मार्भल टेक्नोप्लास्ट प्रा.लिको डिलर तथा डिष्ट्रिब्युटरहरुको भेला ‘मार्भेलस नाइट’
हेटौडा / नेपालमा पहिलो पटक अमेरिकी कम्पनी लुब्रिजोल कर्पोरेशनसँगको सहकार्यले फ्लोगार्ड सीपीभीसी पाइपहरु उत्पादन सुरु गरेको मार्भल टेक्नोप्लास्ट प्रा.लि.ले आज शुक्रबार डिलर तथा डिष्ट्रिब्युटरहरुको भेला ‘मार्भेलस नाइट’का साथै पत्रकार सम्मेलनको आयोजना गरेको छ । ‘मार्भेलस नाइट’ मा हेटौडा र वरिपरि छेत्र का २०० भन्दा बढि इन्जिनियरहरु, डिलर तथा डिष्टिब्युटरहरु सहभागी थिए ।
इन्जिनियरहरु, डिलर तथा डिष्ट्रिब्युटरहरुलाई मार्भल टेक्नोप्लास्ट प्रा.लि.का प्रमुख पवनकुमार सञ्चेतीले स्वागत गर्नुभएको थियो । उनले आर्थिक विकाससँगै निर्माण कार्यले समेत गति लिने बाताबरण बन्न लागेको अवस्थामा निर्माण सामग्रीहरुको बजार राम्रो रहेको भन्दै उहाँले उपभोक्तासम्म गुणस्तरयुक्त पाइपहरु पुर्याउने अभियानमा सबै इन्जिनियरहरु, डिलर र डिष्ट्रिब्युटरहरुको रायसुझावका आधारमा योजनावद्ध ढंगले अघि बढने बताउनुभयो ।
मार्भेलस नाइट डिलर र डिष्ट्रिब्युटरहरु एकले अर्कोलाई चिन्ने, समस्यालाई समाधान गर्ने, नयाँ संभावना पहिल्याउने माध्यम पनि हो भन्दै सञ्चेतीले कार्यक्रम त्यसका लागि फलदायी भएको पनि बताए ।
छोटो समयमै बजारमा राम्रो उपस्थितिप्रति गर्व गर्दै मार्भलले यो सशक्त उपस्थिति म्यानुफ्याक्चररका लागि मात्रै नभएर डिलर डिष्ट्रिब्यूटरका लागि पनि खुशीको कुरा हो भनेको छ । हाम्रो उपस्थिति गुणस्तरसहितको छ । आधुनिक प्रविधिमा आधारित छ । विश्वासको छ भन्दै मार्भल टेक्नोप्लाष्टले अहिलेको प्रतिस्पर्धी बजारमा उपभोक्ताहरु मार्भल ब्राण्डप्रति नै बढी भरोसा गर्ने स्थिति बन्दै गएको ठहर गरेको छ ।
कम्पनीले यसको मुख्य कारण आफ्ना उत्पादनहरु बाताबरणमैत्री, टिकाउ, गुणस्तरीयता र किफायती भएर नै हो भन्दै अमेरिकी कम्पनी लुब्रिजोल कर्पोरेशनसँगको सहकार्यले उपभोक्ताको विश्वासलाई थप पुष्टी गर्दछ भनेको छ ।
लुब्रिजोल सीपीभीसी टेक्नोलोजी र केमिकल इनोभेशनमा लिडिङ कम्पनी हो । लुब्रिजोलले विश्वका १३० भन्दा बढि मुलुकसँग टाइअप गरेर आफ्नो उपस्थिति जनाएको छ । लुब्रिजोलको प्रविधिमिा आधारित भारतमा दुई वटा र नेपालमा एउटा प्लान्ट सञ्चालनमा छ । पचास बर्ष इतिहास बोकेको अमेरिकी कम्पनीसँग सहकार्य गरेर मार्भल टेक्नोप्लाष्टले उपभोक्ताको बदलिँदो चाहना र आवश्यकताअनुसारका उत्पादनहरु दिन सफल भएको छ ।
अहिले मार्भल ब्राण्डका सातवटा उत्पादनहरु बजार छन् । यी सबै उत्पादनहरु लिड फ्रि छन् । लिड अर्थात शिशाको मिश्रणले पानीलाई विषाक्त बनाएर मानव स्वास्थ्यमा असर गर्छ । लिड फ्रि पीभीसी पाइप उत्पादन गर्ने मार्भल नै पहिलो कम्पनी हो नेपालमा । यसले बाताबरणलाई कुनै हानीनोक्सानी नगर्नुका साथै मानव स्वास्थ्यमा असर गर्दैन । मार्भलको उपस्थितिले लिडयुक्त पाइपहरु प्रयोग गर्न बाध्य रहँदै आएका उपभोक्तलाई ठूलो राहत मिलेको छ । मार्भलले उत्पादनहरु आफ्नो ल्याबमा परीक्षण गरेपछि मात्रै बजारमा ल्याउने गरेको छ ।
साथै, मार्भलका अक्वाफ्लो पीभीसी पाइपहरु एनएस र सीपीभीसी पाइप एनएसएफ सर्टिफिकेट प्राप्त छन् । यी पाइपहरुमा बलियो र उच्च चाप बहन गर्न सक्ने क्षमता छ । यसको थर्मल एक्सपान्शन अर्थात पाइपको साइज घटबढ हुने समस्या न्यून छ । यो पाइपमा कुनै पनि लेउ लाग्ने वा पानी बग्ने प्रवाहमा अवरोध हुने हुँदैन ।
उपभोक्ता के कुरामा निश्चिन्त भए हुन्छ भने यो भनेको वान टाइम इन्भेष्टमेन्ट हो भन्दै मार्भल टेक्नोप्लाष्टले मानिसले जीवनमा घर प्रायः एक पटक मात्रै बनाउने भएकाले गुणस्तरसँग सम्झौता गर्न नहुने सुझाव दिएको छ ।
एक पटक पाइप फिटिङ गरिसकेपछि बीचमा खिया लाग्यो वा पानी चुहियो भनेर फेर्नुपर्ने अवस्था नआओस भन्ने सबैको चाहना हुन्छ भन्दै कम्पनीले त्यसको सुनिश्चितता मार्भलका पाइपहरुले गर्ने जनाएको छ ।
अन्य कुनै पाइप प्रयोग भएको छ र मार्भलको पाइप हाल्नुपर्यो भने पनि जडान गर्न सजिलै सकिन्छ । मार्भलको पाइप जडान गर्दा स्पेस थोरै खान्छ । भित्ता थोरै काटेर, सिमेन्ट बालुवाको थोरै प्रयोगले यो पाइज जडान गर्न सकिन्छ । कोल्ड वाल्डिङ प्रोसेसबाट पाइप जडान हुने भएकाले पानी लिक हुने कुनै समस्या हुँदैन ।
साथै, मार्भलको फ्लोगार्ड पाइपले पानीमा हुने कीटाण्ुा बृद्दि हुन बाट रोक्छ । नेपाली बजार सुहाउँदो फ्लोगार्ड पाइप विश्वकै उत्कृष्ट हट एण्ड कोल्ड वाटर सिस्टममा आधारित छ । छोटो समयमा आफूहरुले बजारमा राम्रो रेस्पोन्स पाएको भन्दै सञ्चेतीले आफूहरुले उपभोक्ताको विश्वास जितेको र कम्पनीले ल्याएको गुणस्तर प्रवद्र्धन नीति सफल हुँदै गएको दावी गर्नुभयो ।
अन्वेषणकर्ताको अन्वेषणका आधारमा हामीले काम सुरु गरेकाले नेपाली बजारमा मार्भलका उत्पादन स्थापित हुन्छ भन्ने कुरामा हामीलाई शंका नरहेको उहाँको भनाई छ । एनएसएस एप्रुभ्ड सीपीभीसी कच्चा पदार्थबाट पाइपहरु उत्पादन हुने भएकाले गुणस्तरमा कसैले शंका गर्ने ठाउँ नरहेको कम्पनीको तर्क छ।
निजी आवासदेखि ठूला अपार्टमेन्ट, कार्यालय भवन र व्यापारिक कम्प्लेक्सहरुको निर्माण बढने क्रमसँगै सीपीभीसी पाइपहरुको माग बढ्दै गएकाले उक्त माग पूर्ति गर्न आफूहरु सक्षम रहेको मार्भलले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । आगामी दिनमा आफ्नो नेटवर्कलाई थप विस्तार गरी ग्रामीण क्षेत्रसम्म सहज आपूर्तिको व्यवस्था गर्ने योजना बनाएको मार्भल टेक्नोप्लाष्टले यसका बारेमा जनतालाई अझै धेरै परिचित गराउन बाँकी रहेको बताएको छ ।
विराटनगरमा रहेको मार्भल पाइपको उद्योगले मुलुकका अधिकांश स्थानमा आफ्ना उत्पादनहरु पुर्याउन सफल भइसकेको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरका पाइपहरु उत्पादन सुरु भएपछि भारतबाट आउने क्रम निकै घटेको बताउनुहुन्छ । निर्माण सामग्री विकासको पूर्वाधार र अर्थतन्त्रको आधार पनि भएकोले सरकारले स्वदेशी उद्योगहरुलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने जरुरी रहेको उहाँ बताउनुहुन्छ ।
मार्भलको ब्राण्ड एम्बासडरमा वरिष्ठ हास्यकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य हुनुहुन्छ ।
मार्भल टेक्नोप्लाष्टका लोकप्रिय उत्पादनहरुः
१) मार्भल फ्लोगार्ड प्लस– सीपीभीसी पाइप एण्ड फिटिङ
२) मार्भल प्योरफ्लो–यूपीभीसी कोल्ड वाटर पाइपिङ सिस्टम
३) मार्भल इकोड्रेन– यूपीभीसी लिड फ्रि ड्रेनेज सिस्टम
४) मार्भल ड्युराड्रेन– यूपीभीसी लिड फ्रि अण्डरग्राउण्ड ड्रेनेज पाइप
५) मार्भल अक्वाफ्लो– यूपीभीसी लिड फ्रि प्रेसर पाइप
६) मार्भल बोरवेल– यूपीभीसी लिड फ्रि क्यासिङ पाइप फर बोरवेल
७) मार्भल सेफडक्ट– यूपीभीसी लिड फ्रि फायर रेसिस्टेन्ट कन्डीयुट पाइप एण्ड फिटिङ
0 comments
Write Down Your Responses