यहाँ आश्रित बालबालिकालाई आफ्नै खुट्टामा उभ्याउने लक्ष्य छ
कृष्ण शिवाकोटी, अध्यक्ष, श्री अनाश्रित बालबालिका उत्थान केन्द्र नेपाल
तपाईको परिचय दिनुहोस् त ?
सबैलाई नमस्कार छ । मेरो नाम कृष्ण शिवाकोटी हो । म सिन्धुपाल्चोक जिल्लामा २०२७ सालमा जन्मेको हुँ ।
अहिले सञ्चालन गरिरहनु भएको आनाश्रित बालबालिका उत्थान केन्द्र नेपालको यो सुरुवात कसरी गर्नु भो ?
विगतमा म राजनीतिक क्षेत्रमा नै लागेको थिए । आफु पुर्व लडाकु हुँ । पुर्व लडाकु भएकाले नाताले राजनीतिक पृष्ठभुमिका अधिकांशका बालबच्चाको बिजोग देखें ।
अझ जनयुद्धमा सहभागि भएका धेरैका बच्चा टुहुरो भएका, संरक्षण र रेखदेख नभएको बेवारिसे जस्तो देखियो । म २० वटा जिल्ला डुल्दा गाँस, बास र कपास विहिन पुर्वपिएलएका छोरा छोरी सारै दु.ख पाएको देखेर मन नै थाम्नै सकिएन ।
त्यसपछि यो श्री अनाश्र्रित बालबालिका उत्थान केन्द्र नेपाल नामक संस्था स्थापना गरेर यि साना बाबु नानीलाई संरक्षण गर्ने मेरो उद्देश्य पलायो ।
यस बाहेक अरु के सोच छ तपाँइको ?
मैले यी साना नानी बाबुको उज्वल भबिश्य होस् भन्नाको कारणले कुनै स्वार्थ नबोकी यो काममा लागेको छु । यो एउटा सेवा भाव हो ।
काठमाडौंमा घर बनाउँला, गाडी चढँुला, यी साना नानी बाबुलाई मानव ढाल बनाएर यी साना नानी बाबुको भविश्यमा खेलबाड गरँला भन्ने मेरो उद्देश्य होईन । मैले विगतमा धेरै संघर्ष गरें ।
तैपनि आफुले पनि पढ्न पाइन । तर यी छोरा छोरीहरुले राम्रो संग शिक्षा पाउन् भनेर नै मैले यो संस्था बचाउन लागि परेको छु । लगानी पनि.गर्दै आएको छु ।
यो संस्थालाई तपाईले कहिलेदेखि सुरुवात गर्नु भयो ?
मैले यो संस्था २०७० साल माघ ८ गते सुरु गरेको हँ ।
अहिलेको अवस्था के छ, कति बच्चा बच्ची छन्, कसरी चलिरहेका छ ?
मैले पढाइरहेका बच्चा १६ जना पुगे । मेरो होस्टेलमा चाही ११ जना बच्चा छन् । अहिलेसम्म यसमा कुनैको पनि लगानी छैन । कुनै संघ संस्थालाई मैले गुहारेको पनि छैन् ।
हामी बुढा बुढीको कमाई पनि यसैमा लगाँउछौं । शिवाकोटी ईन्टरप्राइजेज कम्पनी प्रालि भन्ने एउटा कम्पनी छ । त्यसबाट भएका फाट्टफुट्ट काम र कमइ पनि यही लगाँउछौं । हाम्रो आफ्नै संघर्षमा यी नानी बाबुलाई संरक्षण गरेका छौ ।
अहिले विगतमा भन्दा यो संस्था केही बढी क्रियाशिल भएको छ । संस्थामा पनि समस्या थपिँदै आएको छ । यी सानी बाबु ठुला हुँदै गए । पेट बढ्दै गयो । लागत पनि बढ्दै गयो । त्यसैले नानी बाबुको लागि अलिकति क्रिटिकल अवस्था आएको छ ।
अव यिनीहरुको भबिश्यलाई सम्झन्छु । मैले बीचमा छोडं भने यिनीहरुको भविश्य के होला भनेर सम्झन्छु । त्यसैले मेरा साथीहरु जो मनकारी भावका, दया भएका हुनुहुन्छ उहाँहरु मध्ये कोही कोही साथीहरुले चामल, किताव, कापी ल्याएर सहयोग गर्नु हुन्छ । त्यस्तै हिसावले शिला खोजेर चलाइरहेका छौं ।
तपाईको संस्थामा आश्रय लिइरहेका बच्चाहरुलाई के के बनाउने योजना छ तपाईको ?
यिनीहरुलाई मैले १२ कक्षा सम्म पढाउने हो । बिभिन्न दुर्गम जिल्लाबाट आएका छन् । कोही बाबु आमा भएका पनि छन् । कोही बाबु आमा नभएका पनि छन् ।
यो संस्थाको लक्ष्य भनेको सकिन्छ भने मान्छे बनाएर यिनीहरुलाई बाँच्न सक्ने शिक्षा दिलाउने हो । शिक्षा नै ज्ञानको ज्योती भएकाले शिक्षा भयो भने सबै काम गर्न सकिन्छ । १२ कक्षा सम्म पढाउने यी छोरा छारीहरुलाई ।
१२ कक्षाबाट के के गर्न सकिन्छ, १२ बाट भने आफैं सिप र काममा लागेर आफैंले काम गरेर खान सक्छन् ।
खाना त तपाई सगै परिवारमा खाँदा रहेछन् । तर शिक्षा दिक्षाको सवालमा चाही तपाईले पैसा तिरेर पढाउनु हुन्छ की कुनै स्कुलले सहयोग गरेका छन् ? के व्यवस्था छ ?
मैले अहिले सम्म सबैलाई सरकारी स्कुलमै पढाई रहेको छु । जाँचं फि मैले तिर्नै पर्छ , किताव मैले किन्नै पर्छ । तर पनि यी बच्चाहरुको ब्यवस्था गर्न पहिलाको भन्दा अलि कति गाह्रो नै भाछ ।
अनि यि सबै खर्चका लागि महिनामा कति लगानी गर्नु हुन्छ ?
मेरो कम्तीमा खाना पिनालाई मात्र ५० हजार देखी ६० हजार जति खर्च हुन्छ । नानी बाबुलाई मैले सरकारी स्कुलमा नै पढाई रहेको छु । मेरा केही साथीहरुले दाल, चामल, किताव, कापी ल्याई दिनु हुन्छ । एउटा मेरो साथी हुनु हुन्छ प्रोफेसर रमजान अलि मिया कतारमा ।
उहांले चाही श्री अनाश्र्रित बालबालिका उत्थान केन्द्र नेपाललाई वर्षको एक चोटी विद्यार्थी भर्नाको बेला केही सहयोग गरिदिनुहुन्छ ।
जस्तै बालबालिका र बृद्धबृद्धा हेर्ने बिभिन्न नामका संस्थाहरु छन्, जस्तै आमा घर, पुष्पा बस्नेतको छ, माइती नेपाल तथा अन्य छन् । ति सबैको दाँजोमा जाने सोच हो तपाँइको ?
तिनीहरुले एनजिओको रुपमा स्थापना गरेको छन् । कसैले कमाई खाने भाँडोे बनाई रहेका छन् । संघ संस्था भन्ने च्याउ जस्तै स्थापना भएका छन् ।
तर विशुद्द भावनाले काम गर्ने एकदमै कमै होलान् । मेरो लक्ष्य भनेको चाही योगदान गरेर आफैले मेहनत गरेर नानी बाबुलाई आफ्नो खुट्टामा उभ्याउने हो ।
तपाईलाई समाज सेवा गर्नु पर्छ, दु.ख पाएका बच्चा बच्चीलाई आरक्षण दिनु पर्छ भने भावना चाँही कसरी आयो ?
म ग्रामिण ठाउंमा जन्मेको मान्छे हो । मैले पढ्ने लेख्ने अवसर पनि पाईन ।
म राजनीतिक फिल्डमा लागेको कारणले गर्दा नेपालका धेरै जिल्लाको भ्रमण गर्दा साच्चीकै यीनीहरु चाहेर पनि पढ्न नसक्ने अवस्थाका छोरा छोरी भनेर बुझें । मैले यो अवस्था देखि सकेपछि मेरो भित्री आत्मा देखि म धेरै पढ्न नपाएका कारणले पछि परें । यिनीहरु पनि त्यस्तो हुन नपरोस् भन्ने लाग्यो ।
यी छोरा छोरीलाई पढाउने र ठुलो मान्छे बनाउन पाए यीनीहरु देशको सक्षम नागरिक हुन्छन् भन्ने मेरो मनभावनाले भित्री आत्मा देखि उब्जायो । त्यसैले मैले यी छोरा छोरीलाई संरक्षण गरि पढाएको हु ।
अन्तिममा तपाईको आम सन्देश के छ ?
मेरो आम सन्देश के छ भने जति पनि श्री अनाश्र्रित बालबालिका उत्थान केन्द्रमा आइदिनु भएको छ, उहाँहरुलाई धेरै धेरै धन्यवाद । मेरो संस्थामा आएर संस्थालाई सहयोग गरी दिनु भएकोलाई पनि झनै धन्यवाद ।
उहांहरु प्रति म आभारि पनि छु । र, अबका दिन भनेको मलाई अलिकलि क्रीटिकल भएको छ । मलाई मिडियाकर्मी साथीहरुले पनि आफ्नो माध्यमबाट केही सहयोग गरि दिनु होला ।
श्री अनाश्र्रित बालबालिका उत्थान केन्द्र नेपालले यो यो क्रियाकलाप गरेको छ, यति जना छोरा छोरी पालेको रहेछ, यस्तो खालको खान पिन छ, यसरी छोरा छोरी बसेका छन्, यी छोरा छोरी यो स्कुलमा पढ्न पाउछन् भनेर सार्वजनिक गरिदिनुहुन म आग्रह गर्दछु ।
मेरो कुनै कुरा गोप्य छैन । सबै पारदर्शी छ । आएर जति बेला पनि हेर्न सक्नुहुन्छ । नेपाल सरकार संग मेरो अरु खासंै ठुला माग छैन ।
१० प्रतिशत निशुल्क कोटामा सरकारको सुविधामा ठुला ठुला ब्यापारिका छोरा छोरी, सांसदका छोरा छोरी कारमा बसेर राम्रो स्कुलमा पढ्न जान्छन् । तर त्यस्तो कोटामा यी नानी बाबुको प्रवेश होस् भने मेरो मनोभावना छ ।
0 comments
Write Down Your Responses