Powered by Blogger.
नेपालका स्थान नामहरुमा किन गलफत्ती ?


 निनाम कुलुङ ‘मंगले’

एक भाषाले अर्को भाषालाई अतिक्रमित गर्ने क्रम विश्वभरि तीब्ररुपमा चलिरहेको देखिन्छ । विश्वका विभिन्न देशका विभिन्न स्थानहरुको स्थान नामका सन्दर्भमा पनि यो कुरा लागू भएको देखिन्छ । 

हाम्रो देश नेपालका अधिकांश स्थानहरुको स्थानीय नामहरु पनि द«ुत गतिमा बाह्य नामहरुले विस्थापित गरेको देखिन्छ । त्यसमा पनि विषेशतः हिन्दु देवदेवी, खस नेपाली भाषा र, अंग्रेजी लगायत अन्य भाषाले तीव्रगतिमा अतिक्रमण गरेको छ, अपभ्रंशित भएको छ । 

जस्तो पूर्वको मेची अञ्चलको इलाम जिल्लामा रहेको अन्तुडाँडा दीपेन्द« शिखर भएको छ । त्यस्तै तेहृथुमजिल्लाको सदरमुकाम ‘मेयोङलुङ’ पनि हाल म्याङलुङ भएको छ । तेह्रथुमकै सम्दु र इसिबुको सीमाको रुपमा रहेको ‘हात्तिलेङे’ (पूरै खोलाको नाम भने हिंवा खोला हो) झरनालाई हाल ह्यात्रुङ भनेरचिनिन्छ । 

स्मरणीय छ, यो झरना नेपालकै अग्लो झरना हो भने यसको उचाई तीनसय ६५ मिटर मानिएको छ । उता संखुवासभा जिल्लाको तुम्लुङटार’ हाल तुम्लिङटार भएको छ भने भोजपुर जिल्लाको ‘कुलुङ’ गाउँको नाम भने जस्ताको तस्तेै हालसम्म कुलुङ नै रहन सफल भएको छ । 

स्मणीय छ, कुलुङ जाति नेपालको प्राचीन किराती आदिवासी जाति हुन् । त्यसो त सोलुखुम्बु जिल्लाको ‘फुसतेल’ र सत्तो गाउँहरु पनि क्रमशः सोताङ र शिबटार÷कृष्णटार भएको छ । 

नेपालमा जति पनि अपभ्रंशित रअतिक्रमित भएका यस्ता स्थानीय स्थान नामहरु छन्, ती सबैको नामहरु परापूर्व कालदेखि स्थानीय जनता विषेशतः आदिवासी जनजातिहरुले जे–जे नाम दिएका थिए, जे–जे नामले पुकार्थे, तिनै नामहरु पुनः स्थापित गरिनु÷लेखिनु÷उच्चारण गरिनु पर्छ । यसको लागि संघीय, प्रदेश र स्थानीय सरकारले सार्वजनिक रुपमा घोषणा गर्दै समन्यय गर्नुपर्ने देखिन्छ ।  

त्यसो त स्थान नामहरु अपभ्रंश र अतिक्रमति भएको सन्दर्भमा भन्नुपर्दा धनकुटा जिल्लाको भेडेटारपनि विदेशीको नाम (बेलायती युवराज चाल्र्स) को नाममा ‘चाल्र्स भ्यु प्याइन्ट’ भएको छ । 

खोज्दै जाने हो भने, नेपालभरि नै स्थानीय नामहरुको, खास गरी आदिवासी जनजातिको मातृभाषामा राखिएका÷रहिआएका स्थानीय नामहरु खस नेपाली र विदेशी विशेषतः अंग्रेजी भाषाको अतिक्रमणमा परेका छन् । 

पोखरा नजिकको ‘ह्याङजा’ गाउँ अहिले हेम्जा भएको छ भने पोखराकै  ‘पाताले छाँँगो’ अहिले ‘डेवि’ज फल्स भएको छ । भनिन्छ, स्वीटजरल्यान्डकी डेवी नामकी तरुनी (पर्यटक) उक्त छागाँबाट खसेर मरेपछि ‘पाताले छाँँगो’ले नयाँ नाम ‘डेवि’ज फल्स पाएको हो । 

वास्तवमा नेपालका स्थान नामहरु मात्रै होइन, हिमाल, पहाडका नाम पनि खस नेपाली भाषा र विदेशी भाषाको अतिक्रमणमा परेको ब्रगेल्ती देखिन्छन् । 

जस्तो त्यसरी अतिक्रमित वा भनौं अपभ्रंषित केही नामहरु हुन् –सेवालुङ (कञ्चनजंघा), फक्ताङलुङ (कुम्भकर्ण÷जान्नु), सेसेलुङ (मकालु), चोमोलुङमा (सगरमाथा÷खस नेपाली, एभेरेष्ट अंग्रेजी), उर्कीमा (बाडेन पावेल), जाक्सम्बा (पासाङल्हामु), धाम्पुस (थापा पिक), ख्वाप्स्लाङ कार्पो (गणेश), झोङ–री (पिसाङपिक), किरात चुली (टेन्ट पिक) लगायत सयौं हिमाल र पहाडहरुको नाम अतिक्रमित र अपभ्रंशित भएका छन ।

केही ठाउँमा स्थान नामहरुको नयाँ नाम राख्ने क्रममा विवाद र होडिङ बोर्ड फालाफाल समेत भएको उदारणहरु छन् । 

जस्तो तत्कालीन ललितपुर उमनपा —१४ वडाको नखिपोटको खेल मैदान नजिक आदिवासी जनजाति,विषेशतः लाहुुरे परिवारको बाक्लो बस्ती भएकोले ‘किरात चोक’ नामाकरण  गरियो । 

तर, पछि ललितपुर उमनपासमेतको मिलेमतोमा स्थानीय रैथानेहरुले ‘किरात चोक’लाई ‘शिव चोक’ बनाएरै छाडे । यसरी विश्वकै प्राचीन इतिहास,सभ्यता, धर्म, महाजाति आदि भनी चिनिएको किरातलाईसबैले उदारताका साथ स्वीकार्नुपर्नेमा त्यसो हुन सकेन । 

हुन पनि हाल विश्वभरि नै विगतमा विभिन्न कारणले गुमेको आप्mनो मौलिक पहिचान वा भनौं मौलिक नाम पुनःस्थापना गर्ने प्रचलन बढ्दो छ । जस्तो कि भारतको बम्बई हाल ‘मुम्बई’ भएको छ । त्यस्तै विगतमा मद«ास भनिने दक्षिण भारतको सहर हाल‘चेन्नई’ भएको छ । 

अनि पश्चिम बंगाल राज्यका राजधानी कलकत्ता अहिल े ‘कोलकाता’ भनी चिनिन्छ । उता विगतमा बर्मा भनिनेदेश पनि हाल ‘म्यानमार’ भैसकेको छ । त्यस्तै बर्माको राजधानी रंगुन पनि ‘यांगुन’ भएको छ ।

 नेपालमा पनि चर्को रुपमा जातीय स्वपहिचान, मौलिक धर्म, भाषाभाषी आदिको कुरा गर्नेेहरुले संघीयताको मर्म अनुरुप सगरमाथालाई चोमोलुङमा, गणेश हिमाललाई ख्वाप्स्लाङ कार्पो, सोताङलाई फुसतेल, हेम्जालाई ह्याङजा, ह्यात्रुङलाई हात्तिलेङे, तुम्लिङटारलाई तुम्लुङटार, कœचनजंघालाई सेवालुङ, मकालुलाई सेसेलुङ आदि भनी किन पुनः नामाकरण गर्नका लागि पहल नगर्ने

नेपालभरिका आदिवासी जनजातिका मातृभाषामा रहेका÷रहिआएका जति पनि स्थान र स्थाननामहरु छन्, ती पुनः स्थापित गराउनका लागि सबैले तलतल (गाउँतह) बाट पहल गर्नुपर्ने देखिन्छ  । 

यसमा सम्बन्धित प्रदेश प्रमुख÷मुख्यमन्त्रीहरुले आपूm संलग्न राजनैतिक दलको ‘झोलेपोके’ नभइकन यस विषयमा सकारात्मक कदम उठाउनु पर्छ तर, हालै प्रदेश ४ को नाम गण्डकी राख्नु र १ नम्बर प्रदेश भनिएको भूगोललाई विश्वकै प्राचीन इतिहास,सभ्यता, धर्म र महाजाति भनी चिनिएको किरातको नाममा ‘किरात प्रदेश’ राख्न प्रदेश प्रमुखले खासै जोड नगर्नु त्यसको सट्टा सगरमाथा वा कोशी नामका लागि मौन सहमति दिनु÷गर्नुले प्रदेश प्रमुखहरुको नियत ठीक छैन भन्ने देखाउँछ । 

उसो त  स्थान नामहरुको सन्दर्भमा भन्नुपर्दा धनब«ज बज«चार्यको संकलन ‘लिच्छवीकालीन अभिलेख’ नामक किताबमा लेखिए अनुसार काठमाडौ उपत्यका लगायत वरिपरिका स्थान, खोलानाला आदिको स्थानीय नाम ८० प्रतिशतभन्दा बढी किराती परिवारको भाषामा छन् वा थिए ।

उता स्वर्गीय डाक्टर हर्क गुरुङले लेखेको ‘जनजाती सेरोफेरो’ नामक किताबमा कास्की, लमजुङ लगायत जिल्लामा गुरुङ भाषामा  विगतमा रहेको स्थान नाम र हाल अपभ्रंशित भएको नामहरुको नाम सूचीको विवरण नै दिएका छन् ।

0 comments

Write Down Your Responses