यसरी सकियो लियोको पदस्थापना तथा जिल्ला परिषद् (फोटोफिचर सहित)
रुपक कालिराज
मकवानपुर / लियो जिल्ला परिषद् ३२५ बी २ नेपालको सातौ पदस्थापन एवम् पहिलो काउन्सिल मिटिङ सम्पन्न भएको छ । लायन्स क्लव ईन्टरनेशनलको निर्वतमान डाईरेक्टर लायन ईञ्जिनियर संजय खेतानको प्रमुख आथित्यता तथाा लियो क्लव अफ ३२५ बि २ नेपालका अध्यक्ष तारा गुरागाईको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
लियो क्लव वर्ष २०१८ ÷१९ का नवनिर्वाचित पदाधिकारीलाई विशेष अथिति समेत रहेका लायन्स क्लव अफ ३२५ बि २ नेपाल अध्यक्ष सुनिल ओझाले सपथगरण गराएका थिए ।
प्रमुख अथिति समेत रहेका लायन्स क्लव ईन्टरनेशनलको निर्वतमान डाईरेक्टर लायन ईञ्जिनियर संजय खेतानले युवा शक्तिको प्रतिक भएको बताएका छन् । लियो जिल्ला परिषद् ३२५ बी २ नेपालको सातौ पदस्थापन एवम् पहिलो काउन्सिल मिटिङ कार्यक्रमलाई सम्बोधन गर्दै खेतानले युवा न्यू आडियाको प्रतिक भएको भन्दै सामाज परिर्वतन लियो युवाले गर्न सक्ने बताएका छन् ।
क्लबले नेपालमा स्थानीयको मन जित्न सफल भएको भन्दै राष्ट्र निमार्ण गर्नको लागि लियो युवाको दाहित्व भएको बताए । खेतानले लियोका युवामा नेतृत्व गर्ने क्षमता भएको भन्दै आशा र विश्वासलाई कायम राखि सामाजिक कार्यमा अग्रसर भई इतिहास रच्नको लागि समेत आग्रह गरे ।
सपथगरण कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लव अफ ३२५ बि २ नेपाल अध्यक्ष सुनिल ओझाले लियोले सामाजिक कार्यमा देखाएको लगनशिलताको प्रशंसा गरेका थिए । आर्थिक, सामाजिक, राजनितिक सबै क्षेत्रामा युवा शक्ति आवश्यक रहेको बताउदै राष्ट्र निमार्ण र समृद्ध बनाउन युवा परिचालन हुनु जरुरी रहेको बताए ।
४० लाख युवा विदेशीभुमिमा श्रम गर्न बाध्य भएको भन्दै नेपालमै बसि नयाँ नयाँ सोच बनाई काम गर्ने वेला आएको बताए । लियो युवाले नेपाललाई चिनाउने खालको कार्यक्रम गर्नको लागि आग्रह गर्दै सामाजिक कार्य गरि नमुना लियो बन्न सुझाव समेत दिए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, प्रतिनिधि सभा सदस्य चौदतारा, लियो जिल्ला परिषद् ३२५ बी २ नेपालमा आवद्ध भएका मकवानपुर, चितवान, बुटवाल, बारा पर्सा, नवलपरासी लगायत गरि २० भन्दा वढि जिललाका लियो क्लवका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
फोटो सौजन्य : मोहित अग्रवाल (mohit agrawal)
0 comments
Write Down Your Responses