महोत्सवबाट टिष्टुङको पहिचान स्थापित गर्न प्रसास गछौं
असोज २४ गते देखि २७ गेत सम्म टिस्टुङ महोत्सव आयोजना गर्ने तयारी अगाडि बढाउनु भएको छ, यसको तयारी कसरी अघि बढ्दैछ ?
टिस्टुङ महोत्सव आयोजना गर्ने कुरा चलिसकेपछि हामीले टिस्टुङ क्षेत्रका व्यापारी एवं त्यहाँका स्थानीय बासिन्दासंग छलफल ग¥यौं । सबैजना सकारात्मक भएपछि उहाँहरुको छलफलबाट हामीले महोत्सव गर्ने निर्णयमा पुगेका हौं ।
महोत्सवको उद्देश्य बारे सबैलाई प्रस्ट जानकारी गरायौ । त्यहि जानकारी पछि उहाँहरुलाई नै अनुमोदन गराईकन उहाँहरु संग बैठक बसि टिस्टुङ महोत्सवको आयोजना अगाडि बढाएका छौ । यो टिस्टुङ महोत्सव नेपाल सम्वत ११ सय ३९ न्हुँदया भिन्तुनाको अवसरमा गरिने कार्यक्रममा समापन गर्न गइरहेका छौं ।
त्यहाँको स्थानीय कला, संस्कृति, सम्पदा, मौलिकताको प्रचार प्रसार र स्थानीय उत्पादनहरुको प्रवद्र्धनको लागि महोत्सव गर्न खोजिएको हो । यो महोत्सवको लागि मूल समारोह समिति गठन भएको छ । यसको सयोजक म आफै रहेको छु । र, सहसंयोजक चाँहि प्रमोदकृष्ण जोसी रहनु भएको छ ।
अर्काे कुरा हामीले कार्यक्रमको तयारीको लागि बिभिन्न २२ वटा समिति गठन गरि सकेका छौ । जस्तैः सांस्कृतिक समिति, नृत्य–गायनको छुट्टै समिति, आफ्नै मौलिक कला सांस्कृतिको छुट्टै समिति लगायतका उपसमिति समेत गठन गरेको छांै ।
यस्तै गेट निर्माण, स्वागत सत्कार देखि हरेक काममो जिम्मेवारी बाँडफाँट भएर हामी सबै तयारीमा जुटिरहेको अवस्था छ ।
महोत्सव गर्नु एउटा फेशन जस्तो चलिरहेको छ, तपाईहरुले महोत्सव गर्नुको मुख्य उद्देश्य के हो ?
निश्चित रुपमै हो, अहिले हरेक स्थानका महोत्सव फेशनकै रुपमा भईरहेका छन् । हामीले पनि किन टिस्टुङ महोत्सवको आयोजना नगर्ने भन्ने लाग्यो । अहिले सम्म भए गरेका अधिंकाश महोत्सवहरु उद्योग वाणिज्य संघले आयोजना हुन्थे । महोत्सव भनेर नाम दिएता पनि ति महोत्सव व्यापारीक भेला र मेला जस्तो देखिन्थ्यो ।
हामीले टिस्टुङमा गर्ने भनेको थाहा नगरपालिकाको टिस्टुङ महोत्सव हो । हामीले एउटा नारा नै तयार पारेका छौ कि ‘ऐतिहासिक टिस्टुङ हाम्रो पहिचान, सम्बृद्ध टिस्टुङ हाम्रो अभियान’ ।
यो हामीले के कारणले बनाएका हौं भने हाम्रो ठाउँमा भएको नाम टिस्टुङ पनि अचेल ओेझेलमा पारियो । हाम्रो स्थानको नाम ऐतिहासिक टिस्टुङ हो तर एउटा काल खण्डमा त्यसलाई बज्रबाराही बनाईयो ।
अहिले हाम्रो चाल चलनको बोलिचाली भाषा बज्रबाराही भनिएपनि यो नाम हाम्रो पहिचान होइन । हाम्रो पहिचान ऐतिहासिक टिस्टुङ नै हो ।
टिस्टुङको अभिलेखहरुले पनि हाम्रो स्थानको महत्व कति छ भन्ने कुरा प्रस्ट पारेको अवस्था छ । अंशुवर्माको अभिलेखामा २ वटा अभिलेख रहँदा खेरी त्यहाँ टिस्टुङ भनेर उल्लेख भएको हो । यो अभिलेख हामी संग छन् । त्यो अभिलेखमा लेखेको शब्द टुस्टुङ छ । पछि टिस्टुङ भन्न थालिएको हो ।
अहिले त्यो टिस्टुङ भनेर चिन्न पर्ने ठाउँलाई बज्रबाराही भनेर हामीले बोल्दै आयौं । हामीले महोत्सवमा अन्तबाट ल्याएर स्टल राखेर बाहिरको सामान व्यापार गर्ने होइन । त्यहाँको मौलिक उत्पादन विक्री तथा प्रवद्र्धन गर्ने हो ।
थाहानगरपालिकाका व्यावसायीहरु आ आफनो ठाउँबाट व्यावसाय गरिराख्नु भएको छ । उनीहरुलाई नै समेटिएर उहाँहरुको व्यावसायको साथै त्यहाँको उत्पादनका लागि एउटा स्टलको व्यावस्था गरिनेछ । त्यहाँ भएको मौलिक साँस्कृतिक जस्तै हिजो देखि चाल चलनमा आएका मौलिक खानाका प्रकारहरु देखि लिएर टिस्टुङमा उत्पादन हुने सामाग्रीको स्टल राख्ने योजना छ ।
हामी कहाँ भएका सहकारीहरुले आफनो उत्पादन बढाउन थालिसकेको अवस्था छ । जस्तै साना किसान सरकारी आफ्नै अचार उत्पादन गर्दैछ । हामी त्यस्ता उत्पादनहरुलाई स्थान दिन्छौं ।
त्यहाँका मौलिक कला, संस्कृति, स्थानीय उत्पादन र पहिचान के के छन् ?
अहिले हामी कहाँ विस्तारै ति मौलिक उत्पादनहरु लोप हुँदै गइरहेका छन् । एकताका व्यापक हुने ढिकीमा कुटेका चिउरा लोप हुदै गइरहेको छ । त्यो चिउरा अहिलेको चिउरा भन्दा असाध्यै मिठो चिउरा हो ।
अहिले हामीले त्यसलाई व्यवस्थित ढंगले उत्पादनमा ल्याउन खोजिरहेका छौं । त्यसको एउटा स्टल राख्ने तयारीमा छौ । हामीले त्यो तयारीमा अहिले देखि नै लागेका छौ ।
अर्काे कुरा चाँहि हाम्रोतिर बुनिने खेसकोे कपडा एक समय अत्याधिक बिक्रि वितरण हुन्यो । पछिलो समय रेडिमेट कपडाले गर्दा त्यो कपडा लोपोन्मुख भएको छ । हामीले त्यसलाई कसरी बचाउन सकिन्छ भनेर त्यस तर्फ पनि सोचेका छौं । त्यसको अध्ययन गरेका छौ ।
त्यो चिजलाई लिएर खेसको कपडाको स्टलको व्यवस्था पनि गरेका छौ ।
त्यसै गरी हाम्रो मौलिक खानाका प्रकारहरु टिस्टुङ क्षेत्रममा हुने गरेको बिभिन्न जातिले खाने गरेका मौलिक खानाका प्रकारहरुको लागि पनि हामीले व्यवस्था गरेका छौ ।
अर्काेकुरा, हामी कहाँ हुने बिशेषत नगदेबाली,तरकारी खेति तथा अन्य कृषि उत्पादनलाई आधुनिकिरणीमा हामीले अगाडि बढि रहेको अवस्थामा कृषि बजारी करणमा समस्या आइरहेको अवस्था छ ।
अहिले हाम्रोमा न्युनतम मुल्यममा तरकारी पाईरहदा खेरी उता उपभोत्ता कहाँ पुग्दा हजारै गुणा बढ्छ । त्यो हजारौं गुणामा हामी तरकारी किनी खान बाध्य छौ । त्यो तरकारी कतिमा पाईन्छ । त्यसको पनि थाहा नहुन सक्छ । त्यसैले हामी त्यहाँ किसानको तरकारी उत्पादनहरु वाश्तविक मुल्यमा राख्न गइरहेका छौं ।
टिस्टुङ महोत्सव र हामी कहाँ भएको घरेलु उद्योगले उत्पादन गरेको सामाग्रीहरुको विक्री वितरण प्रर्दशनको लागि कोशेढुङ्गा हुनेछ । मुलत हामी यो महोत्सवबाट टिष्टुङको पहिचान स्थापित गर्न प्रसास गछौं ।
विगतमा सामाजिक काममा राजनीतिक प्रतिरोध र आरोप पत्यारोपको समस्याले व्यवधान आँउथ्यो, अहिले कसरी मिलाउनुभएको छ ?
राजनीतिक कारणमा हामीले सोचेका पनि छैनौं । हामीले हाम्रो समुदायमा भएका गन्नेमान्ने मानिसहरुसंग छलफल गरेका छौ । सहकार्य गरेका छौ । हामी कहाँ भएका १३ वटा वित्तिय संस्थाहरुलाई हामीले सहआयोजकको भूमिका निर्वाह गर्नेको लागि अपिल ग¥यौ ।
उहाँहरुले पनि सहजै हाम्रो प्रस्ताव स्वीकारेर हामी सहआयोजकको भूमिका निर्वाह गर्छु भनेका छन् । र, हाम्रो सबै सहकारीका सदस्यलाई एक दिन भए पनि बोलाउछौ भनेर प्रतिवद्धता गर्नुभएको छ । यसलाई राजनीतिक मुद्दा नबन्ने गरी कुनै हामी अघि बढीरहेका छौं ।
हामी राजनीति कारणले र प्रभावले यो कार्यक्रम गर्ने गहिरहेका छैनौं । कसैले पनि यो कार्यक्रमबाट राजनीति स्वार्थ लिने छैनन् ।
विशुद्ध रुपमा हाम्रो टिस्टुङको प्रवद्र्धनका लागि टिस्टुङ ठाउँलाई कसरी अगाडि बढाउने भन्ने सोचेर हामीले आमसमुदाय र आमराजनीतिक कर्मीहरु लगायत सबैसंग छलफल गरि यो कार्यक्रम अगाडि बढाएका छौं । त्यहि भएर हामीलाई अहिले सम्म कसैले कुनै राजनीतिक रुपले हेरेको छ जस्तो मलाई लाग्दैन । यो विशुद्ध सामाजिक काम हो ।
महोत्सवमा आन्तरिक तथा वाह्य पर्यटकको उपस्थितिको कतिको लक्ष्य राख्नु भएको छ ?
अहिले हाम्रो क्षेत्रमा रहेका १३ वटा वित्तिय संस्थाहरुका सदस्यहरु २० हजार रहेका छन् । उनीहरु बाहेक थाहा नगरपालिका समगभरी कार्यक्षेत्र रहेका, इन्द्र सरोवर गाउँपालिकामा २० हजार शेयर सदस्य रहेका छन् । उहाँहरुले सबैलाई आमन्त्रण गर्नुहुन्छ ।
त्यहि भएका कारण केहि आएन भन्ने पनि ८० प्रतिशत मानिसले कार्यक्रमको अवलोकन गर्ने आशामा हामी रहेका छौ । यसरी हेर्दा खेरी दैनिक १६ देखि २० हजार मानिसले त्यहाँको ४ दिनको कार्यक्रममा सहभागिता हुनेमा हामी आशावादी छौ ।
कार्यक्रममा हाम्रो क्षेत्रका देखि लिएर छिमेकी क्षेत्रबाट, जिल्ला बाहिरबाट पनि दर्शक आउने आशामा हामी रहेका छौ । करिव ५० हजार मानिसले ४ दिन सम्ममा कार्यक्रमको अवलोकन गर्ने भन्नेमा हाम्रो आशा छ ।
थाहा नगरपालिकाको विभिन्न ठाउँमा यसअघि पनि महोत्सव पहिले देखि हुदै आएको र हरेक महोत्सव विवादित र आर्थिक रुपले अपारदर्शी हुँदै आएको छ, यो महोत्सवलाई पारदर्शी बनाउने तयारी के गर्नु भएको छ ?
यस विषयमा हामीले गम्भिर ध्यान दिएका छौं । अगाडिका महोत्सवको समिक्षा गर्दै यसपालि हामीले त्यसलाई सम्झन योग्य हुनै पर्छ भन्ने हिसाबले यसपालिको महोत्सवको रूपलाई परिवर्तन गरेका छौ ।
जस्तैः आर्थिक पारदर्शीताको विषय मुल मुद्दा हो । कहाँ बाट कति आम्दानी भयो ? कति खर्च भयो भन्ने कुरा मुल मुद्दा हो । यसलाई लिएर हामीले आम्दानी र खर्चको विषयमा एकद्धार प्रणाली बनाएको छांै । प्रायोजन गर्नेहरुको लागि हामीले रसिद र बिल बनाएका छौ ।
जुन बिल र रसिदलाइ संयोजकले हस्ताक्षर गरेको र प्रमाणित गरेको मात्र मान्य हुने छ । रसिद आइपुग्ने र सोही अनुसार हिसाव हाम्रो हिसाबमा जोडिन्छ । अर्को कुरा, खर्चको पनि वान डोर सिस्टम नै हुन्छ । खर्च कता गर्ने ? कसरी गर्ने भन्ने सिस्टम बनाएका छौ ।
सहसंयोजकले चाँही खर्चको जिम्मेवारी लिने गरि सिस्टम बनाएका छौ । अर्को कुरा चाही टिस्टुङ महोत्सवको नाममा मुल्य अभिबृदी करमा आन्तरिक राजस्व कार्यालयमा नै हामीले हामिले दर्ता गरेका छौं ।
जिल्ला प्रशासनको स्वकृतिक र थाहा नगरपालिकाको स्विकृति लिएका छौ । उहाँहरुबाट अनुमति लिइ सकेपछि राजस्व बिभागमा मुल्य अभिबृदी करमा दर्ता समेत गरेका छौ । राजस्व कार्यालयबाट हामीलाई पान नम्बर दिएको छ । टिस्टुङ महोत्सव मुल समारोह समितिको नामम अडिट गर्ने छौ ।
सम्पुर्ण नाफा नोक्सानको हिसाब किताब आन्तरिक राजस्व कार्यालयमा पेस गरिने छ । टिस्टुङ महोत्सव चार दिनको हुने छ ।
समापन नेपाल सम्वत ११३९ मा गरिने भएकाले यसको औपचारिक कार्यक्रमको समापन कार्तिक २२ गते गते सामाजिक लेखापरीक्षण गरि सम्पन्न गर्छौ ।
अन्त्यमा संयोजकको हैसियतले के आग्रह छ आम सञ्चारकर्मीहरुलाई ?
मिडिया कर्मी मित्रहरूको प्रयासले मात्र हाम्रो कार्यक्रम सफल हुने हो । हामी कार्यक्रमको तयारीमा जुटेका छौं । यो बीचमा तपाईहरुको सहयोगले मात्रै यो कार्यक्रम सफल हुन्छ जस्तो लाग्छ ।
यो कार्यक्रमको अन्तिम अवस्थासम्म तपाईहरुले साथ दिनु हुने छ भन्ने आशामा हामी छौं ।
0 comments
Write Down Your Responses