चन्द्रागिरी थानकोटको ढुङ्गा ७५ लाखमा बेचेर ६० करोडमा फेरी किनेर भ्रष्ट्राचार गर्न खोजियो
बिनोद महर्जन, संस्थापक अध्यक्ष, टिष्टुङ बज्रबाराही नेवा पुचः
|
लामो समय देखि राजनीति तथा समाजिक क्षेत्रमा लागिरहनु भएको छ, अहिलेसम्म के के गर्नुभयो ?
अहिले हामीहरु सामाजिक, राजनीति र विकास निर्माणको क्षेत्रमा सामाजिक अभियन्ताको भुमिकामा सक्रिय रहेका छौं । टिस्टुङ बज्रबाराही नेवा पुचःको संस्थापक अध्यक्षका अतिरिक्त नेपाल मण्डल पर्यटन नगरीमा पनि आवद्ध भएको हाम्रो गाँउ ठाँउको पर्यटकीय विकासका लागि हामी लागिरहेका छौं ।
हामीले सुरुमा नेवा पुचः मार्फत टिष्टुङ पालुङ क्षेत्रमा एम्बुलेन्सको प्रवन्ध ग¥यौं । पहिले एम्बुलेन्स नभएर त्यहाँका जनता धेरै पिडित थिए ।
यसबाहेक स्वास्थ्य क्षेत्रमा शिविरहरु सञ्चालन गर्ने, गाँउमा सरसफाइ अभियान सञ्चानल गर्ने, कला संस्कृतिको संरक्षण गर्ने र समग्रमा पर्यटन मार्फत टिष्टुङ पालुङलाई चिनाउने अभियानमा हामी लागिरहेका छौं । हाम्रो मुख्य उद्देश्य यहि हो ।
हामीले यतिमात्र होइन त्यहाँको विकास निर्मण, त्यहाँका स्थानीयको दुख सुखमा साथ दिदै आएका छौ । हामीले धेरै पटक स्थानीयको दुख पिडामा सहयोग गरेका छौं । पहिले प्रत्येक महिनाको एक पटक आखाँ शिविर ग¥यौंै । नेपाल आखाँ अस्पताल र नेवा पुचःको सहकार्यमा आखाँ शिविर संचालन गरेका थियौं ।
वर्षौ देखि आखाँको मोतियाबिन्दुका बिरामीहरुलाई आखाँ शिविर संचालन गरि मोतिबिन्दुको अप्रेशन गरि आखाँ देख्ने बनाएका छौ । एक बृद्धा मोतियाबिन्दुका कारण ३ वर्ष देखि थला पर्नु भएको थियो । उहाँले साह्रै दुख पाइरहनु भएको थियो ।
उहाँलाई हामीले आखाँको मोतियाबिन्दुको अप्रेशन गराई अहिले आखाँ देख्ने बनाएका छौ । यसैमा हामी गर्व गर्छौ र खुसी पनि छौ ।
नेवा पुचःको नाममा तपाईको संस्थाले नेवार जातिको मात्र सामुदायिक कुरा ग¥यो, बढी राजनीति ग¥यो भन्ने आरोप छ नी ?
हेर्नुस, स्थानीय जनप्रतिनीधि र राजनीतिक दलले गर्नु पर्ने काम यिनीहरुले गर्न नसकेपछि हामीले गरेका छौं । तयसैले केही केहीले आरोप लगाएपनि जनप्रतिनीधीहरु भित्री रुपमा सकरात्मक र हामीप्रति खुसी छन् ।
यो त बाहिरी रुपमा खाली आरोप लगाउने कुरो हो । स्वास्थ्य क्षेत्रमा मात्र होइन अन्य क्षेत्रमा पनि उहाँहरुले गर्नु पर्ने काम र भूमिका उहाँहरुले गर्न सकेका छैनन् । त्यो काम हामीले गरि देखाई दियौ । हामीले स्थानीयको माग अनुसार एम्बुलेन्स ल्यायौ ।
त्यतीबेला नेपाल रेडक्रस सोसाइटी बज्रवाराही शाखाले पनि एउटा पुरानोे एम्बुलेन्स चलाई रहेको थियो । त्यो बेला हामीले पनि एम्बुलेन्स ल्याँउदा हामीलाई केहीले अफ्ठ्यारो पार्न खोजिएकै हो ।
हामीलाई हेर्ने नजरमा फरकपन भएको हो । तर सबै स्थानीयको त्यस्तो मत छैन । नेवा पुचःलाई अहिले स्थानीय जनताले सुखदुखका साथीका रुपमा बुझ्छन् ।
तपाई नेपाल मण्डल पर्यटन नगरीको सचिव र दक्षिण–पश्चिम भेगको संयोजकको रुपमा काम गर्दै हुनुहुन्छ, त्यसको आवश्यता उद्देश्य के हो, यसले अहिल सम्म कस्ता गतिविधि गरिरहेको छ ?
नेपाल मण्डल पर्यटन नगरीको उद्देश्य र आवश्यता भनेको हामीले यो उपत्यका सहित आसपासका भेगको हरियाली डाँडाकाँडा, प्राकृतिक मनोरम दृष्य, यहाँका कला संस्कृति संरक्षण, प्रचार प्रसार लगायतका काम गरी पर्यटनको क्षेत्रमा योगदान दिनु हो ।
हाम्रो चौर तिरको हरियाली डाँडाकाँडा छन् । त्यहाँ स्वाच्छ हावा पानी छ । नेपाल मण्डल पर्यटन नगरीको ५ वटा कलस्टर छ । त्यसमध्ये चन्द्रागिरि टिस्टुङ पर्यटन नगरीको मैले संयोजन गरीरहेको छु ।
अहिले हामीले त्यहाँको प्रचारप्रसारको लागि चन्द्रागिरि डाँडाको चन्द्रगढी भन्ने ठाँउमा केही अघि गरिएको चित्रकला कार्यशालाको प्रदर्शनी गर्न लागिरहेका छौं ।
टिस्टाकाँकडामा लडेका हाम्रा वीर योद्धाहरुको सम्झनामा हामीले चित्रकला कार्यशाला संचालन गरेका थियौ । त्यो चित्रकला प्रर्दशन यही भदौ १ गते हुदैछ आटै काउन्सील बबरमहलमा हुँदैछ ।
स्थानीयलाई पनि त्यो वन जंगल, वातावरण जोगाए बापत नेपाल सरकारले केहि काम दिहोस् । स्तम्भ बनाउने स्थानीयलाई काम देओस् भन्ने उद्देश्यले हामीले ५ वटै डाँडामा कतै केवलकार बनाउने, कुनै ठाउँमा पार्क बनाउने, कुनै ठाउँमा साहित्यक सम्मेलन गर्ने उद्देश्यको साथ यो नेपाल मण्डल पर्यटन नगरीको अभियान चलाएका हौं ।
हामीले टिस्टुङ पालुङमा धार्मिक तथा पर्यटकीय क्षेत्र छ । त्यसलाई चर्चामा ल्याउन, पुर्वाधार तया गर्न स्थानीयलाई जागरुक गराउँदै आएका छौं । कुलेखानीको इन्दसरोवर ताल, त्यहाँ जाने पर्यटकहरुलाई पुर्वाधारको व्यवस्था गर्ने, पर्यटकलाई खान बस्न, घुम्ने सुनिश्चित वातावरण बनाउन हामीले खोजिरहेका छौ ।
यो नेपाल मण्डल पर्यटन नगरी संगसंगै हाम्रो यो ३ नम्बर प्रदेशको नामाकरण पनि नेपाल मण्डलनै हुुनु पर्ने नेताहरु संग हामीले माग राखेका छौ ।
प्रदेशको राजधानीको बारेमा के छ तपाईको बिचार ?
म मकवानपुरको वासिन्दा भएर मात्र होइनसबै पुर्वाधारको हिसाव किताव गर्दा ३ नम्बर प्रदेशको राजधानी हेटैडा नै हुनु पर्छ भन्ने हाम्रो ठुलो माग छ ।
हामीले प्रदेशको राजधानी हेटैडा नै हुनुपर्छ भनेर माग पत्र पनि बुझाएका छौ । सम्वन्धीत निकायको ध्यानाकर्षण नै गराएका छौं ।
अग्रज बुद्धिजवी तथा वरिष्ठ राजनीतिकर्मी बद्र्रिसाद खतिवडाले प्रदेशको राजधानी मिनी उपत्यका बज्रबाराही –चिप्लाङ नै सबैभन्दा उपयुक्त भनेर अभियान सुरु गर्नुभयो नी ?
उहाँको भनाइलाई हामी पुर्ण सहमती गर्दछौं । प्रदेशको राजधानी यदी उत्तरी मकवानपुरको बज्रबाराही चित्लाङ घोषणा गरियो भने हामी स्थानीय नागरिकका हैसीयतामा जे जे सहयोग गर्नुपर्ने हो सबै सहयोग गर्न तयार छौं ।
तपाइकै अगुवाईमा निर्माणमा ढिला सुस्ती, प्राकृतिक दोेहन, विकास निर्माणमा अनियमितता बारे एउटा अभियान नै सुरु गर्नु भएको छ, यसबाट आफ्नै पार्टीका नेताहरुतिर प्रहार भएन ?
हामी सत्य र ठिकका पक्षमा हुन्छौं । त्यसो हुँदा बदमासी गर्नेहरुको विपक्षमा लागेको सकिन्छ । बद्मासी गर्नेहरु पार्टीभित्रै भएपनि संरक्षण गरिनुपर्छ भन्ने छैन । नाङ्गेझार पार्नैपर्छ । किनकी जनातको लागि केही गर्छु भनेर कसम खाएर जनमत लिएर आएकाहरु जनताको विरुद्धमा जानै मिल्दैन ।
त्यसैले आफ्नै पार्टी विरुद्ध लाग्यो भन्ने कुरा हुँदै होइन । अनियमितता, भ्रष्टाचार गर्ने विरुद हामी जोसुकै भएपनि लाग्छौं । यो तपाईले उठाउनु भएको प्रश्न थानकोट–चित्लाङ सडक खण्डको हो । सो बारेमा हामीले आवाज उठाउन थालेको दुई वर्ष जति भयो ।
मलाई थाहा भए सम्म र मसंग प्रमाण भए सम्म हाम्रो मकवानपुर जिल्लाका क्षेत्र २ का पुर्व सासद सुवासचन्द्र ठकुरी र दुईचार जना चित्लाङवासी साथीहरु अनि काठमाडौ जिल्ला बन कार्यालयका डिएफओ डा. इन्द्रप्रसाद सापकोटा अनि थानकोट–चित्लाङ सडक आयोजना खण्डका गोपिप्रसाद अधिकारी लगायको मिलेमोतोमा थानकोट चित्लाङ सडकको स्तरउन्नती र चौंडा पार्ने क्रममा निस्केको ढुंगा कौडीको मुल्यमा बिक्रि गर्ने योजना बनाई करोडौं भ्रष्ट्राचार गरिएको छ ।
त्यो थाहा पाएपछि हामीले थानकोट चित्लाङ सडक खण्डको स्थानीयको नाताले र पार्टीको मकवानपुर काठमाडौ सम्पर्क मञ्चको संयोजक भएकाले म यो अभियानमा लागेको हु । यसमा पुरै अनियमिता छ ।
सडक खन्दा निस्केका ढुंगा बिक्रि भएपछि अहिले त्यहि सडकको निर्माणमा नपुग्ने अवस्था छ । लाखौं घनमिटर ढुंगा सकडको नाली वाल बनाउन चाहिन्छन् ।
तर ति ढुगां बिक्रि भइसकेकाले अहिले त्यहि सडकको लागि करिव ६० करोडको ढुंगा किन्न पर्ने अवस्था देखिन्छ । यो नेता देखि ठेकेदारको मिलेमतोमा त्यहाँ ढुुंगा बिक्रि गरेकोले यस्तो अवस्था आउने देखिन्छ ।
प्राकृतिक दोहन गरी करौडौ पैसा कमाउने, राज्यको पैसा नोक्सान गर्ने अनि हामीले ७५ लाख पैसा फाइदा ग¥यौ भन्नेहरु बिरुद हामी लागेका हौं । अब यिनीहरुलाई कारवाही गर्नुपर्छ भन्ने मेरो या त्यहाँका स्थानीयको माग छ ।
हाम्रो आव्हानमा त्यहाँका स्थानीयलाई जम्मा गरेर भौतिक निर्माण तथा यातायात मन्त्रीकोमा हामी गयौं । उहाँले बताउनु भएको छ की अब त्यो सडक केन्द्र सरकारले हेर्छ त्यहाँको स्थानीय, सरोकारवाला, जनप्रतिनीधि, चन्द्रागिरी सचेत वन उपभोक्ता समितिका अध्यक्ष बाटोमा अनियमितता हुन दिनु हुँदैन भन्ने कुरामा एकदम सकरात्मक छन् । हामी सबैको पहलमा अव थानकोट चित्लाङ सडक समयमै बन्छ भन्ने बिश्वास र आशा लागेको छ ।
टिस्टुङ पालुङ क्षेत्र काठमाडौबाट नजिक भएता पनि विकास हुन सकेकोे छैन, वत्तिमुनीको अँध्यारो जस्तो भयो, किन यस क्षेत्रको विकासको लागि लागि पर्नु भएको छैन ?
यो ठाँउ पर्यटनको प्रचुर संभावना भएको स्थान हो । पर्यटन क्षेत्रको विकास गर्नु पर्छ भनेर हामीले २०६८ सालमै बज्रबाराहीमा लाग्ने ३ वर्षे अजिमा बज्रबाराही मेलालाई लिएर हामीले साँस्कृतिक भेलाको रुपमा प्रचारपसार गरेको थियौ । टिस्टुङ महोत्सवको आयोजना ग¥यौं । त्यसमा धेरैले ठुलो भूमिका निर्वाह गर्नुभयो ।
त्यसपछि हामीले पर्यटन क्षेत्रको मेरुदण्ड भनेको थानकोट–चित्लाङ सडक भएकाले यसलाई शिघ्र सम्पन्न गर्न भनेर सुशिल कोइराला प्रधानमन्त्री हुँदा ज्ञापनपत्र बुझाएका थियौ । त्यस यता निरन्तर दवाव दिइरहेका छौं । काठमाडौ नजिक भएता पनि चित्लाङ, टिस्टुङ, पालुङ ओझेलमा परिरहेको छ ।
यस बारे हामीले बिभिन्न ठाउँमा घच्घच्याई रहेका छौ । यसको मुख्य दोषी अहिले स्थानीय जनता नै पो हो की भन्ने लागेको छ । किन भन्दा हामीले नबुझेर त्यहाँबाट नेताहरुलाई जिताई संसदमा पठायौं । तर उहाँहरुले स्थानीय क्षेत्रको विकासमा पहल गरेनन् ।
हामीले जिताएका नेताहरुले पनि आफनो ठाउँमा मात्र काम गरेर टिष्टुङ पालुङमा खासै हेरेनन् । त्यहि भएर पनि विकास निर्माणमा पछि परेको हो । हामीले कुन्छाल कुलेखानी सडकलाई रामलाल श्रेष्ठ सडक नामाकरण गरेका छौ । त्यो सडक बनेको अहिले ४० वर्ष भइसकेको छ ।
त्यहाँबाट राज्यले अर्बौ रुपिया फाइदा लिरहेको छ । कुलेखानी जलबिद्युतको आयोजनाबाट राज्यको अर्बौ फाइदा लिन्छ तर त्यस सडकको निर्माणमा अहिले सम्म कसैको ध्यान जान सकेको छैन । हामीले त्यस सडकको स्तरोन्नती किन हुन सकेन, यसमा कसको कमजोरी छ भनेर यसबारे अस्ती मात्र सवाल जवाफ कार्यक्रम गरेका थियौ ।
त्यसमा हाम्रो क्षेत्रका सांसद विरोध खतिवडा पनि सहभागि हुनु भएको थियो । यस सडकको बारेमा उहाँले भन्नु भयो अहिले १० करोड रुपिया छुट्याइइको छ । यसकारण अहिले चाहि मनमा अलिकति आशा पलाएको छ । हाम्रो ध्येय भनेको थानकोट चित्लाङ सडक विस्तार भैसकेपछि विकासका पुर्वाधार विस्तारै पुरा हुदै जान्छन । त्यंहाको विकासकालागि हामी हरपल लागि रहेका छौ ।
तपाईं काठमाडौ बसेर त्यँहाका जनप्रतिनिधिहरुलाई र स्थानीय अगुवाहरुलाइ सचेत गराइ राख्नु भएको छ । तर उहाँहरुको प्रतिक्रिया कस्तो पाउंनु भएको छ ?
मेरो त्यँहाका सबै जनप्रतिनिधि लगायत सबैसंग सम्पर्क भैरहेकको छ । अर्को कुरा, हामीले सांस्कृतिक क्षेत्रको विकासको लाखौं रुपैंयाका सास्कृतिक बाजा वितरण गरेका छौ ।
उक्त कार्यक्रममा त्यंहाका नगरपालिका प्रमुख उपप्रमुखको पनि सहभागीता रहेको थियो । त्यहि भएर नराम्रो होला जस्तो मलाई लाग्दैन । अहिले स्थान्ीय बासिन्दा तथा अन्य जनप्रतिनिधी पनि पर्यटकको विकासको लागि पुर्वाधार र मेरुदण्ड भनेको नै सडक हो भन्नेमा कुरा बुझ्नुभएको छ ।
त्यंहि भएर थानकोट चिप्लाङ सडक खण्ड,कुन्छाल –कुलेखानी सडक खण्ड, सुरुङमार्ग, त्रिभुवन राजपथको स्तर राम्रो हुनुपर्छ भन्ने हाम्रो माग हो ।
त्यतीमात्र होइन थाहा नगरको बज्रवाराहीमा सुरक्षाको लागि प्रहरी पोष्ट राख्नु पर्छ भनेर हामीले गृहमन्त्री रामबहादुर थापा बादल लाई समेत ज्ञापनपत्र बुझाएका छौ । यसमा पहल गर्न सबै बज्रबाराहीवासी दाजुभाई दिदिबहीनीहरुलाई पनि अनुरोध गर्दछु ।
0 comments
Write Down Your Responses