बाग्मती सरसफाई महाअभियानमा स्थानीयको निराशाजनक सहभागिता छ
आशिष घिमीरे, सदस्य सचिव, अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समिति
|
यो समितिले स्थापना हुँदाको लक्ष्य अनुसार काम गर्न नसकेको भन्छन् नी ?
कामहरु भइ नै रहेका छन् । तर काम गर्दै जाँदा विभिन्न समस्याहरु स्वभाविक रुपमा आँउछन् ।
के के हुन् त्यस्ता समस्या ?
प्रमुख समस्या त बाग्मती र अन्य सहायक नदीहरु फोहोर भए, अव्यवस्थित भए भन्ने हो । यसलाई व्यवस्थित गर्नका लागि विभिन्न किसिमका क्रियाकलापहरु हामीले सञ्चालन गर्नुपर्ने हुन्छ ।
जस्तै फोहोर मैला खोलामा नखसाउने, घरबाट निस्किएका तरल फोहोरहरु पनि सोझै खोलामा नखसाउने वातावरण निर्माण लगायतका विभिन्न किसीमका कृयाकलाप गर्नका लागि मुख्य गरेर हामीलाई बजेटको आवश्यकता पर्छ । संगसंगै हामीलाई जनशक्तिको पनि आवश्यकता पर्छ । यि संगसंगै अन्य समस्याहरु पनि छन् ।
ति अन्य समस्याहरु चाँही के के हुन् ?
अन्य समस्याहरुमा सुकुम्वासीका समस्याहरु पनि छन् । यि सबै यावत् समस्याहरु मिलाएर लैजान केही समय त लाग्छ । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नुपर्ने हाम्रो चुनौति पनि यथावत छ ।
केही ठाँउमा वाश्तविक सुकुम्वासी होलान् । केही ठाँउमा हुकुमवासी होलान्, जग्गा हडपेर बसेकाहरु । यसलाई राज्यले सम्वोधन गर्नुप¥यो । तसर्थ यसमा बाग्मती नदी मात्र समस्या होइन । तर कामहरु जुन गतिमा हुनुपर्ने हो, त्यही गतीमै भएको जस्तो लाग्छ ।
बाग्मती नदीहरु मात्र समस्या होइन भन्नुको मतलव ?
यो बाग्मती नदीको सभ्यताको समस्या भनेको राष्ट्रिय समस्या हो । काठमाडौं उपत्यकामा मात्र होइन तपाँइ तराइका जिल्लाहरुमा जानुभयो भने पनि यो समस्या देख्नुहुन्छ । विराटगर, विरगंग र पोखरा जस्ता स्थानहरुमा पनि यस्तै छ ।
त्यसो भएकाले सरकारले यिनीहरुलाई व्यवस्थापन गर्ने विषयमा एउटा राष्ट्रिय नीति बन्नुपर्छ । जसले बाग्मतीलाई पनि काम गरोस् । नत्र त हामीले बाग्मतीलाई त विभिन्न विकल्प सोचेका छौं । तर त्यसले देशका अरु सुकुम्वाशीलाई कत्तिको असर गर्छ भन्ने कुराले पनि महत्व राख्छ ।
बजेटको पर्याप्तता कस्तो छ ?
एउटा प्रशोधन केन्द्र बनाउने हो भने करिव अढाइ देखि ३ अर्ब रुपैंया लाग्छ । साँच्चै बाग्मती ढलमुक्त बनाउने हो भने करिव १० देखि १२ वटा ठाँउमा यस्ता प्रशोधन केन्द्रहरु बनाउनुपर्ने हुन्छ । अब कल्पना गर्नुस् १०–१२ ठाँउमा बनाउनलाई २ अर्बको दरमा पनि २४ अर्ब रुपैंया लाग्छ ।
सजिलोका लागि हामीले काठमाडौंको फोहोरहरु नदिनालामा फाल्ने गरेका छौं । त्यसलाई व्यवस्थित गर्ने भन्ने वित्तिकै काठमाडौं उपत्यकाको फोहोर मैलाको राम्रो व्यवस्थापन हुनुप¥यो ।
मानिसले फोहोर खोलामा होइन व्यवस्थित ढंगले मात्र फाल्नुपर्छ भन्ने कुरा विकास हुनुप¥यो । त्यसको लागि अन्य व्यवस्था पनि हुनुप¥यो । त्यसका लागि चेतना मात्र भएर पुग्दैन, व्यवस्था पनि हुनुप¥यो ।
फोहोर मैलाको त डम्पिङ साइटकै समस्या भएको कुरा हामी बेला बेलामा सुन्ने गर्छौं । यस्ता विविध कारणले गर्दा हामीले जुन गतिमा सफा गर्नुपर्ने हो त्यसरी गर्न सकेका छैनौं ।
यो समितिको अरु योजनाहरु के के छ ?
हामीले अहिले गोकर्णदेखि तिलगंगासम्म सात किलोमिटर व्युटीफीकेशन भनेर बिआरबिआइपी परियोजना सञ्चालनमा छ । संगसंगै तिलगंगादेखि तल थापाथली पुलसम्म नेपाल सरकारको कार्यक्रमहरु दाँया बाँया वृक्षारोपण गर्ने, फिनीसीङ गर्ने, बाटो बनाउने, ढल हाल्ने, फोहोर मैलालाई व्यवस्थापान गर्ने, यि विविध कार्यक्रमहरु हामीले सञ्चालन गरिरहेका छौं ।
हामीले अधिकतम भन्दा अधिकतम ढल खोलामा मिसाउन दिएका छैनौं बाग्मतीका हकमा । तर बाग्मतीमात्र सफा गरेर बाग्मती नदी सफा हुँदैन । यसका अरु सातवटासहायक नदिहरु र त्यसका पनि उपसहायक नदी अरु छन् । यि सबै नदीनालाहरु जवसम्म सफा हुँदैन बाग्मती सफा हुँदैन । मनोहराको दोभानसम्म हामीले एकदमै उच्च स्तरीय किसिमले काम पनि गरेका छौं ।
वृक्षारोपण पनि गरेका छौं । तर हनुमन्तेतिरबाट मनोहरा आउने फोहोर यस्तो लेदो र फोहोर छ, घरबाट निस्किीरएका ठोस फोहोरहरु पनि त्यसमा मिसिएर आउने गरेको छ । त्यसले त्यहाँदेखि फेरी यो बाग्मती थापाथलीतिर फोहोर नै गरेको छ ।
त्यसले गर्दा बाग्मती नदीमात्र होइन यसका सहायक नदिहरु जति पनि छन्, काठमाडौं उपत्यकाका ति सबैलाई पनि कार्यक्रम नै बनाएर सफा सुग्घर गर्नुपर्छ । हाम्रो बाग्मती एक्सन प्लानमा यो कुराहरु उल्लेख पनि छ । हामी क्रमिक रुपमा यो काम पनि गर्दैछौं ।
जस्तो अहिले हनुमन्ते सफाई अभियान सुरु भएको छ । विष्णुमती र रुद्रमती अर्थात धोवीखोला सफाइ अभियान छ । बल्खु सफाई अभियान छ । यसरी यि केही नदीनालामा त सफाई अभियान सुरु भएका छन् अरु नदीनालामा पनि सफाई अभियान सुरु गर्नुपर्ने छ ।
बाग्मती सरसफाई महाअभियान भनेर जसरी सुरुवात भयो तर पछिल्ला दिनहरुमा सुरुवातामा जस्तो किन प्रभावकारी भइरहेको छैन, केही समस्या छ की ?
समस्या केही छैन । अहिले निरन्तर जारी छ । सक्रियता त्यत्तिकै छ । स्थानीयहरुको तर्फबाट भने खासै सहभागिता हुन सकेको छैन, के कारणले हो कुन्नी ? यसको अनुसन्धान गर्नुपर्छ ।
यो अवस्था भने निराशाजनक हो । मैले त पत्ता लगाउन सकिरहेको छैन । म काठमाडौं मै जन्मिएको र हुर्किएको स्थानीय पनि हो । किन भयो यस्तो, यो पत्ता लगाउने विषय भयो । तर अन्य रुपमा सहभागिता छ ।
मानिसले जे कुरा पनि छिटो खोज्छ । जे कुरा पनि बिगार्न धेरै समय लाग्दैन तर सपार्न धेरै समय लाग्छ ।
तपाँइले मलाई घर भत्का भन्नुभयो भने तिन दिनमै भत्काउन सकिएला तर फेरी त्यस्तै बना भन्नुभयो भने तिन दिनमा सकिन्छ र ?
मान्छेले त्यो बुझ्दैन । तसर्थ हामीले सजिलै बिगा¥यौं, तर यसलाई सुधार गर्नका लागि त समय लाग्छ । तपाँइ आफैं कल्पना गर्नुस् त तिलगंगाबाट तल मिनभवन पुलको किनारतिर बाग्मतीको किनारतिर हिँड्दा कति आनन्द आँउछ । यो बनाउन पनि ३–४ वर्ष लाग्यो ।
त्यही ३–४ वर्ष गरेर ३ ठाँउमा जोड्ने हो भने १२ वर्षम हामीले काठमाडौंका नदीनाला सफा गर्न सक्छौं । यो नदीनाला उपत्यकामा भएका नगरपालिकाहरुले आफ्नो जिम्मेवारी अनुसरा फोहोर मैलाको व्यवस्थापन सही मानेमा गर्न थालेपछि सफा हुन्छ ।
नेपाली जनतालो लुकेर राती खोलामा लगेर फोहोर खसाल्छन्, त्यो रोक्नुप¥यो । त्यो सबै काम हाम्रो समितिले गर भन्यो भने अन्य निकाय किन ? होइन भने आ आफ्नो जिम्मेवारी सबैले पुरा गर्नुप¥यो ।
समितिले आफ्नो लक्ष्य हासिल गर्नका लागि स्थानीय सरकारहरुसंग सहकार्य पनि गर्दैछ की ?
हामीले स्थानीय सरकारहरुसंग समन्वय गरेन भने त अगाडि बढ्न नै सक्दैनौं । हाम्रो समन्वय एकदमै राम्रो छ । पटक पटक मेयरसापहरुसंग मिटीङ गछौं, हाम्रो कार्यक्रम बताउँछौं । उहाँहरुको कार्यक्रम लिन्छौं ।
कसरी सहयोग र सहकार्यकाम जान सकिन्छ भनेर हामी चिन्तनशील छौं । यसमा केही अफ्ठ्यारो छैन , दोहोरोपना नै छ । उहाँहरुको सहयोग विना त कुनैपनि कार्यक्रम सफल हुँदैन ।
सरसफाइमा जनसहभागिाता बढाउन के गर्ने सोच छ त ?
स्थानीयको सहभागिता सरसफाई अभियानमा पटक्कै जुटेन । जवसम्म जनसहभागिता हुँदैन कुनैपनि कार्यक्रममा, तवसम्म त्यसले मुर्तरुप लिँदैन ।
स्थानीय सहभागिता कसरी बढाउने भनेर हामी गम्भिर हुनै पर्छ । उहाँहरुको सहभागिता बढाउने विषयमा हामीले के गर्नुपर्ने हो , त्यो गर्न तयार छौं तैपनि हाम्रँे लक्ष्य हासील गर्न उहाँहरुको सहयोग अपरीहार्य छ ।
0 comments
Write Down Your Responses