नेता बानियाँद्वारा बृद्ध कल्याणलाई २५ हजार सहयोग
जेष्ठ नागरिकहरुको सहयोगार्थ बृद्धकल्याण केन्द्रद्वारा चैत २१ गतेदेखि २९ गतेसम्म संचालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा नेता बानियाँले सो सहयोग रकम केन्द्रका अध्यक्ष सुरविक्रम ठकुरीलाई हस्तान्तरण गर्नुभएको हो ।
त्यस्तै सप्ताहमा गाउँपालिकाको लक्षित वर्ग कार्यक्रम अन्र्तगत ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई प्रमूख अतिथि बानियाँले थर्मश उपहारसहित खादा ओडाएर सम्मान गर्नुभएको थियो ।
बृद्ध कल्याण केन्द्रका अध्यक्ष ठकुरीको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमूख अतिथि बानियाँ, भीमफेदी गाउँपालिका ८ का वडा अध्यक्ष जगतमान घिसिङ, नेपाली काँग्रेस मकवानपुरका सचिव आनन्द कठायत, जिल्ला सदस्य भीमसेन महत, क्षेत्रीय सभापति यतिराज सापकोटा, काठमाडौं मकवानपुर सम्पर्क मञ्चका संयोजक पुरुषोत्तम ठकुरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
0 comments
Write Down Your Responses