संघर्ष गर्दै जाँदा अवश्य सफल भइन्छ
रामदास गोपाली, गायक तथा कराते प्रशिक्षक
|
मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा भएपनि हाल लामो सयम देखि राजधानी काठमाडौं मै बस्दै आउनुभएका रामदास गोपाली बहुमुखी प्रतिभाले सम्पन्न छन् ।
अहिले काठमाडौको बागबजारमा फेन्सी पसल खोलेर बसेका उनी व्यवसायका अलावा धेरै क्षेत्रमा हात हालेर काम गर्दैछन् । सानैदेखि सामाजिक काममा सक्रिय सहभागिता जनाउने उनी गायक, खेलाडी र शिक्षा क्षेत्रका अभिन्यता पनि हुन् । प्रस्तुत छ उनको जीवनको बहुआयामिक पाटोसंग केन्द्रीत रहेर गरिएको कुराकानीः
आज भोली तपाईको दिन चर्या कसरी बितिरहेको छ ?
म बिहान साढे ४ बजे उठ्ने गर्छु । नित्य कर्म सकेपछि ५ बजे देखि मेरा केटाकेटी आउँछन् करातेको प्रशिक्षणको लागि । म कराते प्रशिक्षण गर्न डोजोमा जान्छु । फर्र्केर म घरमा आँउछु र फ्रेस हुन्छु ।
त्यसपछि ७ बजे देखी ८ बजेसम्म म्युजिकको भोकल कक्षा लिने गरेको छु । त्यहाँबाट फर्केर घर जान्छु । अनि घरमा खाना खाइवरी केही बेर आराम गरेर केही फ्रेस हुन्छु, त्यसपछि दिन भर पसलमा हुन्छु ।
तपाई संगित, खेलकुद अनि शिक्षा क्षेत्रमा लाग्नु भएको छ, यि तिनै क्षेत्रलाई कसरी समय मिलाई राख्नु भएको छ ?
मेरो सानै देखि खेलकुद र गीत संगीतमा पनि त्यतिकै रुची थियो । पढाइमा त झनै रुची हुने नै भयो । यी तिनै चिजलाई म छोड्न नै नसक्ने अवस्थामा पुगें । खेलकुदलाई छोड्दा जीवन अपुरो जस्तो, संगितलाई छोड्दा पनि के के नपुगे जस्तो हुन्छ ।
अनि शिक्षालाई छोड्दा त झन अपुरै भैहाल्यो । त्यस कारणले मैले यी तिनटै चिजलाई संगसंगै लग्छु भन्ने सोचेें । सोही अनुरुप अहिलेसम्मको स्थितिमा म निरन्तर लगिरहेको छु । शायद सक्छु पनि होला यसमा भनेर म विश्वस्त छु ।
तपाईको संगितिक यात्रा कसरी चलिरहेको छ नी ?
सागितीक यात्रा पनि चलि नै रहेको छ । अहिले मेरो दुई वटा गीत बजारमा छन् । एउटा दुई वर्ष अगाडि मैले बजारमा ल्याएको थिए । अहिले फेरी स्वर्णपद नामक गीत बजारमा ल्याएको छु ।
जसमा चर्चित गायिका बिष्णु माझी र मेरो स्वरमा रहेको छ । जसलाई दर्सकले अत्याधिक मन पराई दिनु भएको छ । गीत बजारमा आएको करिव तिन हप्ता जति हुन थाल्यो । युटुवमा डेढलाख दर्शकले हेरिदिनु भएको छ । माया गरि दिनु भएको छ ।
र, हाल मात्र मैले तीज गीतको रेकर्डिङ गरि सकेको छु । र, केही दिनमा त्यो तीज गीत बजारमा ल्याउने तयारीमा छांै । म सँगीतिक क्षेत्रमा नै निरन्तर लिन भइरहेको छु ।
नेपाली सँगीतिक बजारमा कलाकार टिक्न सकेको अवस्था छैन, यसमा तपाई कसरी टिकिरहनु भएको छ ?
गुणस्तरको हिसावले राम्रोसँग गीत सँगीत दिनेहरुका लागि नेपाली सँगीतिक बजार बाँच्न सक्ने बजार भैसकेको छ ।
कसैको लहै लहैमा लागेर इच्छाको भरमा गीत संँगीतिमा हाम फाल्ने, यो गीत संँगीतलाई बुभ्mदै नबुझिकन, टेलिभिजनको पर्दामा राम्रा मोडेल र राम्रा कथा बस्तु देख्ने बित्तिकै म पनि त्यस्तै बन्छु भनेर लाग्नेको अवस्था नाजुक छ ।
नाजुक बन्दै गैरहेको छ । तर गीत सँगीतलाई बुझेर यो गीत संँगीतलाई आफुले पनि जानेर आउने धेरै मान्छेहरु सांँगीतिक क्षेत्रमा स्थापित भएका छन् । त्यहि गीत संँगीतबाट जिन्दगी राम्रोसंग चलाइरहेका छन् ।
कलाकारिता क्षेत्रमा बिकृति फैलिएको छ ? यसलाई तपाई के भन्नु हुन्छ ?
तपाईले भनेको ठिकै हो । गीत सँगीतमा पछिल्लो समय बिकृति फैलिएको छ । आफुलाई जनप्रिय बनाउनको लागि अनि छोटोे समयमा चर्चा कमाउनका लागि मान्छे बिकृति तर्फ लागेका छन्
अर्काे कुरा स्टेज कार्यक्रम गर्ने मान्छेहरुले पनि भिडभाड धेरै गर्ने, दर्शक धेरै जम्मा गरी धेरै पैसा कमाउने उद्देश्यले यस्तो बिकृति फैलाउने मान्छेलाई स्टेज कार्यक्रममा निमन्त्रणा गर्ने गरेको पाइन्छ ।
यस्तो प्रवृतीलाई निरुत्साहीत गर्नुपर्ने प्राृत्साहीत गरेसम्म यस्ता विकृती रहिरहन्छ ।
केही कलाकारले कि त देखाको चल्छ ? की रेखाको चल्छ ? भन्दै देखाउने चलनले राम्रो कलाकार ओझेलमा परेको भन्छन्, के हो यो ?
मेरो बिचारमा गीत सँगीतमा लागेर चर्चा कमाउने चाँही क्षणभरमै तात्तिन्छन् अनि क्षणभरमै बिलाउँछन् पनि । जसले गीत संँगितलाई गहिरो रुपमा बुझेका छन्, तिनीहरु बिस्तारै आउँछन् र सदावाहार हुन्छन् । म यत्ति मात्र भन्छु ।
तपाई गीत सँगीतमा प्रवेश गर्दाको अवस्था र अहिलेको अवस्थामा के फरक छ ?
पहिलेको अवस्थामा र अहिलेको अवस्थामा धेरै फरक छ । पहिलेको अवस्थामा अहिलेको जस्तो रेकडीङ स्टुडियो थिएन । नव कलाकारहरुलाई शोषण गर्ने प्रवृति देख्दा र सुन्दा मलाई लाग्थ्यो गीत सँगीतमा साँच्चै नै कमजोर ब्यक्तिहरु संघर्ष गर्नको लागी नआउँदा नी हुन्छ ।
कतिपय स्थापित कलाकारहरुका कहानी र अनुभव सुन्दा सडकमा चप्पल लगाएको देख्दा, कति दिन भोकभोकै बसेको सुन्दा, घरभाडा तिर्न नसकेको जस्ता समस्या सुन्दा उनीहरुले हिजोका दिनमा निरन्तर संघर्ष गरेरका थिए र आज उनिहरु स्थापित नै छन् । र, चर्चा कमाएकै छन् ।
नाम र दाम दुबै कमाएकै छन् । त्यहि गीत संगीतबाट बाँचेका छन् । जसले क्षणिक रुपमा चर्चा कमाउनको लागि तिघ्रा देखाउदै आएका थिए । तिनीहरु हेर्दै जानुहोस् धेरै दिन टिक्दैनन् । जसले गीत सँगीत बुझेर आए ति स्थापित भएका छन् ।
जो क्षणिक रुपमा चर्चा कमाउनलाई आएका छन् ति अत्यन्तै चर्चित भएका छन् । बेपत्तै भएर जान्छन् । बेपत्तै भएका पनि छन् ।
ति देखाउने कलाकारले स्थापित कलाकारलाई पनि समस्यामा पारेको सुनिन्छ नी ?
ओझेमा पारेका छन् । ओझेलमा कहाँ निर परे भने मिडियामा दुई दिन देखिनेमा तिनीहरु नै बढी छन् । तर बाहिर ओझेमा परे भने पनि चर्चा चाँही हुन्छ । जसका सिर्जनाहरु राम्रा छन् । जसको गायन क्षेत्र राम्रो छ । उसको बजारमा अहिले पनि खोजी भैरहेको छ ।
बजारमा उनका सिर्जना खोज्नेको कमी छैन । जसले दुईदिको चर्चित मान्छेलाई खोजेका छन् । ति गीत संँगीतलाई माया गर्ने मान्छे होइनन् तिनीहरुले केही क्षणका लागि मनोरञ्जनका साधान बनाउन खोजेका मात्र हुन् ।
तपाईका केही गीत बजारमा छन्, केही गीत निस्कीने क्रममा छन्, ति गीतले बजार पाइरहेका छन् की अवस्था के छ ?
बजारको हिसावले भन्नुपर्दा म नयाँ गायक हु । अहिले मेरो एउटा गीत निस्केको छ । दुई तिन हप्ता मात्र भयो । तपाईले पनि हेर्न सक्नु हुन्छ । त्यो गीत युटुवमा डेढलाख मानिसले हेरका छन् ।
त्यसलाई हेर्दा गीत समग्रमा उत्कृष्ट त होइन् तर त्यो गीत दर्शकले रुचाएको गीतमा पर्छ । अब आउने गितहरु अझै राम्रो बनाउने प्रयास गर्ने छु र मेरो जुन स्वर्णपदक भन्ने एउटा लोक दोहोरी छ, त्यो गीत दर्शकले मन पराउनु भएको छ ।
माया गर्नु भएको छ । त्यसमा म दर्शक स्रोता प्रति आभारी छु, खुसी छु ।
दर्शकबाट तपाईका गीतहरुले कस्तो प्रतिक्रिया पाईरहेका छन् ?
हरेक काममा जहाँ सकरात्मक कुरा हुन्छ । त्यहा नकरात्मक कुरा पनि हुन्छ । अहिले सम्म कसैले पनि मलाई यो गायकको स्वर छैन्, यो गीत गाउन सक्दैन् भन्ने खालको शन्देश प्रवाह गरेको मैले सुनेको पनि छैन् । अहिले पनि युटुवमा सर्च गरेर हेर्न सक्नु हुन्छ ।
काँही त्यस्तो प्रतिक्रिया आएको छैन । सबै जनाले के भनेका छन् भने नयाँ हुनुहुन्छ, पहिलो प्रयास हो, अझै राम्रो गर्दै जानुहोस् । पछिल्ला दिनहरुमा राम्रो हुन्छ भनी प्रोत्साहन दिनु भएको छ । त्यसप्रति म आभारित छु उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।
अब हामी अर्काे प्रश्नमा जाउँ, तपाई खेलकुद क्षेत्रको मान्छे पनि, पछिल्लो समय खेलकुदको अवस्था के छ ?
खेलकुद पनि लगभग साँस्कृतिक जस्तै छ । एक अर्काेको परिपुरुक हुन् जस्तो लाग्छ । एउटा ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागी खेलकुद’ भन्ने सरकारको नारा छ । खेलकुदको बिकृति भन्नुहुन्छ भने म ती बिकृतिहरुसंग सरोकार राख्दैन । आफु बलियो र सबल छु भने कसैले केही गर्न सक्दैन् ।
जस्तै काठमाडांैमा ठु्ला ठुला पिलरहरु हालेर बनाएका भवनहरु २०७२ सालको भूकम्पले पनि केही भएका छैनन् । जो बाहिरबाट पेन्टीङ्ग डेन्टिङ्ग गरेर उभ्याएका थिए ति भत्किए ।
त्यसैले मैले पनि के भन्छु भने खेलकुदमा बिकृति छैन् । खेलकुदमा बिकृति भनेको त्यो भन्दा म के कम, त्यसले एउटा संघ खोल्यो भने म त्यो बराबरको अर्काे संघ खोल्छु भने धारण चाँही बिकृति हो ।
सरकारले खेलकुदको लागी विनियोजन गरेको त्यो बजेट सहि ठाउँमा सहि तरिकाले प्रयोग गरियो भने खेलकुदले हाम्रो राष्ट्रलाई विश्वमा चिनाउन अवश्य सक्छौ ।
खेलकुदका लागि नेपाल सरकारले केहि गरेको छैन भन्ने युवाहरुको गुनासो छ ? यसलाई तपाई के भन्नु हुन्छ् ?
यो त सहि हो । म पनि एउटा स्तरको निर्णायक हुँ अनि राष्ट्रिय परिक्षक पनि हुँ । अहिले स्वयमसेवकको रुपमा काम गरिरहेको छु । किन भने म संग मेरो योग्यता हेर्ने हो भन्ने राष्ट्रिय प्रशिक्षक हुने योग्यता छैन जस्तो मलाई लाग्दैन ।
म संग त्यो योग्यता छ तर पनि राष्ट्रले सबैलाई खेलाडीलाई रोजगारी दिन सक्दैन् । खेलकुदमा सिमित मान्छे प्रवेश गर्छन् । ति सबैको खेलकुदमा प्रवेश गरुँ भन्ने चाहना हुन्छ । तर ति सबैलाई सरकारले रोजगारी दिन सक्दैन् ।
नेपाल खेलकुद क्षेत्र पछाडि पर्नुका कारण के हो ?
खेलाडीको व्यवस्थापन र खेलकुदबाट भविष्य सुनिश्चित नदेखेर नै उत्कृष्ट प्रतिभा भएका प्रतिभावान खेलाडीहरु यसमै लागेर मेरो भविष्य छ । यसैमा लागेर भोली म बाँच्न सक्छु भन्ने आशामा पुग्न सकेका छैनन् ।
म भन्दा पछाडिका पिढीँहरुलाई बचाउन सक्छु भन्ने उनको भविष्य नदेखेर नै यो खेलकुदको माया मारी बिदेश पलायन भएका हुन् । अब खेलाडी नै छैन भने राष्ट्र खेलकुदमा अगाडि हुने कुरै भएन ।
त्यहि भएर पछाडी परेको हो । राम्रो खेलाडीको सरकारले राम्रोसंग व्यवस्था गरे अनि नेपालमै राम्रो खेलकुद मैदान बनाई दिए नेपाल खेलकुदमा बिश्व सामु चिन्न कुनै गाह्रो छैन । खेलकुद पछाडी पर्दैन् । यो सबै कुरा सरकारले नगर्दा नै खेलकुदमा नेपाल पछाडि परेको हो ।
अन्तिममा तपाई के भन्न चाहनु हुन्छ स्रोता तथ दर्शकहरुलाई ?
हरेक मानिस संग कुनै न कुनै प्रतिभा हुन्छन् । ति प्रतिभालाई लुकाएर राख्ने होइन । म यो काम गर्न सक्दिन् भनेर पछाडी नपर्नुहोला । तपाई आफनो काम र आफुले चाहेको काममा निरन्तर लागि रहनु होला ।
प्रतिक्षाको फल मिठो हुन्छ । आफनो काम लक्ष्यलाई कतै नहडबडाई आफनो काममा लाग्नु होला । तपाई एक दिन सफलताको शिखरमा पुग्नु हुने छ । यहि भन्न चाहान्छु मेरो दर्शक आम स्रोताहरुलाई । धन्यवाद ।
0 comments
Write Down Your Responses