यस वर्षको मिस नेपालको उपाधि श्रृङ्खला खतिवडालाई
काठमाडौँ। यस वर्षको मिस नेपाल २०१८ हेटौडाकी श्रृङ्खला खतिवडा बन्न सफल भएकी छन्। खतिवडाले २४ प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको मिस नेपाल 'मिस नेपाल वल्र्ड' को ताज पहिरिन सफल भएकी हुन्।
हिडन ट्रेजरले आयोजना गरेको उक्त प्रतियोगिता काठमाडौँको अन्नपूर्ण होटलमा भएको थियो। यस्तै मिस नेपाल अर्थको उपाधी प्रिया सिग्देलले जितेकी छन्।
उपाधी हासिलसँगै उनलाई नगद १ लाख पुरस्कार प्रदान गरिएको छ। मिस नेपाल इन्टरनेसन भने रोनाली अमात्य भइन्। साथै उनलाई पनि नगर एक लाख पुरस्कार प्रदान गरिएको छ।
0 comments
Write Down Your Responses