सामान्यतया अध्यक्षले छोड्दा अबको जिम्मेवारी मैले सम्हाल्नु नै न्यायिक हुन्छ
महेश बर्तौला, उपाध्यक्ष, अनेरास्ववियु
|
मकवानपुरको दुर्गम गाँउ नामटारमा जन्मिएका महेश बर्तौला पछिल्लो समय विद्यार्थी आन्दोलनको एउटा मियो बन्ने क्रममा छन् । बाल्यकालदेखि नै निक्कै संघर्ष भोगेका बर्तौला स्कुल पढ्दा देखि नै राजनीतिमा लागेका थिए ।
२३ बर्षे राजनीतिक यात्राका अबिचलित सहयात्री उनी अनेरास्ववियुका हरेक कमिटीहरुमा काम गर्दै २०७२ सालमा सम्पन्न २२ औं महाधिवेशनबाट सर्वाधिक मत सहित केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
अनेरास्ववियुको अध्यक्ष नविना लामा सांसद भएपछि अहिले अनेरास्ववियुको अध्यक्षको जिम्मेवारी आफुले पाउनुपर्ने बर्तौला बताँउछन् । राजनीति शास्त्र एवं व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले कानुनमा स्नातक समेत गरेका छन् ।
२०५३ साल देखी अनेरास्ववीयुमा संगठित भए पश्चात २०५६ सालमा मकवानपुरकोे जिल्ला कमिटी सदस्य चुनिए । त्यसयता संगठीत भएपछि मकवनपुर जिल्लाको दुई कार्यकाल अध्यक्ष, नारायणी अंञ्चलको उपाध्यक्ष, मध्यमाञ्चल बिकास क्षेत्रको प्रमुख, अनेरास्ववीयुको केन्द्रीय सदस्य, दुई कार्यकाल सचिवालय सदस्य, सचिव र उपाध्यक्ष हुदै आएका हुन् उनी ।
मकवानपुर बहुमुखी क्याम्पासको दुई पटक स्ववीयु सभापति, २०५३ सालमा म पार्टीको जिल्ला कमिटी सदस्य, २०६५ सालमा सबै भन्दा कान्छो प्रतिनिधीको रुपमा ८ औ माधिशेसनमा मकवानपुर जिल्लाबाट भाग लिने मौका पनि बर्तौलाले पाए । त्यतीमात्र होइन स्ववियु काउन्सील नेपालको केन्द्रीय अध्यक्ष पनि भए उनी ।
यि सबै जिम्मेवारी र अनुभवका आधारमा अहिले अध्यक्षको उमेद्वारका रुपमा आफुलाई सबैभन्दा अब्बल दावी गर्नु स्वभाविक पनि हो । प्रस्तुत छ हरेक विद्यार्थीहरुका सुख दुखमा साथ दिँदै आएका चर्चित विद्याथी नेता बर्तौलासंग दामन पोष्ट डटकमका लागि गोबिन्द कुँवरले गरेको कुराकानीः
अनेरास्ववियुको उपाध्यक्ष हुनु हुन्छ, अहिले अध्यक्ष नविना लामा प्रतिनिधी सभामा प्रतिनिधित्व गरेर गइसकेपछि पनि सगठन उहाँले नै हेरी रहनु भएको छ की कस्तो संरचनाले चलिरहेका छ ?
हाम्रो संगठनमा २२ औ राष्ट्रिय महाधिवेशनबाट नविना लामा संगठनको अध्यक्षको नेतृत्वमा आउनु भयो । उहाँले २२ औ महाधिवेशन सम्पन्न भएपश्चात बिधान अनुसार २ वर्षको कार्यकाल सम्पन्न गरिसक्नु भयो ।
संयोगवश उहाँले प्रतिनिधि सभाको समानुपातिक सदस्यको जिम्मेवारी पाउनु भएको छ । यो हामी सबैको लागि गैरवको विषय हो तथापि अब उहाँले यो एउटा महत्वपुर्ण जिम्मेवारी निर्वाह गर्ने क्रममा अखिलको जिम्मेवारी पनि लिइरहेको अवस्था हो ।
उहाले संगठनको तर्फबाट बिदा नलिइसकेको अवस्थामा उहाँले संगठनको सबै खालको जिम्मेवारी सम्हाली रहनु भएको छ । कामको हिसावमा उपाध्यक्षको तर्फबाट मैले उहालाई निकटतम भएर सहयोग गरि रहेको छु । अरु साथीहले पनि सहयोग गरि रहनु भएको छ ।
उहाँ प्रतिनिधी सभाको सदस्य भैसके पछि त एउटा ब्यक्ति २ पदमा रहन नमिल्ने भन्ने कुरा पनि उठ्ला । उहाँले के अब राजिनामा दिनु हुन्छ की फरक ढंगले जान सकिन्छ ?
यसमा सरल कुरा के छ भन्ने नविना लामा माननीय हुनु हुन्छ । संग सगै एउटा संगठनको अध्यक्ष पनि हुनु हुन्छ । हाम्रो बिधानमा माननीय भएको ब्यक्ति अध्यक्ष हुनु हुन्न भन्ने विषय छैन । यो हामी आफैले बुझ्नु पर्ने कुरा हो की माननीय नविना कमरेड यति बेला संसदको सदस्य पनि हुनु हुन्छ । उहां संसद भित्र सत्तापक्षको टेबुलमा बस्नु हुन्छ ।
यहि बेला नेकपा एमाले सरकारको नेतृत्व गरी रहेको छ । सामान्यतया संसद भित्र सत्तापक्षको टेबुलामा बस्ने अनि संसद भन्दा बाहिर आइसकेपछि फेरी प्रतिपक्षको आन्दोलनको अगुवाई गर्ने कुरा उहाँ आफैंलाई अलि असहज होला की भन्ने मात्र हो ।
उहाँ आफैले अनेरास्ववीयुको स्थाई कमिटीको बैठकमा म अव अनेरास्ववीयुको अध्यक्षको जिम्मेवारी ह्याण्डओभर गर्न चाहन्छु । म संसदकोे सदस्य भैसकेपछी नेपाली विद्यार्थी आन्दोलनका कयौ ईसुहरु सदन भित्र बसेर उठाँउछु भनेर भन्नुभएको छ । त्यही भएर अब अनेरास्ववियुको नेतृत्व कसरी अगाडी बढाउने भन्ने कुरा हामी छलफलमार्फत अगाडी बढाई रहेका छौ ।
महासचिव ऐन महर र तपाई बीच अध्यक्षको लागि कडा प्रतिश्पर्धा छ भन्ने आइरहेको छ, के हो ?
अनेरास्ववियुमा काम गर्ने दौरानमा सबै साथीहरुले उपयुक्त जिम्मेवारी पाउनु पर्छ भन्ने कुराको अपेक्षा राख्नु स्वभाविक हो । तर यति बेला अनेरास्ववीयुको नेतृत्व हस्तान्तरण प्रक्रियाबाट अगाडी बढिरहेको छ । अर्थात महाधिबेशन गर्ने समय गुज्रिए पनि महाधिबेशन पार्टी एकताको कारणले गर्दा पार्टीले नगर्नु भनेको छ ।
त्यस बीचमा हामीले हाम्रो बहालवाला अध्यक्षले छोड्छु भनेको अवस्थामा चाँहि सामान्यतया अध्यक्षले छोड्दा त्यो जिम्मेवारी उपाध्यक्षहरुकै तहमा आउनु पर्छ । त्यो स्वभाविक पनि हुन्छ । राजनीतिक पनि हुन्छ । यति बेला महासचिव कमरेडले म पनि अध्यक्षको लागि उम्मेदार हो भन्ने कुरा गरि राख्दा उहाले यो दावी गर्न नै मिल्दैन भन्न पनि अस्वभाविक हुन्छ ।
स्वभाविक के हुन्छ ?
अलि प्रक्रियागत र राजनीतिक के हुन्छ भन्दा नविना लामाले छोड्दा उपाध्यक्षहरुकै तहबाट नेतृत्व हस्तारण हुदै जानु पर्छ । यदि अहिले महाधिवेसन हुन्थ्यो भन्ने ऐनजीले पनि स्वभाविक रुपमा प्रतिश्पर्धामा आउने, अरु सचिवहरुले पनि आउने र अरु कोही साथीहरुले इच्छा राख्नु स्वभाविक हुन्थ्यो । तर यो बीचमा अध्यक्षले छोड्दा खेरी उपाध्यक्षहरुले नै स्वभाविक रुपमा कार्यवाहक सम्हाल्ने कुरा हो ।
उपाध्यक्ष भित्र पनि थुप्रै छन्, किन तपाँइ दावी आफैं गर्नुहुन्छ ?
उपाध्यक्षहरु भित्र मैले आफनो बारेमा मात्र कुरा गरी रहेको छु । किन भने म वरिष्ठ उपाध्यक्ष हुँ । धेरै मत ल्याएको उपाध्यक्ष हो । म सबै हिसावले अनेरास्ववीयुको आज सम्म बिधानमा उल्लेख भएका सबै कमिटीको फस्ट म्यान भएर नेतृत्व गर्दै यो ठाउं ं सम्म आएको छु ।
मैले पार्टीले दिएको सबै खाले जिम्मेवारी पुरा गर्दै आएको छु । संगठनका सबै खालका जिम्मेवारी पनि पुरा गर्दै आएको र आज सम्म पनि कुशलताका साथ जिम्मेवारी पुरा गरेको अवस्था हो । संगठनको सबै जिम्मेवारी सम्हाल्दै गरेको र आउने पंति भित्र पनि म करिव करिव एक नम्बरमा पर्छु ।
दावा भएर मात्र नहोला, पार्टीका प्रभावशाली नेता र विशेष गरी पार्टी अध्यक्षले पत्यार गरेको हुनु पर्छ नेतृत्वमा जानलाई, उहाँहरुले टिका लगाई दिनु पर्छ भन्ने छ नी ?त्यसमा सम्भावना छ त तपाँइको पक्षमा ?
सामान्यतया पार्टी अध्यक्षको नजरमा देश भरका सबै एमालेका कार्यकताहरु समान हुन् । अनेरास्ववीयु भित्र पनि हामी सबै कार्यकर्ता उहाँको नजरमा समान हौं । उहाँ हाम्रो अविभावक हुनुहुन्छ र हामी उहाँको सन्तान सरहको भूमिकामा छौ ।
म तपाईलाई यति भन्न चाहन्छु कहिले काँही उपद्रो मच्चाउने बच्चाहरु, बढि चकचक गर्ने बच्चाहरु, बढि रोइ कराई गर्ने बच्चाहरुलाई कहिले काँही परिवारको अविभावकले एउटा चकलेट अरु बच्चालाई भन्दा भन्दा बढि दिन सक्छन् ।
एउटा चक्लेट नदिँदा बढि उपद्रो मच्चाउलाकी भनेर त्यस्तो हुन सक्छ । यस संगठनमा पार्टी अध्यक्षले ऐन जीको र मेरा बारेमा पक्कै पनि पक्ष र विपक्षमा उभिनु होला जस्तो लाग्दैन । हामी स्वभाविक प्रक्रियाअनुसार केपी ओलीले बोकेको मान्यतालाई ठिक र अनुशासित ढंगबाट बोक्ने एउटा राजनीतिक चरित्रका कार्यकर्ता हौं ।
अझ उहाँको चरित्र र नीति राजनीतिक ढंगले बोक्ने खास मान्छे चाँही वास्तवमा मै हुँ । यो कुरामा एकदम गर्वका साथ भन्न चाहन्छु ।
यो अखिल भित्र कसैले केपी कमरेडको नाम मात्र लिएर, पार्टी अध्यक्षको हवाला दिएर म नै सारा कुरा हो भन्ने ठान्छ भने त्यो नितान्त गलत छ । हामी भित्र यो समस्या पनि छ कि ठुला नेता संग बस्ने, सेल्फी खिच्ने, फोटोको व्यापार गर्ने, दुनियाका मान्छेलाई ह्याङ दिएर नेतृत्वमा कव्जा गर्ने खोज्ने त्यो प्रवृति पनि छ । त्यो प्रवृति आफैमा पनि राजनीति होईन अराजनीतिक हो ।
पछिल्लो समय अनेरास्ववीयु राजनीतिक र वैचारिक संगठन भन्दा पनि डनवाद र धनवादतिर उन्मुख भयो, विभिन्न चन्दा संकलन गर्ने, विद्यार्थीको हितमा काम नगर्ने भयो भन्ने आलोचना छ नी ?
यसमा तपाईले भने जति त होइन तर केही गुनासोहरु मैले पनि सुनेको छु । राजनीतिमा संघ संगठनहरु राजनीतिक धारबाट लानु पर्छ भन्ने कुरा हो ।
एउटा विचार, सिद्धान्त र एउटा कार्यक्रमको जगबाट अव आन्दोलन उठाउन सकिएन भन्ने विद्यार्थी संगठनको सान्दर्भिकता समाप्त हुन्छ । केही मान्छेहरु अनेरास्ववीयुको नेतृत्वमा पुग्ने र इतिहास मात्र लेखाउन मरिहत्ते गरिरहेका छन् ।
त्यस कारण हामीले प्रचारमुखीको हिसावले आन्दोलनलाई अगाडी बढाएका छौ की भनेर समिक्षा गर्नुपर्छ । उपलब्धी, परिणाम भन्दा पनि चर्चामा आउनको निम्ति र पब्लीसीटी इस्टन्टका रुपमा बिज्ञापन गर्ने हिसावले पनि हाम्रो आन्दोलनलाई अगाडी बढाएको देखिन्छ । हिजो राजनीतिक अधिकार प्राप्तीको आन्दोलनमा अलि बढि आक्रमणको रुपमा अगाडि बढ्नु पथ्र्याे । अव त्यस्तो आन्दोलनको रुप बिघटन भैसक्यो ।
अव हामीले शैक्षिक आन्दोलनलाई नै अगाडि बढाउनु पर्छ । शिक्षा क्षेत्रमा यति धेरै विकृती छ, यति धेरै विसंगति छ, त्यसको अन्त्यका निम्ति नेपालको विद्यार्थी आन्दोलनलाई शैक्षिक धारबाट अगाडी बढाउन जरुरी छ । हामी अनेरास्ववीयु डनवाद, धनवादको जहिले पनि बिरोध गर्छौ ।
तपाईलाई अनेरास्ववीयुको अध्यक्ष बनाइयो भन्ने तपाईले अरु भन्दा पृथक के गर्छु भन्ने कार्ययोजना छ ?
म अनेरास्ववीयुको तल्लो तहबाट सबै कमिटीको फस्टम्यान हुदै जिम्मेवारी पुरा गर्दै आएको मान्छे हुँ । त्यस कारणले गर्दा संगठन सञ्चालनको अनुभव ममा सबै भन्दा पहिला राम्रो छ ।
त्यस कारण म संगठनलाई संगठनकै कोणबाट अगाडी बढाउँछु । संगठन एउटा बिधिबाट चल्छ । बिधि उल्लंघन गर्ने मान्छेहरुलाई काँही पनि छुट हुन्न । बैचारिक राजनीतिलाई अनेरास्ववियुमा राम्रो संग उठाउनु पर्छ । अझ धेरै मान्छेको प्रश्न के हुन्छ भन्ने विद्यार्थीहरु पढ्दैनन् । उनीहरुमा ज्ञान हुँदैन ।
उनीहरुमा बैचारीक शैद्धान्तिक क्षमता कमजोर छ भन्ने प्रश्न छ । हो, त्यो चिजलाई म अत्यतै व्यवस्थित बनाउने छु । देश व्यापी रुपमा अनेरास्ववीयुको विधान संम्मेलन गर्नु पर्ने, एक वर्षमा मातहतका सम्मेलन सक्नु पर्छ । केन्द्र्र्र्र्रको महाधिबेशन दुई वर्षमा सक्नु पर्छ ।
तर आज केही स्थानहरुमा आठ, दश वर्ष सम्म पनि सम्मेलन हुन सकिरहेको छैन । आफनो मान्छे सम्मेलनमा पर्छ की पर्दैन भन्ने त्रासका कारणले गर्दा नेतृत्व स्वयम् पनि वषै वर्षसम्म सम्मेलन नगरिकन बस्ने प्रवृति छ । म त्यो चिजको समाप्त परेर जान्छु ।
बिधानतः तोकिएको समय भित्र देश ब्यापीरुपमा संगठनका सबै कमिटीलाई अपडेट गरी जान्छु ।
हाम्रो समग्र शैक्षिक अवस्था अहिले कस्तो पाउनु भएको छ ?
अहिले हाम्रो देशमा ९ ओटा बिश्वबिद्यालय छ । ९ ओटा बिश्वबिध्यालयमा १४ सय ७ ओटा कलेजहरु छन् । सिटीभिटी छन् । ४ ओटा मेडिकल कजेल छन् । यी सबैमा गर्दा करिव ४ लाख बिद्यार्थी बिश्वबिद्यालयमा पढिरहेका छन् । तर बिश्वविद्यालयमा यति धेरै समस्याहरु छन् ।
यदि धेरै अप्ठेराहरु छन् । त्यो अन्यको निम्ती शैक्षिक क्यालिन्डर लागू गर्दै परिक्षा प्रणाली ब्यवस्थित ढंगले संचालन गर्नुपर्छ । एक वर्षको कोर्ष अहिले दुई वर्ष सम्म पनि सकिदैन । यस्ता धेरै खालका समस्या छन् ।
म यसको अत्य गर्छु । बिश्वका १ हजार रयाङ्कमा पनि नेपालका कुनै बिश्वबिद्यालय पर्दैन्न । यो खालको अवस्था छ । यही भएर नेपालका धेरै विद्यार्थीहरु बिदेश पढ्न जानुपर्ने अवस्था छ । अर्बौ पैसा खर्च गर्नु पर्ने अवस्था जो भैरहेको छ ।
अव बिदेशी विद्यार्थी पनि नेपालमा पढाई गर्ने सक्ने गरी नेपालका युनिभर्सिटीलाई गुणस्तरीय ढंगले अगाडी बढाउनको निम्ती एउटा विशेष योजना चाहिन्छ । जुन काम मेरो नेतृत्वमा हुन्छ । अर्काे कुरा, माध्यामिक तहको शिक्षालाई कसरी व्यवस्थित गर्ने ? त्यो कुरामा पनि अलि सोच्न पर्ने बेला आएको छ ।
अहिले सरकारले विद्यालय भर्ना अभियान चलाइरहेको छ, कत्तिको प्रभावकारी देख्नुहुन्छ ?
अहिले सरकारले भर्ना अभियान चलाई रहेको छ । अहिले पनि सरकारी डाटा अनुसार नेपालमा करिव ५ लाख विद्यार्थी स्कुल जान सकेका छैनन् । यो सरकारी तथ्याङक हो ।
वाश्तवमा हेर्ने हो भन्ने १२ लाख भन्दा बढि विद्यार्थीहरु अहिले पनि विद्यालय जान पाएका छैनन् । त्यो यसको सबै भन्दा ठुलो कारण गरिवी हो । अव म अनेरास्ववीयुको नेतृत्वमा पुग्दा देशव्यापीरुपमा यो अभियान चलाउँछु । स्थानीय सरकारले मावि सम्मको शिक्षाको नेतृत्व गर्ने उसको जिम्मेवारी त सबिधानमै उल्लेख छ ।
देश भरका सबै एक निर्वाचन क्षेत्रमा एक आवसिय सामुदायिक विद्यालय जहाँ खाद्यान्नको पनि व्यवस्था होस्, विद्यार्थीहरु त्यहि पढछन्, त्यहि बस्छन्, त्यो ब्यवस्था गर्नु पर्छ । अर्को, एउटा प्रदेशिक निर्वाचन क्षेत्रमा लन्च सम्मको ब्यवस्था सहितको विद्यालय हुनुपर्छ ।
शैक्षिक प्रतिष्ठानको विकृती र विसंगतीलार्ई भजाएर बिद्यार्थी नेताहरुले त्यहांबाट लाभ लिने तथा आफन्त एवं नातागोता जागीर लाउने देखिएको छ, यसमा तपाई के भन्नु हुन्छ ?
यसमा केही मान्छेहरुले तपाईले भन्ने जस्तो गरे पनि होलान् । तर अनेरास्ववीयुबाट भएको अहिले सम्मको एउटा घटना देखाउनुहोस् । म अनिरास्ववीयुको मात्र जिम्मेवारी लिन्छु ।
अनेरास्ववीयुका साथीहरुले त्यस्तो गरेका छैनन् । मैले पनि अहिले सम्म कतै मेरो नाता गोता कसैलाई जागिरको लागि भनेको छैन ।
यो विद्यार्थी आन्दोलनमा अलि अलि भ्रम पार्ने काम कतै बाट भयो पनि होला । तपाईले पनि यसको वास्तविकता के हो, यसको सोधखोज गर्नुहोस् । अनि, त्यो मान्छेलाई सार्वजनिक गरि दिनुहोस् ।
बोडिङ स्कुलले चर्काे शूल्क बृद्धि गरिरहेको छ, पटक पटक शुल्क बढाउन पाईदैन भन्दै अदालतले निर्देशन दिएको छ तर निजीस्कुल संचालकहरुले आफनो मनपरि ढगंले शुल्क बढाईरहेका छन् । त्यसमा विद्यार्थी नेताहरुले उनीहरुबाट चन्दा लिएर मुकदर्शक भएको भन्ने आरोप छ नी ?
यो तपाइले भनेको ठ्याकै होइन । म यसमा निजी शैक्षिक संस्थाले यसमा निकै ब्रम्हलुट गरिरहेको अवश्य हो । अभिभावकहरुको ढाड सेक्ने गरि आतंक मच्चाई रहेका छन् । यसमा कुनै दुईमत छैन् ।
हामी यसमा एउटा दवाव र खवरदारीको अभियन्ता हौं । हामी सत्ता पक्ष होइनौ । हामीले ठाउंको ठाउं कारबाही गर्न सक्दैनौ । कसैलाई नियन्त्रण गर्ने सक्दैनौ । हामीले उनीहरुबीच अवगत गराउने हो । हामीले ज्ञापनपत्र बुझाउने हो । सार्वजनिकरुपमा अपिल गर्ने हो ।
तपाईहरुले विरोधका लागि विरोध गर्नुहन्छ, तर आफैं चन्दा लिएर आन्दोलन कमजोर पार्नुहुन्छ रे नी ?
हामीले विगतमा गरेको आन्दोलनका कारणले गर्दा नै निजी शैक्षिक संस्थाहरुले फि धेरै बढाउन सकिरहेका छन् । उनले अहिले लिएको फि अत्याधिक छ । तर हामीले आवाज नउठाउने हो र खवरदारी गरेको हुदैन थियो भने मलाई लाग्छ निजी शैक्षिक संस्थाहरुले यो खालको फिको संरचना अझ माथी पुगीसकेको हुन्थ्यो ।
हामीले कतिपय बोडिङ स्कुललाई कार्वाही गर्न सरकारलाई घच्घचाइरहेका छौ । मध्यामिक तह सम्मको शिक्षाको जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । हामी देश भरका स्थानीय तहका जनप्रतिनिधीलाई भन्न चाहन्छौं ।ं अविलम्ब मातहतमा रहेका निजी स्कुललाई शैक्षिक फि अनियन्त्रित ढंगले लिरहेका छ ।
यसलाई निगरानी गर्ने काम गर्नु प¥यो । सरकारले दिएको निर्देशन अटेर गर्ने त्यस्ता शैक्षिक संस्थाहरुलाई अनुमतिपत्र खारेज गर्नुपर्यो । यो तह सम्मको दवाव अनिरास्ववीयुले दिदै आएको छ ।
यसै विषयमा हामीले सबै प्रदेश तथा संघ तहका माननीयहरुलाई खवरदारी गर्ने र निजी शैक्षिक संस्थाको मनपरी फिको बिरोध उभिन आव्हान गरेका छौं । कडा कानु ल्याउन हामीले एउटा पत्र पठाएका छौं ।
देश भएका ७ सय ५३ स्थानीयका सरकारका प्रमुखलाई हामीले सार्वजनिक अपिल गदै छौ । हामी उहाँहरुलाई घच्घच्याँउदै छौ । जागरण पैदा गर्छौ । जो जो विद्यालयले चरम शुल्क आतंक मच्चाई रहेका छन् तिनीहरुलाई कालो सुचीमा राखेर संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट ति विद्यालयको सम्वन्धन खारेज गर्ने गराउने तर्फ हामी लाग्छौं । तपाँइ ढुक्क हुनुहोस् ।
0 comments
Write Down Your Responses