परीक्षामा ७१ प्रतिशत डाक्टर फेल
यसरी हुन्छ परीक्षा
तीन ठाउँमा चेकजाँच
परीक्षा हलमा प्रवेश गर्न तीन ठाउँमा चेकजाँच हुन्छ। पहिलो घेरामा प्रवेश पत्र चेक हुन्छ। प्रवेश पत्रमा बारकोड राखिएको हुन्छ, बारकोडले रिड गरेपछि फारम भर्दाको फोटो र लाइभ फोटो मिलेपछिमात्र भित्र दोस्रोमा सुरक्षा जाँच पुग्छ।
त्यहाँ मेटल डिटेक्टरबाट जाँच हुन्छ।
त्यसपछि तेस्रो घेरामा मोबाइल, झोला र अन्य सामाग्रीहरू राखिन्छ ताकि परीक्षार्थीले प्रवेश पत्रबाहेक अन्य सामान लिन पाउँदैनन्। लेख्ने कलम काउन्सिलले नै दिन्छ।हलमा १५ जना परीक्षार्थी बराबर १ निरीक्षक खटिएका हुन्छन्। परीवेक्षण गर्न स्वास्थ्य र शिक्षा मन्त्रालय, प्रतिष्ठान, स्वास्थ्य व्यवसायी परिषदलगायतका अधिकारी पनि बोलाइएको हुन्छ। परीक्षा सकिनेबित्तिकै मेसिनबाट उत्तरपुस्तिका जाँच्न सुरू हुन्छ। मेसिन चलाउनेहरू पनि विदेशबाट आएका हुन्छन्। हलमा पसेपछि एकमुष्ट नतिजा नआउन्जेलसम्म परीक्षामा खटिएका कर्मचारी र काउन्सिलले खटाएकाहरू बाहिर जान पाउँदैन। एक पटक परीक्षा तयारी गर्न काउन्सिललाई १० दिनजति समय लाग्छ।
परीक्षा केन्द्रमा जामर प्रयोग
नेपालमा हुने कुनै पनि परीक्षामा जामर प्रयोग भएको पाइँदैन तर काउन्सिलले डाक्टरको परीक्षामा चलखेल नहोस् भनेर जामर प्रयोग गर्छ।‘कसैले कुनै पनि किसिमले चलखेल गर्न नसकोस् भनेर मोबाइल पनि नचल्ने जामर प्रयोग गर्छौं,’ काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले बताउनु भयो।
0 comments
Write Down Your Responses