पत्रकार महासंघ प्रदेश नम्बर ३ को अध्यक्षमा विष्ट विजयी (मतपरिणाम सहित)
मकवानपुर / पत्रकार महासंघ प्रदेश नम्बर ३ को अध्यक्षमा प्रताव विष्ट विजयी भएका छन । एक सय ८० मतले प्रतिष्प्रर्धी गिरिजा अधिकारीलाई पछि पार्दै विष्ट विजय भएका हुन । विष्टले ४९१ मत प्राप्त गरेका थिए भने अधिकारीले ३११ मत पाए थिए ।
विष्ट प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियनका साझा उम्मेदवार हुन् । स्वतन्त्र उम्मेदवारी दिएका गिरिजा अधिकारीले ३११ मत पाएका छन् ।
यसका लागि प्रदेश ३ अन्तर्गतका सबै जिल्लाहरुमा पत्रकार महासँघका सदस्य रहेका सबै पत्रकारहरुलाई जिल्लाबाटै मतदान गर्ने व्यवस्था मिलाईएको थियो ।
तर विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले आज बन्दको आह्वान गरेका कारण सबै पत्रकारहरु मतदान गर्न पाउने अधिकारबाट बञ्चित भएका छन् । अन्य पदका उम्मेवदार भने यस अघि नै निर्विरोध निर्वाचित भैसकेका छन् ।
हेर्नुहोस् जिल्ला अनुसारको मतगणनाः
मकवानपुरमा खसेको मत: १०४
गिरिजा : ५५
प्रताप : ४८
बदर : १
नुवाकोटमा खसेको मत ६२
गिरिजा : ३३
प्रताप : २९
धादिङ:
प्रताप : ७५
गिरिजा : ३६
रसुवा
प्रताप : १८
गिरिजा : २
सिन्धुपाल्चोकमा खसेको मत ८२
गिरिजा : ४४
प्रताप : ३६
चितवनमा खसेको मत : १५४
प्रताप : १०२
गिरिजा : ५२
दोलखा
प्रताप : ४५
गिरिजा : १९
रामेछाप
प्रताप : ३०
गिरिजा : ६
सिन्धुलीमा खसेको मत ४०
गिरिजा : १८
प्रताप : २२
काभ्रे
प्रताप : ८९
गिरिजा : ४२
जम्मा
गिरिजा : ३११
प्रताप : ४९१ (विजयी)
0 comments
Write Down Your Responses