतालाई उच्च महत्वका साथ ख्याल गर्नुहुनेछ भन्ने हामी अपेक्षा राख्छौं । 



केही दिन अघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र तपाँइको सामाजाकि सन्जालमा दोहोरी नै चल्यो, नेताहरुको यो दोहोरीलाई कार्यकर्ताहरुले राम्रो मानेनन्, खासमा भएके के हो ? स्पष्ट पारिदिनुहुन्छ की ?

खासमा त्यस्तो केही होइन । उहाँसंग मेरो त्यस्तो नराम्रो केही छैन र वादप्रतिवाद गर्नुपर्ने आवश्यकता म ठान्दिन । उहाँले के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो । म उहाँसंग जुधन जानुपर्ने, लड्न जानुपर्ने, उहाँसंग पौठेजोरी खेल्नुपर्ने आवश्यकता मलाई छैन । 

तर दुइपटक त तपाँइ र उहाँको मज्जाले नै दोहोरी चल्यो त ? कहिले माकाफुँइको प्रसंग चल्यो भने कहिले सत्ता अन्धो हुन्छ भन्ने प्रसंग चल्यो, यो कसरी सिर्जना भयो ?

मैले पछिल्लो पटक पोष्ट कसैप्रति इंगित छैन । मैले त सैद्धान्तिक कुरा गरेको हो । कहिलेकाँही सत्ताले मान्छेलाई अन्धो बनाउँछ, सत्ताले मान्छेलाई एकोहोरो बनाउँछ । 

यही अन्धो र एकोहोरोपनले नै दुनियाँमा ठुल्ठुला नचाँहीदा लडाँइहरु पनि भएका छन् । महाभारताको युद्धदेखि अन्य युद्धहरु पनि सत्ता र शक्तिको दम्भकै कारण भएका छन् । त्यो कुराबाट हामी सचेत हुनुपर्छ । 

नत्र कहिल्ेकाही सत्ता र शक्तिले निर्माण मात्रै गर्दैन, भ्वंश पनि गर्छ । ध्वंशको दिशातिर हामी नजाँउ भनेर मैले सबै साथीहरुलाई अपिल गर्न चाहन्छु । 

तपाँइ पनि मन्त्री बन्ने चर्चा धेरै पटक चल्यो, तर  मन्त्री बनाइएन, अहिले अधिकांश मन्त्रीहरु बद्नाम भएका र विवादमा परेको देख्दा अहिले बरु मन्त्री नभएर ठिकै गरिएछ भन्ने लागेन ?

कुनै मन्त्रीहरुको बारेमा पनि मेरो केही पनि टिप्पणी छैन । मन्त्री बन्ने कुरा मेरो लाइन होइन । मेरो गाडी त्यतातिर जाँदैन । मेरो गाडीको बाटो त्यतातिर छैन । 

नेकपाले नेतृत्व गरेको दुइ तिहाइको सरकार छ, घोषणा पत्र एकातिर छ, जनताको इच्छा आकाँक्षा अर्कोतिर छ, तर यत्ति बेला पनि किन यो सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको होला ?

सरकारको बारेमा धेरै कुराहरु मन्त्रीहरुले वा सरकारसंग नजिक भएका साथीहरुले नै बताउन सक्नुहुन्छ । दैनिक सरकारका क्रियाकलापहरुहरु मेरो संलग्नता छैन । यो हाम्रो पार्टीको सरकार भएको नाताले सरकारको राम्रा अथवा नराम्रा कामको जस अथवा अपजसको भागीदार म पनि हुन्छु । 

यो सरकारले कतिपय असाध्यै राम्रा र ऐतिहासिक कामहरु पनि गरेको छ । चाहे त्यो नेपाल भारतको सम्वन्धको मामलामा होस् वा चाहे त्यो नेपाल र चीनका बीचमा प्रोटोकलमा भएको हस्ताक्षर होस्, चाहे अरु दुनियाका अन्तराष्ट्रिय शक्तिहरुसंगको सम्वन्ध र सम्पर्कलाई अझै जीवन्त ढंगले अगाडि बढाएको कुरामा होस्, यस्ता कतिपय ऐतिहासिक उपलव्धी यो सरकारको पालामा हामीले प्राप्त गरेका छौं । हिजोको भन्दा आज भ्रष्ट्राचारका मुद्दाहरु सार्वजनिक सञ्चार माध्यममा कम भएका छन् । 

त्यसको मतलव हिजोभन्दा आज सुशासनको स्थिति सुदृढ भएको भन्ने नै ठान्नुपर्छ । राजश्व संकलनको स्थिति हेर्ने हो भने अर्थमन्त्रीले भनीरहनु भएको छ, झण्डै हामी विगत वर्षको तुलनामा ३७ प्रतिशत जति राजश्व वृद्धि गरेका छौं । त्यो पनि सुशासनविना संभव हुने कुरा होइन । 

मौलीक हक सम्वन्धी कानुनहरु हामीले तयार ग¥यौं । ति सर्वसम्मत ढंगले बनेका छन् । पक्ष प्रतिपक्ष सबै मिलेर हामीले बनाएका छमैं । तयो धेरै महत्वपुर्ण कुरा हो । अब हामी यो सरकार बनेपछि तिनै तहमा नयाँ सरकार बनेको छ । ति सरकारहरुलाई स्थापित गर्ने काममा हाम्रो पार्टी लागिरहेको छ । 

त्यसको भौतिक संरचना निर्माणदेखि लिएर प्रशासनीक संरचना निर्माणदेखि लिएर त्यसका कानुनी संरचना निर्माणदेखि लिएर धेरै मात्रामा संघीय शासन प्रणालीका पुर्वाधार विकास गर्ने कुरामा अहिलेको सरकारले एकपछि अर्को महत्वपुर्ण निर्णय गर्दै आएको छ ।कर्मचारी समायोजनदेखि अरु कतिपय सन्दर्भमा राम्रो काम गर्दै आएको छ । 

तर यही सरकारले अत्यन्त विवादास्पद पात्रहरुको नियुक्ति गर्नेदेखि लिएर निर्मला पन्तको बलात्कार तथा हत्या जस्तो अपराधको तथ्य पत्ता लगाउन नसकेर चौतर्फी आलोचना पनि खेपेको छ ?

हो, यस्ता केही समस्याहरु छन् । केही कमजोरीहरु पक्कै पनि भएका छन् । विभिन्न व्यक्तिहरुको नियुक्ति गर्ने सन्दर्भमा होस् अथवा शान्ति सुरक्षाको स्थितिलाई अझै मजवुद पार्ने अवस्थामा होस् । तर यसो भनेर यो सरकार सम्पुर्ण हिसावले फेल भएको छैन । सरकारको दिशा सकारात्मक छ । 

त्यो सही दिशा पक्डीदा पक्डीँदै पनि कतिपय कमजोरीहरु, असफलताहरु हुनसक्छन् । त्यो एक दुइवटा विषयमा असफलता भयो भनेर सिङ्गो परिक्षमा नै फेल भयो भन्न सकिँदैन । प्रयत्न सहि गरेको छ की छैन, हामीले त्यो हेर्ने हो । प्रधानमन्त्रीको प्रयत्न सकारात्मक छ । मन्त्रीहरु पनि आम हिसावले सही नै काम गरिरहेका छन् भन्ने म ठान्छु । र, अब जनस्तरबाट आएका र मिडीयामा आएका गुनासा केही पनि होइन भन्ने पनि म ठान्दिन । 

ति गुनासाहरुलाई, आलोचनाहरुलाई हाम्रो सरकारले गम्भिरतापुर्वक लिनुपर्छ । त्यसलाई सच्याउनुपर्छ । सुधार्नुपर्छ । यति मात्रै म भन्न चाहन्छु की नेपालमा अनेक सरकारहरुको अभ्यास भयो । 

यो सरकार चाँही एउटा अन्तिम विकल्प हो । यसको अर्को विकल्प छैन अब । यो सरकार असफल भयो र अर्को कुनै पार्टीको सरकार आएर यो देशमा फेरी गर्छ भन्ने मलाई लाग्दैन । यो अन्तिम विकल्प हो  । यदी यो लोकतान्त्रिक विकल्प असफल भयो भने मुलुकमा हामीले नचिताएको डरलाग्दो  राजनीतिक प्रलय हुनसक्छ । त्यसकारणले यो सरकारलाई कुनै पनि शर्तमा असफल हुने छुट छैन । 



सरकारको काम गराई हेर्दा पार्टी र सरकारबीच समन्वय नमिलेको जस्तो देखिन्छ नी ?

पार्टी र सरकारको बीचमा राम्रो समन्वय र राम्रो सम्वन्ध चाहे जति मात्रामा हुन सकेको छैन । यो यर्थाथ हो । त्यसले नै कतिपय समस्याहरु उत्पन्न गरेका छन् । 

त्यसकारण हामीले स्थायी कमिटीको बैठकमा पार्टी र सरकारबीचको सम्वन्ध, सरकारको समिक्षाको बारेमा पनि छलफल हुनुपर्छ भनेका थियौं । तर दुर्भाग्यवश विभिन्न कारणले कात्तिक १२ र १३ गते बस्ने भनिएको स्थायी कमिटी बैठक अनिश्चीत कालको लागी स्थगित भएको छ । 

अब जहिले बैठक होला त्यो बेलामा हामी यो छलफल गछौं । मैले पार्टी अध्यक्षहरुलाई समय घर्किनु अगावै हामी सचेत होऔं नत्र समय बलवान् हुन्छ भनेको छु । 

पछिल्लो समय वामदेव गौतमलाई चुनाव उठाउने कुरा आयो, फेरी त्यत्तिकै सेलायो, यसबारे तपाँइको के भनाई हो ?

त्यसमा मेरो केही पनि प्रतिक्रिया छैन । किन वामदेव गौतम चुनाव उठ्न लाग्नुभएको थियो ? किन उहाँलाई उठ्नु भनिएको थियो ? मैले सुनेअनुसार पार्टी अध्यक्षहरुले नै उहाँलाई उठ्न भन्नुभएको थियो रे । पार्टीको सचिवालयममा नै छलफल भयो रे । 

वामदेव गौतम काँही न काँही चुनाव लड्ने भनेर उहाँहरुले छलफल गर्नुभएको रहेछ । किन त्यो छलफल गर्नुभयो ?किन वामदेव गौतम उठ्नुपर्ने ?  किन फेरी नउठ्नुपर्ने ? 

यो विषय पार्टीको स्थायी समितिमा कहिले पनि छलफल द्धएको छैन । तसर्थ आफुले नजानेको, नसुनेको, नबुझेको र आफुलाई थाहा नभएको विषयमा नबोल्नु नै राम्रो हुन्छ जस्तो लाग्छ । 

–बुधबार साप्ताहिकबाट


0 comments

Write Down Your Responses